भक्तपुरमा एक सय ५१ एचआइभी सङ्क्रमित
काठमाडौं । भक्तपुरमा एक सय ५१ एचआइभी सङ्क्रमित रहेका छन् । आज साँझ ३७ औँ विश्व एड्स दिवसका अवसरमा जनस्वास्थ्य कार्यालय भक्तपुरले मध्यपुरथिमिस्थित राधेराधेमा आयोजित दीप प्रज्वलन कार्यक्रममा कार्यालय प्रमुख शान्तिराम खतिवडाले यहाँ एक सय ५१ एचआइभी सङ्क्रमित उपचाररत रहेको बताए ।
उनले नेपालमा एचआइभी एड्सको अवस्थाबारे जानकारी गराउँदै सन् २०२३ को अन्तिमसम्म नेपालमा ३० हजार तीन सय व्यक्तिमा एचआइभी सङ्क्रमित रहेको बताए ।
सन् २०२३ मा नेपालमा चार सय ५७ व्यक्तिमा एचआइभीको नयाँ सङ्क्रमण फेला परेको र यो सङ्ख्या सन् २००० को तुलनामा ९१ प्रतिशतले घटेको दाबी गरे । सन् २०३० सम्ममा नेपालमा एड्सलाई अन्त्य गर्ने परिकल्पना गरिएको छ ।
एचआइभी सङ्क्रमण रोकथाम, एचआइभी सङ्क्रमित व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी परिणामहरूमा सुधार, सङ्क्रमित तथा मुख्य समूहमा एचआइभीसम्बन्धी असमानतामा कमी ल्याउन...









