नमस्ते ट्राभल एन्ड टुरिजम युएईका प्रबन्ध निर्देशक अर्याल सम्मानित
युएई ।नमस्ते ट्राभल एन्ड टुरिजम एल.एल.सी. युएईका प्रबन्ध निर्देशक तथा पर्यटन उद्यमी समाजसेवी नानुकाजी अर्याल सम्मानित भएका छन् ।
शैली मिडिया नेटवर्क प्रालिले आइतबार यूएईको दुबई स्थित हिल्टन अल सीफको विलासी क्यानोपीमा आयोजित भब्य कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी सम्मानबाट प्रमुख अतिथि युएईका प्रतिष्ठित अफिसर वालिद अल हसन नेपाली समाज युएईका अध्यक्ष राम बहादुर मोक्तान एनआरएन दुबईका अध्यक्ष विकास शाहीले अर्याललाई सम्मान गरेका हुन् ।
धादिङमा जन्मिएर युएईलाई आफ्नो कर्मभूमि बनाएका अर्याल झन्डै २ दशक भन्दा देखि विदेशमा रहेर पनि समुन्नत नेपाल निर्माणको लागि विभिन्न क्षेत्रमा सक्रिय रहेका छन्।
नेपालीहरुका समस्यामा हरदम साथ दिदै आएका अर्याल देशको इज्जत एबं गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई गर्ने, नेपाली उत्पादनको अन्तर्राष...








