१६ माघ २०८१, बुधबार

धरौटीमा रिहा भएलगत्तै आशिका तामाङ फेरि पक्राउ

काठमाडौं। अभियान्ता आशिका तामाङ फेरि पक्राउ परेकी छिन् ।  

]

अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी आशिकालाई काठमाडौं प्रहरीले भक्तपुर प्रहरीको जिम्मा लगाएको हो ।  

उनी १२ दिन काठमाडौं प्रहरीको हिरासतमा बसेर आज दश हजार धरौटी बुझाएर रिहा भएकी हुन् ।  

लगत्तै उनलाई भक्तपुरमा पनि पक्राउ पुर्जी जारी भएकाले काठमाडौ प्रहरीले भक्तपुर प्रहरीलाई जिम्मा लगाएको हो ।