११ श्रावण २०८२, आईतवार

राष्ट्रिय

खाेटाङ केन्द्रबिन्दु भयर भूकम्प गयाे

खाेटाङ केन्द्रबिन्दु भयर भूकम्प गयाे

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
खाेटाङ:खोटाङ केन्द्रबिन्दु भएर गय राति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको कुबिन्डे भन्ने स्थानलाई केन्द्र बनाएर सोमबार राति १० बजेर ३२ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो। ‘यो सानो खालको भूकम्प हो, यसले क्षति पुर्‍याउँदैन’, केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले भने। यसअघि असोज १५ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।...
जाजरकोट दरबारमा भित्र्याइयाे दशैका फुलपाती

जाजरकोट दरबारमा भित्र्याइयाे दशैका फुलपाती

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, संस्कृति, समाचार
जाजरकोट :जाजरकोटको ऐतिहासिक दरबारमा दशैंका फूलपाती भित्र्याइएको छ । दशैकाे साताैंदिन सप्तमीका दिन परम्परागत राजकीय शक्तिको प्रतिक खड्गदेवी देवतासहित जाजरकोट दरबारमा फूलपाती  भित्र्याइएको हो ।बिहीबार जाजरकोटको जगतिपुरबाट ल्याएको उखु, अदुवा, बेलपत्रलगायत पूजा सामग्री र खड्ग देवतासहित फूलपाती भित्र्याइएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । २८ वर्षअघिसम्म जगतीपुर दरबारबाटै ब्राम्हण जातिका पुजारीले खड्ग देवतासहितको फूलपाती ल्याउने प्रचलन थियो । २८ वर्षपछि पहिलोपटक स्थानीयले बाजासहित जगतिपुरबाट ल्याएकाे फूलपाती र खड्ग जाजरकोट दरबारमा पूजाआजासहित भित्र्याइएको छ । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको नेतृत्वमा पुजारी सत्यदेव शर्माले ल्याएको खड्ग र फूलपातीलाई राज्यका प्रतिनिधीका रुपमा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले विधिपूर्वक भित्र्याएका हुन् । तत्कालीन गोरखा राज्यका राजा ...
एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीले जितेको छ छ ।

एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीले जितेको छ छ ।

Breaking News, खेल, राष्ट्रिय, समाचार
काठमाडौं :एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीले जितेको छ । शनिबार भएको फाइनल खेलमा कर्णालीले ललितपुरलाई ३–२ को सेटमा हराउँदै उपाधि पायो ।त्रिपुरेश्वरस्थित भलिबल कभर्ड हलमा भएको खेलमा कर्णालीले पहिलो, दोस्रो र पाँचौं सेट जित्यो । पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको कर्णालीले दोस्रो सेट २५–२० ले जित्यो । ललितपुरले तेस्रो सेट २५–१२ र चौथो सेट २५–१८ ले जित्यो । अन्तिममा पाचौं सेट कर्णालीले १५–१३ ले जित्दै उपाधि हात पारेेकाे थियाे ।...
“एच.आर डि.सि.जाजरकोटकाे” १८औं साधारण सभा सम्पन्न

“एच.आर डि.सि.जाजरकोटकाे” १८औं साधारण सभा सम्पन्न

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट :पहाडी क्षेत्र विकास अभियान( एच. आर.डि.सि.) जाजरकोटले आफ्नो स्थापनाको १८ औं साधारण सभा सम्पन्न गरेको छ । संस्था स्थापना भएको २६ वर्ष पुगे संगै साधारण सभा सम्पन्न भएको हो । यस अवधिमा संस्थाले जाजरकोट लगाएत दैलेख , सल्यान,रुकुम पश्चिम, कालिकोट लगाएतका जिल्लामा विभिन्न दातृनिकायको समन्वयका सामाजिक क्षेत्रमा काम गरिसको छ । संस्थाको सामाजिक यात्रा यहाँ सम्म आइ पुग्दा ४५ भन्दा बढी साझेदार संस्था संग सहकार्य गरिसकेको छ । शनिबार सम्पन्न साधारण सभामा संस्थाले वार्षिक रुपमा गरेका गतिविधिहरुको सामाजिक परिक्षण समेत गरिएको छ । विकासको मूलप्रबाहबाट बाहिर रहेका अति बिपन्न र पिछडिएका समुदायको उत्थान र उनीहरुलाई मूलप्रवाहीकरण गर्ने लक्ष्यका साथ एक नागरिक समाज संस्था पहाडी क्षेत्र विकास अभियान जाजरकोटको स्थापना भएको र दिगो विकासका लागि सहकार्य भन्ने नाराकासाथ २०५५ सालमा गैरनाफामुलक गैरराजनीतिक, ...
जापान रेमिट फाईनान्सको ‘ब्राण्ड एम्बेसडर’ बने रवि ओड

जापान रेमिट फाईनान्सको ‘ब्राण्ड एम्बेसडर’ बने रवि ओड

Breaking News, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
टोकियो,जापान :जापान रेमिट फाईनान्सले लोकप्रिय गायक तथा सिजन-२ नेपाल आइडलको विजेता रवि ओडलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ। रविसँगको सहकार्यले जापानमा रहेका नेपालीहरूका लागि जापान रेमिट फाईनान्सबाट रेमिटेन्स सेवाहरूमा प्रवर्द्धन गर्ने र चेतना जगाउने उद्देश्य रहेको कम्पनीले जनाएको छ। ब्राण्ड एम्बेसडर नियुक्तिको एक कार्यक्रममा जापान रेमिट फाईनन्सका म्यानेजर ऋषी आचार्यले भन्नुभयो, ‘रेमिट्यान्स सेवालाई सबै नेपालीका लागि सरल,सहज र पहुँचयोग्य बनाउने हाम्रो लक्ष्यलाई प्रवर्द्धन गर्नको निम्ति रवि ओडसंग साझेदारी गर्न पाउँदा हामी निकै उत्साहित भएकै छौँ।रवि ओड धेरैको मन मस्तिष्कमा बस्न सफल भएका लोकप्रिय कलाकार हुन् र हामी विश्वास गर्छौँ,कि उहाँको यो साझेदारीले हाम्रो दृश्यतालाई उल्लेखनीय रूपमा बढवा दिनेछ र हाम्रो सेवालाई अझै लोकप्रिय बनाउनेछ’ भन्नेमा हामी विस्वस्त रहेका छौं। यसैवि...
आज देखि दशै सुरु, घरघरमा जमरा राखेर घटस्थापना मनाउँदै

आज देखि दशै सुरु, घरघरमा जमरा राखेर घटस्थापना मनाउँदै

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ । जमरामा जौँबाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्...
दशैं मान्न घर हिडेका घर्ती बाटाेमै अस्ताय

दशैं मान्न घर हिडेका घर्ती बाटाेमै अस्ताय

Breaking News, यातायात, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट :जाजरकोट देखि दशै मान्न रोल्पा घर पुग्न गाडि चडेका पुर्ण बहादुर घर्ती बाटाेमै अस्ताए। जिल्लाको छेडागाड नगरपालिका अन्तर्गत थलह देखि राेल्पा घर हिडेका घर्तीकाे गाडीको सिटमा बसिरहेकै अवस्थामा सल्यान जिल्लाको धारापानिमा मृत्यु भएको हाे। रोल्पाको रुन्डीगढी गाउँपालिका-५, का घर्ती जाजरकोटमा खाेटाे कम्पनिमा काम गर्थे थलहबाट गाडी चढ्ने बेलामा उनले पेट दुखिरहेको बताइरहेका उनी संगैका सवार यात्रुले बताय । रुकुम हुुँदै राेल्पा जाने बाटाे बर्षाका कारण  पहिराेले अबरुद्ध भयपछि सुर्खेत ,काेहलपुर, बाँके,दाङ हुुँदै राेल्पा सम्मा घर जाने उनकाे उद्धेस्य थियाे । थप के भयर उनकाे मृत्यु भयकाे हाे पाेष्टमार्टम पछि थाहा हुने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा प्रवक्ता रेशम खत्रीले बताउनु भयाे ।...
जाजरकोटमा आर्साे नेपाल संस्थाद्वारा भुकम्प प्रतिरोधात्मक घर हस्तान्तरण

जाजरकोटमा आर्साे नेपाल संस्थाद्वारा भुकम्प प्रतिरोधात्मक घर हस्तान्तरण

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट :भूकम्प पुनर्निर्माण तथा पुनर्लाभ परियोजना अन्तर्गत जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं ३ र ४ मा स्थायी नीजि आवास बलियो सुरक्षित घर प्रवलिकरण (Retrofitting) प्रविधि अनुसार निर्माण भएको सुरक्षित घर हस्तान्तरण तथाअभिमुखिकरण कार्यक्रम सम्पन्न भयकाे छ।जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी उमानाथ अधिकारी को प्रमुख आतिथ्यतामा उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, विकास साझेदारहरु, सामाजिक संघ संस्था र नागरिक समाजका अगुवाहरुको उपस्थितिमा थियाे। प्रवलिकरण कार्यक्रम "Fondation De France(FDF)/TGH" को आर्थिक सहयोग र "Build Change" को प्राविधिक सहयोगमा आर्सो नेपाल (ARSOW Nepal) द्वारा जाजरकोट जिल्लाको भेरी नगरपालिकामा संचालन भईरहेको छ।...
लगातार वर्षा संगै आयकाे बाढि र पहिराेमा परी देशै भरी सयाैंकाे ज्यान गयाै हजाराै बिस्तापित

लगातार वर्षा संगै आयकाे बाढि र पहिराेमा परी देशै भरी सयाैंकाे ज्यान गयाै हजाराै बिस्तापित

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
बुटवल :देशै भरी लगातार आएकाे वर्षा संगै बाढी पहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ भने, ६७ जना बेपत्ता भएका छन् र १०१ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ललितपुरमा १८, धादिङमा १५, काठमाडौंमा २५, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु ५ ,पाँचथर ५ ,र भक्तपुरमा ५,दोलखामा ३, सिन्धुलीमा २, धनकुटा २, महोत्तरी २, रामेछाप १, झापा १, उदयपुर १, इलाम १, सप्तरीमा १ र नुवाकोटमा एक जनाको मृत्यु भएको उनले जानकारी दिए । बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९,९८३ सुरक्षाकर्मी परिचालन गरिएको छ । गृहमन्त्रालयका अनुसार हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको छ । लगातार वर्षा संगै खाेला , नदिहरुकाे पानीको बहाव बढेकाे छ । त्यस आसपास ठाउँहरुका सडकहरुमा यातायात अवरुद्ध भयका छन । हजाराै यात्रुहरु अल्पत्र परेका छन ।काठमाडौं - मुग्लि...
माओवादी केन्द्र निकट,अखिल (क्रान्तिकारी) को सम्मेलन कीर्तिपुरमा सुरु

माओवादी केन्द्र निकट,अखिल (क्रान्तिकारी) को सम्मेलन कीर्तिपुरमा सुरु

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :काठमाडौंको कीर्तिपुरमा नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन सुरू भएको छ। पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार दिउँसो सम्मेलन उद्घाटन गरेका हुन्। पञ्चा सिंह अध्यक्ष रहेकाे संगठनको राष्ट्रिय सम्मेलनले अखिल (क्रान्तिकारी) मा नयाँ नेतृत्व दिनेछ। खुला प्रतिस्पर्धाबाट विद्यार्थीको नेतृत्व चयन गर्ने पक्षमा माओवादी देखिएको छ। अध्यक्ष पदमा २० जनाले दाबी गरेका छन्। तर मुख्य गरी चार जनाबीच प्रतिस्पर्धा हुने देखिन्छ। उपाध्यक्षहरू पवन कार्की, मदन भुल र नरेश रेग्मी तथा महासचिव दिपेश पुनलाई पार्टीका पदाधिकारीहरूकै समर्थन रहेकोले उनीहरूबीच प्रतिस्पर्धा हुने देखिएको हो।...