दाङ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दाङ २ मा रेखा शर्मा लाई जिताउनुहाेस म समाजसेवामा लाग्ने पुर्व सभामुख तथा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्र का उपाध्यक्ष कृष्णबहादुर महराले बताएका छन ।
कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी काे नवाैं महाधिवेशन आफ्नै केन्द्रीय कार्यलय कपिलवस्तुकाे शिवगडिमा प्रबिधि प्रयाेग गर्दै उद्धघाटन भएकाे छ , असाेज ३१ सम्मा चल्ने महाधिवेशनकाे पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लप ले डिजिटल प्रबिधि मार्फत ब्यानर खाेलेर डृाेन उडायर पुष्पवृष्टि गरेर उद्घाटन गरेका हुन ।
कार्यक्रम मा महासचिव लगायत केन्द्रीय सदस्यहरु , अन्य अतिथिहरु र जनमासलाई स्वागत का लागि राता डेृसमा युवाहरुले सलामी गरेका थिय । ६ दिन सम्मा चल्ने महाधिवेशन मा सहभागी प्रतिनिधि र प्रबेक्षकका लागि खाना नास्ता का लागि मेष र बस्नका लागि बासकाे ब्यवस्थापन गरेकाे छ ।...
२५ असोज, काठमाडौं । नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर रहेकाले मनसुन क्रमिकरूपमा सुधार हुँदै गएको महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए । उनले अबको दुई दिनपछि नेपालको मौसममा पूर्णतया सुधार हुने बताए । मौसमविद् भट्टराईले भने, ‘मनसुन जारी रहे पनि वर्षा गराउने प्रणाली कमजोर भएको छ । आज कर्णाली र सुदूरपश्चिमका केही स्थान र पूर्वका धेरै स्थानमा वर्षा हुने देखिन्छ । भोलिदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशमा सुधार हुन्छ, बिहीबारदेखि देशैभर मौसम सफा रहन्छ ।’
जारी मनसुनका साथै आसपास विकास भएको न्यूनचापीय प्रणालीको प्रभावले विगत आठ दिनदेखि निरन्तरको वर्षा पछिल्लो तीन दिनयता खण्डितरूपमा मात्रै भइरहेको छ । मनसुन बाहिरिन भने ...
जाजरकोट : आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि १४ जनाकाे उम्मेदवारी परेकाे छ।प्रतिनिधि सभामा ६ र प्रदेश क मा ४ र ख मा पनि ४ गरि जम्मा १४ जनाकाे उम्मेदवारी परेकाे छ ।सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्र का उप महासचिवमा शक्ति बहादुर बस्नेतले उम्मेदवारी दर्ता गरेका छन भने ,प्रदेश क बाट नेपाली कांग्रेस का जिल्ला सभापति बेद बहादुर सिंह र केन्द्रीय सदस्य समाजसेवी राजिव बिक्रम शाह लेे वारेसना मार्फत उम्मेदवारी दर्ता गरेका छन ।बर्षा का कारण छिन्चु - जाजरकोट सडक अबरुद्ध का कारण सिंहले महेन्द्र शाह र शाहले नगेन्द्र शाहलाई वारेस पठायर दर्ता गरायका हुन ।
बिपक्ष दल एमालेको तर्फबाट प्रतिनिधि सभाका लागि निरज आचार्य र प्रदेश क बाट डम्बर बहादुर सिंह र ख बाट खिम बहादुर शाहिले उम्मेदवारी दर्ता गरेका छन ।राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक खनालले प्र...
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रकाशित बन्दसूचीमा समावेश उम्मेदवारका बारेमा यही असोज २९ गतेसम्म दाबी विरोधका लागि समय दिइएको छ।
विभिन्न राजनीतिक दलले संशोधन गरी पेस गरेको सूचीमा समावेश उम्मेदवारको योग्यता र अयोग्यताका सम्बन्धमा दाबी-विरोधको निवेदन दिन आइतबारदेखि समय दिइएको हो।
उम्मेदवारबारे प्राप्त दाबी-विरोधको छानबिन गरी निर्वाचन आयोगले कात्तिक ९ गते अन्तिम नामावली सार्वजनिक गर्ने आयोगका सचिव एवं समानुपातिकतर्फका मुख्य निर्वाचन अधिकृत गोकर्णमणि दुवाडीले जानकारी दिए।
समानुपातिकतर्फ सिट प्राप्त गर्न कुनै पनि दलले प्रतिनिधिसभामा कुल सदर मतको तीन प्रतिशत र प्रदेश सभामा एक दशमलव पाँच प्रतिशत मत अनिवार्य ल्याउनुपर्नेछ। उल्लिखित मत नल्याएमा उक्त दलले समानुपातिकतर्फको सिट प्राप्त गर्न सक्दैन।
‘संसदमा प्रतिनिधित्व गर...
काठमाडौँ — निर्वाचन आयोगले सामाजिक सञ्जालबाट गरिएको विज्ञापन पनि निर्वाचन खर्चमा समावेश गर्ने जनाएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सकिएसँगै राजनीतिक दल र उम्मेदवारहरूले सामाजिक सञ्जालमा प्रचार गरेको भन्दै आयोगले उक्त प्रचारसमेत निर्वाचन खर्चमा समावेश हुने बताएको हो ।
‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि आयोगले राजनीतिक दल र उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हदसमेत निर्धारण गरी सार्वजनिक गरिसकेको अवस्थामा दल र उम्मेदवारले सामाजिक सञ्जालको प्रयोगसमेतबाट गर्ने विज्ञापनलाई निर्वाचन खर्चमा समावेश गरिने विषयबारे आयोग सम्बन्धित दल र उम्मेदवारलाई स्मरण गराउन चाहन्छ‚’ सोमबार आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति‚ २०७७ बमोजिम निर्वाचनका सबै चरण...
‘ऐतिहासिक नवौँ महाधिवेशनलाई भव्यरूपले सफल पारौं ! एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौं !!
ऐतिहासिक नवौँ महाधिवेशनलाई भव्यरूपले सफल पारौं ! एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौं !!हाम्रो पार्टीको आठौँ महाधिवेशन सम्पन्न भएको ५ वर्ष बितिसकेको छ । यसबीचमा देशभित्र र अन्तर्राष्ट्रिय क्षेत्रमा गम्भीर ऐतिहासिक महत्वका घटनाहरू भएका छन् । यसबीचमा महान् जनयुद्ध र जनआन्दोलनको जनादेश र जनभावनाका विरुद्ध राष्ट्रियता, जनजीविका र जनतन्त्रमाथि गम्भीर आघात पु-याइएको छ ।
महान् जनयुद्धको क्रममा जनताले चिहानको डिलमा पु-याएको दलाल संसदीय व्यवस्थालाई प्रचण्ड–बाबुरामको आत्मसमर्पण, दलाल पुँजीपति वर्गको षड्यन्त्र र साम्राज्यवादको आडमा पुनः लादिएको छ । जनयुद्धमाथिको दमन देशभक्त धारामाथिको दमन थियो र हो । यी जनद्रोही र देशद्रोही कदमहरूले जनताको बाँच्न पाउने नैसर्गिक अधिकारमाथिको पन...
नेपाल कम्युनिस्ट पार्टीको नवाैँ महाधिवेशनकाे पूर्वसन्ध्यामा केन्द्रीय समितिकाे १४ औँ पूर्ण बैठक प्रारम्भ भएकाे छ ।
नेकपा महासचिव विप्लवको अध्यक्षतामा आजबाट सुरु भएको बैठकले पार्टीको केन्द्रीय कार्यलय शिवगढीमा यही असाेज २५ गतेदेखि ३१ गतेसम्म हुने नवाैँ महाधिवेशनकाे सम्पूर्ण तयारीको बारेमा जानकारी गराएको छ /
असाेज २५ गते दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यलय शिवगढीमा उद्घाटन हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएकाे नेकपाले जनाएको छ ।
महाधिवेशनमा आउने सबै अतिथि, प्रतिनिधि, पर्यवेक्षकहरुलाई स्वागत गर्नका लागि विभिन्न ठाउँहरुमा स्वागत गेट निर्माण गरिएका छन्
देशभरबाट जिल्ला जिल्लाका, विभिन्न विभाग, जवसका प्रतिनिधि, पर्यवेक्षक छनाेट गरी आउने क्रम सुरु भएकाे छ ।
वर्षाका बाबजुद पनि खुल्ला रुपमा महाधिवेशनकाे उद्घाटन हुने केन्द्रीय कार्यलयले जनाएकाे छ ।
महाधिवेशनकाे जानकारी दिनकाे ला...
काठमाडौँ, अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन्। अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका वार्ड नं १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सयभन्दा बढी घर डुबानमा परेका हुन्।
बाढी घरभित्र पसेपछि अन्नपात कपडा लत्ता भिजेर क्षति भएको स्थानीय गणेश गुप्ताले बताए। राप्ती नदी र खोलाको बीचमा रहेका ती गाउँका स्थानीयहरु त्रसित भएका छन्। घरभित्र पानी पसेपछि यहाँका स्थानीय गाउँपालिकाले निर्माण गरेको आश्रयस्थलमा आश्रय लिएर बसेका छन्।
अत्यावश्यक सामाग्री लिएर स्थानीयहरु आश्रयस्थलमा बसिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए। अहिले पनि वर्षा भइरहेकाले नदीमा पानीको सतह बढ्दै गएको छ। अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतहले छ दशमलव त्रिसट्ठी मिटर पार गरेको छ। रा...
काठमाडौँ : नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य लोकेश विश्वकर्माकी आमा फूलमती विश्वकर्माप्रति पार्टी संयोजक कञ्चनले हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । शनिबार श्रद्धाञ्जली वक्तव्य जारी गर्दै पार्टी संयोजक कञ्चनले लोकेशसहित शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना पनि व्यक्त गरेका छन् ।
संयोजक कञ्चनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘पर्वत जिल्लाको पैयुँ गाउँपालिका स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका १३ लेखनाथमा बसोबास गर्दै आएका हाम्रो पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् पूर्वविद्यार्थी नेता कमरेड लोकेश विश्वकर्माकी ममतामयी आमा फूलमती विश्वकर्माको यही असोज २२ गते शनिबार ६२ वर्षको उमेरमा हृदयाघातका कारण भएको असामयिक निधनले सिङ्गो पार्टीलाई स्तब्ध बनाएको छ । कमरेड लोकेशकी ममतामयी आमाको असामयिक दुःखद् निधनमा आमाप्रति सिङ्गो पार्टी भावपूर्ण श्रद्धाञ्ज...