२०८३ श्रावण २, शनिवार

शिक्षा

प्रशासन काे आँडमा दादागिरी गर्ने कलेजलाई अखिल क्रान्तिकारी काे चेतावनी

प्रशासन काे आँडमा दादागिरी गर्ने कलेजलाई अखिल क्रान्तिकारी काे चेतावनी

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ।अखिल(क्रान्तिकारी) ले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ KMC को प्रशासन गुण्डामा परिणत भयाे,कार्वाहीको निसाना बनाउछाैं उसले गरेको विद्यार्थीहरु माथी हुने कुनै पनि किसिमको हिंसा,शोषण र लुट हामीलाई कदापि स्विकार्य छैन । साथै विद्यालय जस्तो ज्ञानको ज्योति फैलाउने स्थानमा जातिय,भेगीय लिंगिय हिसाबले गरिने विभेद र हिंसा त हामी कल्पना पनि गर्न सक्दैनौं । अखिल(क्रान्तिकारी) ३ नं. संगठन समितिका संयाेजक उषाकिरण आजादद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, बागबजारमा रहेको KMC मा विद्यार्थीलाई लुटीरहेको काठमाडौं मोडेल माध्यामिक विद्यालयमा १२ क्लासमा विज्ञान विषय अध्ययन गरिरहेका अविनास यादवलाई वाडेन, कोअर्डिनेटरले जिस्क्याउने, हेप्ने गर्दै आएकोमा यहि श्रावण ११ गते कलेजको होस्टेलका वाडेन र कोअर्डिनेटरले नै योजनाबद्ध निर्घात कुटपिट गर्न लगाएको विषय निकै गम्भिर छ । घटनाको छानविन गर्न आवाज उठाउदा...
याेग्य र सक्षम ब्यक्तिलाई त्रिभुवन बिश्वबिद्धालयले ढाेका बन्द गर्याे :अखिल क्रान्तिकारी

याेग्य र सक्षम ब्यक्तिलाई त्रिभुवन बिश्वबिद्धालयले ढाेका बन्द गर्याे :अखिल क्रान्तिकारी

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय संयोजक मिलन राईले योग्य र सक्षम व्यक्तिहरूलाई त्रिभुवन विश्वविद्यालयले ढोका बन्द गरेको बताएका छन् । शिक्षक कर्मचारी सेवासम्बन्धी नियममा संशोधन करारलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने त्रिविको पछिल्लो निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै उनले योग्य र सक्षम व्यक्तिहरूलाई विश्वविद्यालयले ढोका बन्द गरेको बताएका हुन् । सङ्गठनको तर्फबाट बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दैं केन्द्रीय संयोजक राईले गत असार १२ गते त्रिवि सभा बैठकले करार शिक्षण सहायक र कर्मचारीहरूलाई जस्केलाबाट स्वतः स्थायी गर्ने कुनियतले शिक्षक कर्मचारी सेवासम्बन्धी नियममा संशोधन गर्ने निर्णय गरेको घटनाप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले खोज, अध्ययन र अनुसन्धानको पर्याय बन्नुपर्ने नेपालको सबैभन्दा ठुलो र जेठो ‘...
एसईइ नतिजामा काठमाडौंका सामुदायिक बिद्यालयमा नतिजा सुधार

एसईइ नतिजामा काठमाडौंका सामुदायिक बिद्यालयमा नतिजा सुधार

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं । काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूमध्ये ‘ए प्लस’ ल्याउने विद्यार्थीको सङ्ख्या ७८ प्रतिशतले वृद्धि भएको छ । गएको वर्ष परीक्षामा सहभागी हुन आवेदन दिएका ३ हजार ९४३ छात्रछात्रामध्ये ८५ जनाले ‘ए प्लस’ ग्रेड ल्याएका थिए । यस वर्ष ३ हजार ९१२ छात्रछात्राले आवेदन दिएकामा १५० छात्रछात्राले ‘ए प्लस’ ग्रेड ल्याएका छन् । आवेदकमध्ये गएको वर्ष १२५  जना गयल भए भने यस वर्ष ५० जना मात्र गयल देखिए । 'यो तथ्याङ्कबाट उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएको देखिन्छ । विद्यालय शिक्षाप्रति विद्यार्थीहरू नियमित हुन थालेका छन् । हामीले प्रारम्भ गरेका शैक्षिक कार्यक्रम समय सापेक्ष र व्यावहारिक भएको पुष्टि गरेको छ' महानगरले भनेको छ । गएको वर्ष ‘ए’ ग्रेड ल्याउने छात्रछात्राको सङ्ख्या ३२५ (८.२४ प्रतिशत) जना थियो । यस वर्ष ४८६ (१२.४२ प्रतिशत) पुगेक...
शिक्षक सेवा आयाेग, नि.मा.बि लाईसेन्सकाे बिज्ञापन खुल्यो

शिक्षक सेवा आयाेग, नि.मा.बि लाईसेन्सकाे बिज्ञापन खुल्यो

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं ।शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुला गरेको छ । आयोगले तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका इच्छुक उम्मेद्वारहरूले आज ( साउन ११ गते बुधबार) देखि भदौं ११ गतेसम्म अनलाइन दरखास्त दिन सकिनेछ । कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने आयोगले जनाएको छ। शिक्षक  सेवा  आयोगको  साउन १० को निर्णय अनुसार आजदेखि आवदेन दिन सक्नेछन्। आयोगका अनुसार भदौ ११ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर भदौ १८ गतेसम्म दिन सकिने आयोगले जनाएको छ। आवेदन अनलाइनबाट दिन सकिने आयोगले जनाएको छ। इच्छुक व्यक्तिले अनलाइनमार्फत आवेदन पेस गर्दा तोकिएको दस्तुरसहित नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, दस्तखत नमूना, न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्क पत्र, तालिमको प्रमाणपत्र, समकक्षताको प्रमाणपत्र पे...
बिद्यार्थी संगठन पुनर्मिलन कार्यक्रम सम्पन्न

बिद्यार्थी संगठन पुनर्मिलन कार्यक्रम सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी र बैज्ञानिक समाजवादी पार्टी नेपाल निकट बिद्यार्थी संगठन बिच आज संगठन पुनर्मिलन कार्यक्रम सम्पन्न भयकाे छ । शाेमबार काठमाडौं काे बागबजार स्थित अनेरास्ववियु क्रान्तिकारी काे केन्द्रीय कार्यलयमा एक कार्यक्रम गरि पुनर्मिलन भयकाे हाे । कार्यक्रममा बैज्ञानिक समाजवादी पार्टीका बिद्यार्थी नेता बिकाश रसायलि प्रवेश लाई माेहन वैद्य किरणले नेतृत्व गरेकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल क्रान्तिकारी का फ्र्याक्सन ईन्चार्ज हरिकृष्ण गजुरेलकाे प्रमुख आतिथ्यतामा, संगठन कि केन्द्रीय सह-संयोजक तथा ३ न.प्रदेश ईन्चार्ज शिलु न्याैपाने र ६ न. प्रदेश ईन्चार्ज गाेबिन्द बिष्टको काे उपस्थितिमा रसायलिलाई दाेसल्लाद्वारा स्वागत गरियकाे थियाे र  कार्यक्रमकाे संचालन ३ प्रदेश संयोजक उषाकिरण "आजाद"ले गरेका थिय । ...
अखिल क्रान्तिकारी ३ न. प्रदेशकाे एकता भेला तथा प्रशिक्षण सम्पन्न

अखिल क्रान्तिकारी ३ न. प्रदेशकाे एकता भेला तथा प्रशिक्षण सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठन, अनेरास्ववियु (क्रान्तिकारी ) ३ न. प्रदेश कमिटीको एकता भेला तथा प्रशिक्षण सम्पन्न भयकाे छ  । शुक्रबार काठमाडौंको बागबजार स्थित पद्मकन्या कलेजमा संचालित भेलामा पार्टीका केन्द्रीय कार्यलय सदस्य तथा ३ न. प्रदेश कमिटी ईन्चार्ज हेमन्त प्रकाश ओलि "सुदर्शन",केन्द्रीय कार्यलय सदस्य उदय बहादुर चलाउने "दिपक" संगठनका फ्र्याक्सन ईन्चार्ज हरिकृष्ण गजुरेल , संयाेजक मिलन राई, सह-संयाेजक बिरेन्द्र शाह , पेशल दाहाल शिलु न्याैपाने , संगठनका केन्द्रीय कार्यलय सदस्य गाेबिन्द बिष्ट , डि बि शाहि , लगायतका नेता हरुकाे विशेष उपस्थिति तथा प्रदेश अन्तर्गत जिल्लाका प्रतिनिधिहरुकाे सहभागीतामा भेला सम्पन्न भयकाे हाे । भेलाले ५५ सदस्य प्रदेश कमिटी गठन गरेकाे छ । भेलाकाे अध्यक्षता उषाकिरण "आजाद"ले गरेका थिय भने संचालन हरि बिष्टले गरेका थिय ।कार...
स्रष्टा अतृप्त पाण्डे र पेशल आचार्य काे सम्मानमा स्मृति सभा

स्रष्टा अतृप्त पाण्डे र पेशल आचार्य काे सम्मानमा स्मृति सभा

Breaking News, कविता, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं । प्रगतिशील लेखक स्रष्टा द्धय अतृप्त पाण्डे र पेशल आचार्यको सम्झनामा स्मृति सभा सम्पन्न भयकाे छ। बिहिवार  नेपाल - काेरिया लेखक/ पत्रकार मंच र हित प्रसाद उपाध्याय-जुनमाया सुवेदी साहित्य प्रतिष्ठानकाे आयाेजनामा काठमाडौंको अनामनगर मा रहेेकाे संबाद डब्बलिमा स्मृति सभा संचालन भयकाे हाे । स्रष्टा पाण्डे काे २००७साल कार्तिक १२ गते जन्म भई २०८०असार १२ गते मृत्यु र आचार्यको २०२४भदौ ११ गते जन्म भई २०८० साउन १ गते निधन भयकाे थियाे ।दुबै जनाले विभिन्न काल खण्डमा प्रगतिशील लेख ,कविता लेखी अनुकरणीय इतिहास निर्माण गरेका थिय । स्रष्टा द्धय पाण्डे र आचार्यको सम्झना गर्दै कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यलय सदस्य हेमन्त प्रकाश ओली ,प्रा.डा.राम प्रसाद ज्ञवाली,नरेन्द्र जंग पिटर लगायत विभिन्न कवि, लेखक र राजनैतिक बिचारकहरुले कविता र बिचार ब्यक्त गर्दै श्रदान्जली ब्यक्त ...
एसईईमा कुन ग्रेड ल्याएका विद्यार्थीले के पढ्न पाउँछन् ?

एसईईमा कुन ग्रेड ल्याएका विद्यार्थीले के पढ्न पाउँछन् ?

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेकाे छ । यसका लागि औपचारिक निर्णय गर्न बाेर्डकाे बैठक सुरु भएकाे छ । यस पटकको नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अन्तर्गत सार्वजनिक हुने बोर्डले जनाएको छ, जुन पुरानो ग्रेडिङ प्रणाली हो । अर्थात् यो नतिजामा कोही पनि विद्यार्थी अनुत्तीर्ण हुँदैनन् । २०७८ मा नयाँ लेटर ग्रेडिङ निर्देशिका बनेपनि लागू नभइसकेका कारण पुरानै निर्देशिका अनुसार नतिजा प्रकाशित हुनेछ । पुरानाे निर्देशिका अनुसार ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउने विद्यार्थीको पनि ग्रेडिङ हुन्छ । उनीहरूलाई प्राप्ताङ्कका आधारमा कम्तीमा ‘ई’ ग्रेडसम्मको प्रमाणपत्र दिइन्छ । तर नयाँ लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क नल्याउने विद्यार्थी परीक्षामा अनुत्तीर्ण हुन्छन् । उनीहरूलाई दिइने प्रमाण...
एसईइ नतिजा सार्वजनिक

एसईइ नतिजा सार्वजनिक

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं।राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सहजै हेर्ने व्यवस्था गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । उनका अनुसार ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या गत वर्ष ९ हजार ६३३ जना रहेकामा यसवर्ष २२ हजार ४७५ जना रहेका छन् । गत वर्ष यो संख्या कुल परीक्षार्थीको १.९४ प्रतिशत रहेकामा यस वर्ष बढेर ४.६३ प्रतिशत पुगेको शर्माले बताए । त्यस्तै ३.२ देखि ३.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या गत वर्ष कुल परीक्षार्थीको ८.४ प्रतिशत रहेकामा यस वर्ष बढेर ११.३६ प्रतिशत पुगेको छ । ‘यस वर्ष माथिल्लो रेन्जको जीपीए ल्याउनेको संख्या गत वर्ष भन्दा बढी छ’ उनले भने । अध्यक्ष शर्माले कोभिड–१९ को महामारी सकिएपछि विद्यार्थीले पढ्ने समय पर्याप्त पाएकाले नतिजामा सुधार भएको बताए । परीक्षाको नतिजा...
प्रधानमन्त्रीको राजीनामा माग्दै आज एमालेले गर्‍यो राष्ट्रियसभा अवरुद्ध

प्रधानमन्त्रीको राजीनामा माग्दै आज एमालेले गर्‍यो राष्ट्रियसभा अवरुद्ध

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ।प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । दिउँसो १ बजे बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए । बैठकमा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्रीले मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएकाले राजीनामा नदिएसम्म सदन चल्न नदिने बताए । गत सोमबार प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचनका क्रममा प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दै अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले बुधबार पनि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन अवरुद्ध गरेको थियो । एमाले नेता श्रेष्ठले प्रचण्डले प्रधानमन्त्री बन्न भारतको निर्देशन चाहिन्छ, भारतको सल्लाह सुझाव चाहिन्छ भन्ने आशयको अभिव्यक्ति दिएकाले उनी सो पदमा बस्न अयोग्य भएको दाबी ग...