
आन्दोलन हुन्छ, क्रान्ति हुन्छ , सत्ता ल्यायरै छाेड्छाै : माेहन वैद्य (किरण)
काठमाडौं ।२९ औं विश्व आदिवासी दिवसको अवसरमा बुधबार अखिल नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले क्रान्तिकारी कम्युनिस्ट पार्टीले सम्पूर्ण शोषित उत्पीडित वर्ग र समुदायको मुक्तिका निम्ति संघर्ष गर्दै आएको बताय, । आदिवासी जनजाति, मधेसी, महिला, दलित मुस्लिम, थारु, मजदुर, किसान लगायत सम्पूर्ण शोषित उत्पीडित वर्ग र समुदायको मुक्तिको निम्ति संघर्ष गर्ने पार्टी नै क्रान्तिकारी कम्युनिस्ट पार्टी भएको स्पष्ट पारेका थिय ।
वैद्यले भने, “आन्दोलन हुन्छ, क्रान्ति हुन्छ, सत्ता ल्याएरै छाडिन्छ ।” “यो कथित संविधानलाई वास्तविक जनताहरु मजदुर किसान, आदिवासी जनजाति, महिला, मधेसी, दलित, मुस्लिम, थारु कसैले पनि स्वीकारेको छैन । सम्पूर्ण उत्पीडित आदिवासी जनजातिहरुसँग एकताबद्ध भएर संघर्ष अगाडि बढाइन्छ । अब जनगणतन्त...