
क्रान्तिकारी युवा संगठनले गर्याे नेपालका प्रमुख प्रशासकीय भवन अगाडि अर्धनग्न भयर विराेध प्रदर्शन
काठमाडौं :माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे युवा संगठन क्रान्तिकारी युवा संगठन नेपालले आज नेपाल सरकारकाे प्रमुख प्रशासकीय भवन भित्रै प्रवेश गरेर निषेधित क्षेत्रमा अर्धनग्न भएर विराेध प्रदर्शन गरिएकाे छ।साेमबार दिउसाे २ बजे तिर क्रान्तिकारी युवा संगठन, नेपालका नेता कार्यकर्ताहरुले सिंहदरबार भित्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयकाे मूल गेट, प्रधानमन्त्री निवास बालुवाटार परिसरभित्र सचिवालयकाे मूल गेट, सर्वाेच्च अदालतकाे मुलगेट, नयाँ बनेश्वर स्थित संसद भवनकाे मूलगेट, मन्त्री निवास हरिहरभवनकाे मूलगेटमा एकसाथ अर्धनग्न भएर विराेध प्रदर्शन गरेका थिय।
पाँचै स्थानमा गरिएका प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर सिंहदरबारभित्रबाट ३ जना, सर्वाेच्च अदालतबाट २ जना, संसद भवनबाट तीनजना, हरिहरभवन मन्त्रीक्वार्टरबाट ३ जना, बालुवाटारबाट ३ जना गरी १४ जना युवाहरुलाई प्रह...