जाजरकोट । जिल्लाको कुशे गाउपालिका वडा न.५खुर्पाकाे दहमा चट्याङ लागेर चारवटा पशु चाैपाय मरेका छन ।
आईतवार दिउसाे ३:३० बजे तिर भारि वर्षा संगै एक्कासि चट्याङ परेपछि थलाेमा बाधेर घाँस खादै गरेका २वटा गाेरु , एउटा गाई र एउटा भैंसी मरेका हुन ।
जाजरकोट । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल जाजरकोटले वृक्षारोपण गरेका छ, ।
युवा संघ नेपाल जाजरकोटका उपाध्यक्ष अशाेक बहादुर सिंहकाे जन्म दिनकाे अवसरमा भेरि नगर पालिका अन्तर्गत वडा न ३ अवस्थित थाप्ले हुँदै ठाँटि जाने लभ राेड क्षेत्रमा वृक्षारोपण गरियकाे हाे ।
एक युवा = ५ वटा बिरुवा राेपाै भन्ने मुल नाराका साथ , विभिन्न जातका लिभ्टिस, बकाईनाे , सल्ला, डाले घाँस गरि ३ सय वटा बिरुवा वृक्षारोपण गरियकाे र बिरुवाहरु डिभिजन वन कार्यलय जाजरकोटले उपलब्ध गरायकाे , उपाध्यक्ष सिंहले बातय ।...
काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयहरूमार्फत सोमबार वृक्षरोपण गरेको छ।
प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालयहरू, वितरण केन्द्र–उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालयहरू, सबस्टेसन कार्यालयहरू, उत्पादन सेवाअन्तर्गतका विद्युत् उत्पादन गृहहरूमा कार्यरत कर्मचारीले आफ्नो कार्यालयपरिसर तथा अन्य उपयुक्त स्थानहरूमा वृक्षरोपण गरेका हुन्।
कार्यालयहरूले आ–आफ्नो क्षेत्रको हावापानी र माटोअनुरूपका एक लाखभन्दा बढी फलफूल तथा अन्य प्रजातिका बिरुवाहरू रोपेकाे प्राधिकरणले जनाएको छ। जलविद्युत्, प्रसारण र वितरणतर्फका आयोजनाहरूको निर्माण गर्दा रूख काट्ने मात्र होइन, रूख–बिरुवाको संरक्षण पनि गरिन्छ भन्ने सन्देश दिन प्राधिकरणले हरेक वर्ष साउन १५ गते देशभरका कार्यालयमार्फत वृक्षरोपण गर्दै आएको छ।
प्राधिकरणको प्रधान...
जाजरकोट । नलगाड नगरपालिका वडा न १ कल्पतमा पहिरोले ठुलाे धन जनकाे क्षति गरेकाे छ । आईतबार गाउँ माथि बाट आएको पहिरोले गाउँमा ठूलो क्षति पुर्याएको हो । नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीका अनुसार आईतबार आएको पहिरोले स्थानीय पृथ्वीबहादुर पुनको १ वटा गोरु र एउटा गाईको पहिरोमा पुरियका छन् भने अन्य ५ वटा गाईगोरुहरु घाइते भएका छन् । भिमदल चनाराको घोडा र भैसी घाईते भएका छन् ।
प्रकाश पुनका दुई वटा गोरु घाइते भएको अधिकृत गिरीले बताए । यस्तै, स्थानीय लालबहादुर बुढा र बलराम पुनको घरमा क्षति पुगेको छ । घाइते गोरुहरुको उपचारमा डाक्टरहरु खटिएको बताईएको छ । क्षति कति भयो, एकीन विवरण पेश गर्न सम्बिन्धित वडाध्यक्ष र वडा सचिवलाई सामाजिक सञ्जालमा अधिकृत गिरीले आग्रह गरेका छन् । गाउँ नै पहिरोको ठूलो त्रासमा रहेको छ ।...
जाजरकोट ।"हाम्रो प्रकृति र हाम्रो सँस्कृति हामी आफै जोगाऔं" भन्ने मुल नाराका साथ आदिकवि भानुभक्त आचार्यको २१०औं भानु जयन्तीकाे अवसरमा "जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान" ले भेरी नगरपालिका ४ स्थित निमारे र साउनेपानीमा रहेका पानीका मुहान क्षेत्रमा बिभिन्न बिरुवाहरु बृक्षाराेपन गरि भानु जयन्ती मनायकाे छ ।
शुक्रबार बिहान प्रतिष्ठानका अध्यक्ष जनक केसि काे बिशेेष पहलमा आयाेजना गरियकाे वृक्षारोपण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख,समन्वय अधिकारी,वडा न ४ का वडा अध्यक्ष, पुर्व अध्यक्ष पत्रकार महासंघ जाजरकोट शाखाका अध्यक्ष लगायत जिल्ला स्थित सबै सराेकार वाला निकायका प्रमुख तथा प्रतिनिधि हरुकाे सहभागीतामा विभिन्न जातका दुई सय भन्दा बढि बिरुवा वृक्षारोपण गरियकाे थियाे।
निमारे र साउनेपानिमा रहेका पानीका मुल जाजरकोट सदरमुकाम खलंगा आउने पानिकाे मुख्य श्राेत हुन जलबायु परिवर्तनका कारण उक्त क्षेत...
काठमाडौं ।आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो। त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ।
मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ। गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण ...
जाजरकोट ।छेडागाड नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ६९ करोड बढीको बजेट प्रस्तुत गरेको छ । १४ औ नगरसभामा नगर उपप्रमुख चन्द्र बहादुर थापाले ६९ करोड ६८ लाख ८७ हजार ७ सय ३८ रुपैयाँको बजेट प्रस्तुत गरेका हुन ।
संघीय सरकारबाट प्राप्त बित्तिय समानिकरण अनुदान १२ करोड ४५ लाख, संघीय सरकार शसर्त अनुदान ३६ करोड ४४ लाख, संघीय सरकार विशेष अनुदान १ करोड, समपुरक ५० लाख, संघीय सरकार राजस्व बाँडफाँड १२ करोड ९६ लाख ४५ हजार गरी जम्मा ६३ करोड ३५ लाख ४५ हजार रहेको छ ।
यस्तै प्रदेश सरकार समानिकरण अनुदान १ करोड २५ लाख ९० हजार, शसर्त अनुदान ३ करोड ५७ लाख, प्रदेश सरकार राजस्व बाँडफाँड ९ लाख ५२ हजार ७ सय ३८ गरी ४ करोड ९२ लाख ४२ हजार ७ सय ३८ रहेको छ । यस्तै नगरपालिकाको आन्तरिक श्रोत सबै १ करोड ४१ लाख गरी आर्थिक वर्ष २०८०/०८१ का लागि उपप्रमुख चन्द्र बहादुर थापाले जम्मा ६९ करोड ६८ लाख ८७ हजार ७ सय ३८ रुपैया...
जाजरकोट ।बारेकोट गाउँपालिकाको १७ औं गाउँ सभाले गाउँपालिको आ.व. २०८०/०८१ को बजेट सार्वजजीक गरेको हाे ।
सभामा आ.व. ०८०/८१ को कुल बजेट ४५ करोड ६ लाख ३८ हजार ९ सय ७ रुपैया सार्वजनीक गरेको छ, जसमा आर्थिक विकास तर्फ १ करोड ५० लाख, सामाजिक विकास तर्फ ७ करोड २६ लाख ५० हजार, पूर्वाधार विकास तर्फ १ करोड ७१ लाख, वन तथा वातावरण तर्फ ३२ लाख, सुशासन तथा संस्था विकास तर्फ १ करोड २७ लाख ८८ हजार गरि जम्मा रु १२ करोड ७ लाख ३८ हजार पूजीगत तर्फ सार्वजनीक छ भने, चालु तर्फ ७ करोड २० लाख गरी जम्मा १९ करोड २७ लाख ३८ हजार रुपौयाकाे वजेट गााउँपालिकाका उपाध्यक्ष नर बहादुर गिरीले सभामा सार्बजनीक गरेका थिए। गिरीका अनुसार कर्णाली प्रदेशबाट आउने २५ करोड ७९ लाख विनियोजन हुन बाँकी रहेको छ । सनिवार देखि संचालन भयकाे गाउँ सभा आईतवार सम्पन्न भयकाे थियाे ।...
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ ।
चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ । चालुतर्फ कुल बजेटको ३३.७२ र पुँजीगततर्फ ६६.२८ प्रतिशत बजेट छुट्याइएको छ । आइतबार नगरसभाको बैठकमा उपमेयर सुनीता डंगोलले प्रस्तुत गरेको बजेटको सबैभन्दा ठूलो स्रोत बैंक मौज्दात रहेको छ । महानगरको बैंक मौज्दात ११ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदान १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदान ८९ करोड ३६ लाख, आन्तरिक आय ६ अर्ब ३९ करोड, राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड रुपैयाँ र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब रुपैयाँ प्राप्त हुने उपमेयर डंगोलले जानकारी दिइन् ।
महानगरपालिकाले १० विषयगत क्षेत्रका महानगर गौर...
जाजरकोट ।जाजरकोटको भेरी नगरपालिका वडा नं.२ तिमीलेका बेपत्ता भनिएका एक व्यक्ति २४ वर्षपछि सम्पर्कमा आएका छन् । वि.सं. २०५६ देखि हालसम्म बेपत्ता भयका टिकाराम पुन २४ वर्षपछि सम्पर्कमा आयका हुन ।
स्थानीय शिक्षक रुद्र बहादुर वलीसँगको भिडियो कलमार्फत सम्पर्कमा आयका पुन हाल ९ लाख रुपैयाँ लगानी गरि आफ्नै स्याउ , आलु बगैंचा र घर बनाइ कृषि पेसामा संलग्न रहि एक्लो जीवन बिताईरहेका छन, ।उनि हाल भारतको उत्तराखण्ड, जिल्ला उत्तरकासी, पोष्ट अफिस–नेटवार, तहसिल–मोरी, गाउँ–गौरादी भन्ने ठाउँमा बस्दै आयकाे खबर छ । पुनको घरमा श्रीमती, दुई छोरा, दुई छोरी छन।
आफुले भिडियो कलमार्फत सम्पर्क गरेको र हाल उहाँले उक्त स्थानमा स्याउको बगैंचा तयार गरी कृषी पेसामा जिवन बिताइरहनुभएको जानकारी दिएको शिक्षक वलीले दिनुभयो ।
वेपत्ता पुन तत्तकालिन नेकपा माओवादीकाे साधारण सदस्य समेत भयकाे र साेहि आराेपमा २०५४ सालमा राज्...