१४ माघ २०८२, बुधबार

अर्थवाणिज्य

आयात ३४ प्रतिशत बढ्यो पेट्रोलियम पदार्थको ,

आयात ३४ प्रतिशत बढ्यो पेट्रोलियम पदार्थको ,

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
१३ कार्तिक काठमाडौ । — साउन र भदौ महिनामा गत वर्षको समीक्षा अवधिको तुलनामा समग्र आयात १३ प्रतिशतले घटे पनि सोही अवधिमा पेट्रोलियम पदार्थको आयात भने ३४ प्रतिशत बढेको छ । भन्सार विभागका अनुसार साउन र भदौ महिनामा कुल २ खर्ब ७३ अर्ब रुपैयाँको वस्तु आयात हुँदा ४५ अर्ब ७९ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ मात्रै भित्रिएको छ । गत वर्षको यसै अवधिमा जम्मा ३४ अर्ब १८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । रकमका आधारमा साउन र भदौको कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा १६.७ प्रतिशत पुगेको छ । जबकि गत वर्षको साउन र भदौको कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा जम्मा १०.९ प्रतिशत मात्रै थियो । समग्रमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा कुल आयातमा यसको हिस्सा समेत बढेको देखिएको हो । मुलुकमा सबैभन्दा धेरै आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ पर्दछ । साउन र भदौमा धेरै आयात हुने वस्तुमा...
अबकाे केही दिनमै  भारतबाट ३० हजार मेट्रिकटन रासायनिक मल आउने

अबकाे केही दिनमै भारतबाट ३० हजार मेट्रिकटन रासायनिक मल आउने

Breaking News, अन्तर्राष्ट्रिय, अर्थवाणिज्य, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१३ कात्तिक, काठमाडौं । भारतबाट जीटूजी (सरकार–सरकार बीचको) खरिद प्रक्रियाको रासायनिक मल आउने निश्चित भएको छ । सम्झौताअन्तर्गत पहिलो पटक ३० हजार मेट्रिकटन युरिया मल खरिदको सबै प्रक्रिया टुंगिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ। मल खरिद गर्ने भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनीलाई भुक्तानी प्रक्रिया समेत टुंगिएको कृषि सामग्री कम्पनी लिमिटेडका निमित्त महाप्रबन्धक राजेन्द्रबहादुर कार्कीले बताए । पहिलो खेपको मल एक महिना भित्रै नेपाल भित्रिने कार्कीको भनाइ छ । उक्त मल गहुँ र मकै सिजनका लागि प्रयोग हुने उनले बताए । भारतीय कम्पनीले पठाएको दर रेटका आधारमा मल खरिदको प्रक्रिया टुंगिएको छ कार्कीले भने, ‘अबको एक महिना भित्रै मल भित्रिने छ ।’ कम्पनीकाअनुसार भारतसँग ७ सय ६८ अमेरिकी डलर प्रतिमेट्रिकटनमा मल खरिद भएको हो । यो मूल्य ग्लोबल टेण्डरको फर्किन मूल्यका आधारमा गरिने मू...
सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

अर्थवाणिज्य, राष्ट्रिय, समाचार
१३ कात्तिक, काठमाडौं । आइतबार सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज छापावल सुनको मूल्य ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ६ सय र चाँदीको मूल्य तोलामा १२ सय रुपैयाँ तोकिएको छ । तिहार अघिको अन्तिम कारोबार दिन छापावाल सुनको मूल्य ९४ हजार, तेजावी सुनको मूल्य ९३ हजार ५ सय र चाँदीको मूल्य १२ सय १५ रुपैयाँ थियो । ...