८ आश्विन २०८१, मंगलवार

राष्ट्रिय

क्रान्तिकारी कम्युनिस्ट पार्टी ललितपुर जिल्लाकाे एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी ललितपुर जिल्लाकाे एकता अधिवेशन सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
ललितपुर ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ,ललितपुर जिल्लाकाे एकता अधिबेशन सम्पन्न गरेको छ । आईतवार ललितपुरकाे कुपोन्डोल स्थित पार्टी कार्यलयमा नेकपा(बहुमत) र नेकपा(क्रान्तिकारी माओवादी) बिच ललितपुर जिल्ला स्तर सम्म पुगेर एकता अधिबेशन सम्पन्न गरेको हाे । एकता अधिबेशनले क्रान्तिकारी कम्युनिस्ट पार्टी,ललितपुरको ५७ सदस्यीय जिल्ला समिति समेत निर्माण गरेको छ । अधिबेशनमा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा बागमती प्रदेश संगठन समितिका ईन्चार्ज हेमन्त प्रकाशओली(सुदर्शन),अतिथिहरु प्रदेश संयाेजक तथा कार्यलय सदस्य अटल,केन्द्रीय सचिवालय सदस्य तथा सहसंयाेजक सार्दुल,काठमाडौं जिल्ला ईन्चार्ज सुरेश लगायतको उपस्थिति थियो भने कार्यक्रमकाे सभापति कगेन्द्र र संचालन दिलले गरेका थिय । ...
ललिता निवासको जग्गामा महानगरले लगाने भयाे काँडेतार

ललिता निवासको जग्गामा महानगरले लगाने भयाे काँडेतार

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं।काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गा बचाउन काँडेतार लगाउनेे भयकाे छ।आइतबार दिउँसो महानगर प्रहरीको टोली सोही क्षेत्र पुगेर दुई दिनभित्र अनाधिकृत संरचना हटाउन दिर्नेशन दिँदै सूचना टाँस समेत गरेको छ। महानगरपालिकाको ४ नम्बर वडामा पर्ने बालुवाटारस्थित ललिता निवास र त्यसले खर्चेको जग्गामा भवन निर्माण गर्न महानगरपालिकाले स्वीकृति नदिने भएको छ।१४३ राेपनि जग्गा रहेकाे ललिता निवास वरिपरिको जग्गा हाल विभिन्न ब्यक्ति हरुले हिनामिना गरेकाे भन्दै पक्राउ समेत परेका छन । र भाटभटेनि सुपर मार्केट का संचालक मीन बहादुर गुरुङ काे नाममा केही जग्गा रहेकाले उनी अहिले अनुसन्धानका लागि पक्राउ परेका छन । अब उक्त जग्गामा बनेका संरचनाको निर्माण सम्पन्नाको प्रमाणपत्र समेत जारी नहुने महानगरपालिकाले एक विज्ञप्तिमार्फत जनाएको छ। उक्त क्षेत्रको कुनै जग्गामा भवन निर्माण कार्य भइरहेको भए सो कार्य रोक...
वृक्षारोपण गरि मनाय बाबाकाे बर्खि तिथि : अशाेक बहादुर सिंहले

वृक्षारोपण गरि मनाय बाबाकाे बर्खि तिथि : अशाेक बहादुर सिंहले

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, संस्कृति, समाचार
जाजरकोट ।राष्ट्रिय युवा संघ नेपाल जाजरकोट जिल्ला कमिटी उपाध्यक्ष, कुशे गाउपालिका २ का युवा अशोक बहादुर सिहंले आफ्नो बुवा वीर बहादुर सिहंकाे १ बर्षकाे बर्खी तिथिकाे अबसरमा कुशे २ मान्ने ढुङ्गा, शिवालय मन्दिर वरिपरि र आसपासका ठाउमा विभिन्न जातका बिरुवाहरु राेपि बाबाकाे स्मृति दिवश मनायका छन। वडा अध्यक्ष मान बहादुर सिंहकाे नेतृत्वमा विभिन्न विरूवाहरू जस्तै ओखर , आरु , कागती, सुन्तला , तज, टिमुर , बकाईनाे, इपिलिप, बेलउती,भाेकटे आदि  बृक्षाराेपण गरि मनाय । उनका बुवाकाे दम राेगका कारणले गत बर्ष आजकै दिन ६८ बर्षकाे उमेरमा लामाे समयकाे उपचार पछि निधन भयकाे थियाे ।...
भराेषाकाे दियाे निभ्ने छैन

भराेषाकाे दियाे निभ्ने छैन

Breaking News, कविता, राष्ट्रिय, विचार, शिक्षा
  कबिता : भरोषाको दियो निभ्ने छैन  मुक्ति या मृत्यु रोज्नेहरु, कोहि हराइगए मैदान बाट, कोहि अस्ताइगए संग्रामबाट, भेरी को तिरैतिर हिडेका, तिम्रा पैतालाका डोबहरु अझै हराएका छैनन् । एउटा युद्ध मोर्चामा एउटा खबर र चर्चामा, एउटा सन्देशमा एउटा आदेशमा , हराएका शरिरहरु भेटिएका छैनन । यादराषहरु मेटिएका छैनन् । तिम्रो जिवनको मोल तोकेर राज्यले कसलाई के दियो ? पार्टीले को बाट के लियो ? त्यो दिने र लिनेहरुले महशुस गरुन् ।।। तिम्रो रगतका टाटा देखेर आक्रोश र बदलाभावमा झण्डा र बन्दुक बोक्नेहरु निराश नबनुन् ।।। बलिदान लाई उर्जा सम्झेर सहादत पाउनेहरु अमर रहुन । मृत्युलाई जित्ने तिमी कदापि हारेका छैनौं । । तिम्रा सहयोद्धा हरुको मार्ग पछ्याउँदै हामी हिड्ने छौँ । तिम्रो पथमा एक दिन आउनेछ हाम्रो व्यवस्था हुनेछ बर्गिय मुक्ति, तिमिले रोजेको व्यवस्था प्राप्ति पछ...
समाजवादी माेर्चा संगै उब्जिएका प्रश्नहरु : नरेन्द्र जंग पिटर

समाजवादी माेर्चा संगै उब्जिएका प्रश्नहरु : नरेन्द्र जंग पिटर

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
समाजवादी मोर्चा घोषणासँगै राजनीति, दर्शन, राजनीतिक–संस्कृति र समयको चयनसहित अनेकौं तर्कना बहसमा फेरि देखा परे । महत्त्वाकांक्षाको सही व्यवस्थापन हुन नसक्दा अलग्गिएका मोर्चामा सामेल प्रचण्ड, उपेन्द्र यादव र विप्लव त माओवादीका पूर्वघटकै हुन्; नेकपा एकीकृत समाजवादी भने स्वत्वको टकरावमा एमालेमा अट्न नसकेको हो । विचार र दायित्वलाई केन्द्र बनाउन सकेको भए मोर्चाको आकार अझ धेरै फराकिलो हुन सक्थ्यो । मध्यमवर्गमा विचारको तीव्र परिवर्तन, सामान्यजनमा अन्योल र निराशा बढिरहेका बेला गठन भएको मोर्चाले कसका विरुद्ध, किन मोर्चा गठन गर्नुपर्‍यो भन्ने दृष्टिकोण सार्वजनिक गर्न भने अझै सकेको छैन । मोर्चाको आवश्यकता राष्ट्रिय–अन्तर्राष्ट्रिय अभ्यास र अनुभवले भन्छ- निश्चित उद्देश्यले भिन्न सोचहरूबीच पनि दर्बिलो शक्तिका लागि मोर्चाहरू बन्ने गर्छन् । काम फत्ते भएसँगै त्यस्ता मोर्चा टुट्ने गर्छन् ।...
जाजरकोट कुशे २ टालेगाउँमा एउटा घरमा आगलागी, सबै सामान जलेर नष्ट

जाजरकोट कुशे २ टालेगाउँमा एउटा घरमा आगलागी, सबै सामान जलेर नष्ट

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट । कुशे गाउपालिका वडा न २ टालेगाउँ रातामाटा टाेलमा एक घरमा आगलागी हुदा घरमा भयकाे सबै सामान जलेर नष्ट भयकाे छ । शुक्रबार दिउसाे कुशे गा.पा.२टालेगाउँकाे रातामाटा भन्ने टाेलमा रहेकाे सार्की नेपालीकाे घरमा बालबालिकाहरुले लुगाहरु चुलाे नजिकै राखिरहेकाे अवस्थामा लुगामा आगाे सल्कियर एक्कासि आगाे लागेकाे हाे। घरमा काेहि नभयकाेले आगाे सबै तिर सल्कियपछि वरिपरिका छिमेकीहरुले आगाे नियन्त्रण गरे पनि घर भने पुर्ण रुपमा क्षति भयकाे र घरमा रहकाे खाद्यान्न, भाडाकुडा र लत्ताकपडा लगायतका सामानहरु जलेर नष्ट भयका छन । मानविय क्षति भने नभयकाे स्थानिय बिष्णु नेपाली ले बताय । तत्काल मुचुल्का गरेर राहतको लागि पहल गर्नका लागि वडालाई जिम्मा दिईसकेकाे र  गाउपालिकाले पनि आवस्यक क्षतिपूर्ति र राहतको व्यवस्था गर्ने गाउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बतायका छन ।...
आज धान दिवश मनाउदै ,

आज धान दिवश मनाउदै ,

Breaking News, अर्थवाणिज्य, कृषि, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो। त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ। मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्। दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ। गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण ...
विचार बिहिन शक्तिको लहर चलेकाे छ :केपि शर्मा ओली

विचार बिहिन शक्तिको लहर चलेकाे छ :केपि शर्मा ओली

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशमा विचार बिहिन शक्तिको लहर चलेकाे बतायका छन । बिहिवार काठमाडौंकाे भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृहमा मदन भण्डारीको ७२ औं जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै ओेलिले,भने कोअर्डिनेसन केन्द्र, नेकपा (माले), नेकपा एमाले हुदै केहि ‘भइहाल्छ कि भनेर विभिन्न तत्वलाई लिएर आयौँ,नेकपा भन्ने फेरि बनायौँ । त्यसबाट नराम्रोसित भित्तामा नाकठोक्किएजस्तो, निधार ठोक्किएजस्तो भय पछि फेरि हामी एमालेमा फर्कियौँ, यही हो मौका भनेर हाम्राविरुद्ध हमला भए। त्यसको हामीले उपयुक्त ढंगले प्रतिवाद गरेर हाम्रो आन्दोलन जोगाउँन सफल भयौं ।’ जबजकाे दार्शनिक क्षमता,राजनैनिक क्षमता,वैचारिक क्षमता र रणकाैशलता लाई बचाउन सफल भयाै र हामी अगाडि बढेका छाै। ओलिले थप भने "जन्ताकाे बहुदलिय जनबाद तत्कालीन अवस्थामा सत्यमा र जन्तामा आधारित बिचार थिय...
आज तुलसीको बिरुवा सार्ने दिन, “हरिशयनी एकादशी”

आज तुलसीको बिरुवा सार्ने दिन, “हरिशयनी एकादशी”

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ । ...
क्रान्तिकारी कम्युनिस्ट पार्टी, कर्णाली प्रदेश कमिटीको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, कर्णाली प्रदेश कमिटीको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
सुर्खेत । माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे कर्णाली प्रदेश, एकता अधिवेशन सम्पन्न गरेको छ । पार्टीका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला "कञ्चन"को प्रमुख आतिथ्यता र पार्टीका कार्यालय सदस्य राजवीर र दिपकको विशेष आतिथ्यतामा पार्टी कर्णाली प्रदेशले आयोजना गरेको एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । मंगलबार सम्पन्न कार्यक्रमकाे अध्यक्षता प्रदेशका पार्टी संयोजक पल बहादुर रावतले गरेका थिय, भने सञ्चालन पार्टीका प्रदेश सहसंयोजक दीपकबहादुर शाहीले गरेका थिय।  प्रदेश सहसंयोजक प्रेम चलाउने ‘अनन्त’ ले पार्टीका दस्तावेज र केन्द्रीय सर्कुलर प्रस्तुत गरेका थियो । कार्यक्रममा प्रमुख अतिथि कञ्चन, विशेष अतिथि राजवीर, अतिथिहरु कार्यालय सदस्य दिपक, पार्टीका केन्द्रीय सचिवालय सदस्य चक्रपाणि शर्मा लगायतका नेताहरुले राष्ट्रिय अन्तर्राष्ट्रिय प...