
दुवईमा बसेर नेपालमा आफ्नो प्रभाव जमाउँदै गरेमा ग्याङ स्टार जिके पाण्डेको आडमा मेनवापर सञ्चालन गदै आइरहेका बिष्ट र श्रेष्ठकोद्धन्द उत्कर्षमा पुग्दै
काठमाण्डौं । लामो समय देखि दुवईमा मेनवापरको काम गदै आइरहेका ब्लु ओसन कन्सल्टेन्सीका सञ्चालक सरोज विष्ट र जीसीडी मेनवापरका सञ्चालक रमेश श्रेष्ठ बिचको द्धन्द यतिबेला उत्कर्षमा पुगेको छ । उनिहरु बिचको द्धन्द मिडिया देखि सामाजीक सञ्जाल सम्म छरप्रष्ट भएका छन् भने त्यसको असर भौतिक रुपमा नेपाल सम्म परेको छ ।
व्यवसायीक बिषयमा सुरु भएको द्धन्द अहिले मिडियाबाजी गर्ने देखि गुण्डाप्रयोग गरि भौतिक आक्रमण गर्ने अवस्था सम्म पुगेको छ । श्रेष्ठले नेपालका केही मिडियामार्फत ब्लु ओसनविरुद्ध निरन्तर समाचार छपाएपछि विष्ट उनीसंग रुष्ट रहेको बताइएको छ । पछिल्लो समय यूएईमा रहेका नेपाली व्यवसायीहरुबीच विभिन्न कन्सल्टेन्सीको नाममा युवाहरूलाई युरोप,अमेरिका, अष्ट्रेलिया पुर्याउने चर्को प्रतिस्पर्धा छ ।
श्रेष्ठमाथि बिष्ट समुहले ‘जिके पाण्डे नाम’ का गुण्डा प्रयोग गरी भौतिक आक्रमणको प्रयास समेत गरेको बताइएको छ । बिष्ट ...