३१ भाद्र २०८१, सोमबार

राजनीति

निर्वाचन आचार संहिता आजबाट लागु के-के गर्न पाइदैन ?

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
 के-के गर्न पाइदैन ? काठमाडौं, मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरेको छ ।मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागु भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले  जानकारी दिए । निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने उनले बताए । गत आइतबार आयोग​ले विभिन्न दलका मुख्य नेताहरूलाई बोलाएर निर्वाचन आचारसंहिता कार्यान्वयनमा लैजानेबारेमा छलफल गरेको थियो । साथै आयोगले दलका प्रतिनिधिहरूलाई आफ्नो दल निर्वाचन आचार संहिता पालना गर्न प्रतिबद्ध छ भनेर हस्ताक्षर समेत गराएको थियो । कुन क्षेत्रका कस–कसलाई लाग्छ आचारसंहिता राजनीतिक दलदेखि विभिन्न सरकारी तथा गैरसरकारी निकायदेखि मतदातासम्मका लागि आचार संहिता लागु हुन्छ । निर्वाच...

अमेरिकी सहायक विदेशमन्त्री ट्रडो आज नेपाल आउँदै

Breaking News, अन्तर्राष्ट्रिय, पर्यटन, पुर्वाधार, राजनीति, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
काठमाडौं, अमेरिकी उच्च अधिकारीहरुले नेपाल भ्रमण गर्ने शिलशिला पछिल्लो समय बढेको छ । यसै क्रममा अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज  नेपाल भ्रमणमा आउँदै छिन् ।उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन् । चीनको नेशनल पिपुल्स कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमण सकेर फर्किएलगत्तै अमेरिकी सहायक विदेशमन्त्री ट्रडो नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण मानिएको छ । अमेरिकी विदेशी मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘हाल विभिन्न देशमा फैलिरहेको मिथ्या सूचना भ्रम चिर्न र लोकतान्त्रिक सञ्चारको भूमिका विषय अन्तरक्रियाका लागि ट्रडो नेपाल आउन लागेको’ उल्लेख गरेको छ । नेपालमा रहँदा ट्रडोले राजनीतिक दलका शीर्ष नेता र विभिन्न व्यक्तिसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ । नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास भएपछि अमेरिकी भ्रमण निरन्तर ...

सशस्त्र विद्रोहका सहकर्मी संसदीय निर्वाचनमा प्रतिस्पर्धी

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
११ असोज, रोल्पा । प्रतिनिधिसभा सदस्यका लागि रोल्पामा दुई पूर्व कमाण्डरको प्रतिस्पर्धा हुने भएको छ । माओवादी केन्द्रले कृष्णबहादुर महरा, वर्षमान पुनमगर, कुलप्रसाद केसी, जयपुरी घर्तीमगर, ओनसरी घर्तीमगर र झक्कुप्रसाद सुवेदीको नाम सिफारिस गरेको छ । उपाध्यक्ष महरा समानुपातिक पद्धतिको सूचीमा बसेका छन् भने पूर्व सभामुख ओनसरी घर्तीमगर काठमाडौं २ वाट उमेदवार बन्ने लबिइङमा छिन् । त्यसैले रोल्पामा उपमहासचिव वर्षमान नै उम्मेदवार हुने पक्काजस्तै छ । नेपाली कांग्रेस, रोल्पाले लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनमगरसहित प्रदेश कमिटी सदस्यहरु टेकबहादुर बस्नेत र शंकबहादुर छन्त्यालको नाम सिफारिस गरेको छ । तर गठबन्धन गर्दा पुनमगर प्रदेश सभा (ख)मा उम्मेदवार बन्ने गरी प्रतिनिधिसभा सदस्य माओवादीलाई छाड्ने निश्चित प्रायः छ । नेकपा एमाले, रोल्पाले प्रतिनिधिसभा सदस्यका लागि पूर्णबहादुर बुढा मगरक...
एमालेका सल्लाहकार गंगाराम यादवले पार्टी छाडे

एमालेका सल्लाहकार गंगाराम यादवले पार्टी छाडे

राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
१० असोज, जनकपुरधाम । नेकपा एमालेका सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेकपा एमाले कम्युनिष्टको विचार, नीति र सिद्धान्त विपरीत चल्न थालेको भन्दै उनले पार्टी परित्याग गरेको बताएका छन् । उनी २०३६ सालदेखि नै एमालेको राजनीतिमा सक्रिय थिए । एमालेले धनुषा क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका लागि लोसपा प्रमुख सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराएपछि यादव रुष्ट छन् ।...