११ श्रावण २०८१, शनिबार

नेकपा ( बहुमत ) बांके द्वारा चुनाव अवज्ञा अभियान तिब्र बन्दै ।

नेकपा (बहुमत) बांकेले  चुनाव अवज्ञा कार्यक्रम तीव्र पारेको छ । नेकपा (बहुमत) को केन्द्रीय समितिले गरेको पूर्वघोषित कार्यक्रमअन्तर्गत संसदीय निर्वाचन अन्तर्गत  प्रदेशसभा र प्रतिनिधिसभा चुनाव खारेज/अवज्ञा गर्ने अभियान चलाएको बांके जिल्लाले बताएको छ ।

चुनाव अवज्ञा कार्यक्रमअनुसार ‘संसदीय निर्वाचन अवज्ञा गरौँ ! वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौँ !!’ नारासहितको रङ्गीन पोस्टर टाँस्ने काेणसभा, काेठेसभा गर्ने   र पर्चाहरू घरघरमा वितरण गर्ने गरिएको छ । उक्त कार्यक्रमहरू बांके  जिल्लाका  विभिन्न   टाेलहरुमा ब्यानर जुलुस सहित कार्यक्रम भएकाहरु   छ ।