२३ भाद्र २०८१, आईतवार

राजनीति

सुदूरपश्चिम प्रदेशमा एमालेको उम्मेदवार टुंगियो |

सुदूरपश्चिम प्रदेशमा एमालेको उम्मेदवार टुंगियो |

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
२१ असोज, काठमाडौं । नेकपा एमालेले सूदुरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार लगभग टुंगो लगाएको छ । एमाले स्रोतका अनुसार, डडेलधुरामा एमालेले बीपी कांग्रेसका कर्ण मल्ललाई समर्थन गर्ने निर्णय गरेको छ भने केही प्रदेशसभा सदस्य अन्य दलका लागि छोडिएको छ । बाँकी क्षेत्रको उम्मेदवार भने टुंगिएको छ । ती स्रोतका अनुसार, प्रतिनिधिसभा सदस्यमा बाजुरामा कर्ण थापा, बझाङमा ऐन महर, दार्चुलामा गणेश ठगुन्ना, बैतडीमा दामोदर भण्डारी, डोटीमा गौरी ओली, अछाम–१ मा झपट बोहोरा र अछाम–२ बाट यज्ञ बोगटीले टिकट पाएका छन् । कञ्चनपुर–१ बाट तारा लामा, २ बाट नरबहादुर धामी र ३ बाट निरु पालले टिकट पाएका छन् । कैलाली–१ मा टपेन्द्र रावल, २ मा झपड रावल, कैलाली ३ मा गौरीशंकर चौधरी, कैलाली ४ मा लेखराज भट्ट र ५ बाट नारदमुनि रानाले टिकट पाएका छन् । प्रदेशसभातर्फ पनि उम्मेदवार टुंगिएको छ । तर राप्रपा ...
दलबदल र कित्ता परिवर्तनले राजनीति फगत व्यापारमा झर्‍योः डा. भट्टराई

दलबदल र कित्ता परिवर्तनले राजनीति फगत व्यापारमा झर्‍योः डा. भट्टराई

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार, सुचना संचार
२१ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनाव नजिकिंदै गर्दा नेपाली राजनीति थप पातालतिर धसिंदै गएको टिप्पणी गरेका छन् । विहीबार राति एक ट्वीट गर्दै डा. भट्टराईले लेखेका छन्, ‘चुनाव नजिकिंदै गर्दै नेपाली राजनीति पातालतिर धसिंदै जानु अति दुःखद छ ।’यसै साता सत्ता राजनीतिबाट टाढा रहने घोषणा गरेका भट्टराईले भनेका छन्, ‘यो अवसरवादको आँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं ।’ बालुवाटारमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच सिट बाँडफाँडमा सहमति नजुटेपछि जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव नेकपा एमालेसँग वार्ता गर्न गएको सन्दर्भमा भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । ‘एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको बलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु ...
हुम्लाका छक्क लामा एमालेमा प्रबेश

हुम्लाका छक्क लामा एमालेमा प्रबेश

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं । कर्णाली प्रदेश अन्तरगत हुम्ला जिल्लाका प्रतिनिधि सभा सदस्य माओवादी नेता छक्क लामा एमालेमा प्रवेश गरेका छन ।
कर्णाली प्रदेश कमिटी सदस्य नेप बहादुर कुवर र क्षितिज मल्ल माओवादी केन्द्र मा प्रवेश ।

कर्णाली प्रदेश कमिटी सदस्य नेप बहादुर कुवर र क्षितिज मल्ल माओवादी केन्द्र मा प्रवेश ।

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं । नेकपा (एमाले ) कर्णाली प्रदेश कमिटी सदस्य द्दाेय नेप बहादुर कुवर र क्षितिज मल्ल माओवादी केन्द्र मा प्रवेस गरेका छन ।
माओवादी केन्द्र ले कृष्ण महराकाे नाम समानुपातिक बाट हटायाे।

माओवादी केन्द्र ले कृष्ण महराकाे नाम समानुपातिक बाट हटायाे।

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिक सुचिवाट हटायकाे छ ।आज निर्वाचन आयाेगकाे कार्यलयमा समानुपातिककाे नाम पेस गर्दा महराकाे नाम हटाईयकाे एक नेताले बताय ।
डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने

डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१७ असोज, काठमाडौं/ पूर्व प्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा. बाबुराम ट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने बताएका छन् । गोरखाली मतदातालाई धन्यवाद दिंदै उनले लेखेका छन्, ‘आगामी २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’ यसअघि डा. भट्टराईले आगामी प्रतिनिधि सभा निर्वाचन माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने निर्णय गरेका थिए । २०६४ र २०७० को संविधानसभा र २०७४ को प्रतिनिसभा चुनाव जितेका भट्टराईले चुनाव नलडे पनि आफूले राजनीति नछाड्ने बताएका छन् । उनले लेखेका छन्, ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन !’ चुनाव नलडेपछि आफू पार्टीको काम र जनताको सेवामा निरन्तर लागिरहने उनले लेखेका छन् । ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन ! कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न/भन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राज...
इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश

इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१६ असोज, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार बिहान चौधरीसहित नेकपा एमालेका नेता–कार्यकर्ताहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरे । इटहरी १७ घर भएका चौधरी २०४१ सालदेखि अनेरास्ववियुमा संगठित भएर राजनीतिमा लागेका थिए । २०७२ सालमा एमाले सुनसरी जिल्ला अध्यक्ष अध्यक्ष भएका उनी २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए । त्यसअघि २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा उनी एमालेको समानुपातिक उम्मेदवार समेत थिए ।...
अझै टुंगो लागेन जाजरकोटमा सत्ता गठबन्धन काे सिट ।

अझै टुंगो लागेन जाजरकोटमा सत्ता गठबन्धन काे सिट ।

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
जाजरकोट : आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि सत्ता गठबन्धन काे सिटका लागि अझै टुंगोमा पुगेकाे छैन  ।प्रतिनिधि सभाका लागि माओवादी केन्द्र काे दाबि छ भने , प्रदेश क. र ख. दुबै का लागि नेपाली कांग्रेस काे दाबि रहेकाे एक नेताले बताय ।

विवेकशील साझाले त्याग्यो संघीयता खारेजीको एजेण्डा

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
१४ असोज, काठमाडौं । विवेकशील साझा पार्टीले मार्ग परिर्वतनको प्रस्ताव खारेज गरेको छ । शुक्रबार बसेको पार्टी बैठकले यो प्रस्ताव खारेज गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए । १३ साउन २०७९ मा तत्कालीन पार्टी संयोजक रवीन्द्र मिश्रले विचारभन्दा माथि देश नामक मार्ग परिर्वतनको प्रस्ताव ल्याएका थिए । त्यो प्रस्तावमा संघीयता खारेज, धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने उल्लेख थियो । सुरुमा मिश्रले बहसका लागि भन्दा यो प्रस्ताव ल्याएका थिए । तर मिलन पाण्डे पक्षले विरोध गरेपछि पार्टीमा बहुमतका आधारमा यसलाई अनुमोदन गराइएको थियो । मिश्र राप्रपातिर लागेपछि विवेकशील साझाले भने मार्ग परिर्वतनको प्रस्ताव नै खारेज गरेको छ । यससँगै मिलन पाण्डेसहित पार्टी बाहिर रहेको समूहसँग एकता गर्ने बाटो खुलेको एक नेताले बताए । यसका लागि बिहीबारदेखि नै छलफल सुरु भएको उनले सुनाए ।  ...

उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

Breaking News, अन्तर्राष्ट्रिय, पर्यटन, राजनीति, विगन्यूज, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
सियोल, उत्तर कोरियाले आफ्नो पूर्वी जलक्षेत्रमा छोटो दूरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रहार गरेको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले बिहीबार बताएको छ।जेसीएसले विज्ञप्ति जारी गर्दै दक्षिण प्योङयान प्रान्तको सुनचोन क्षेत्रबाट स्थानीय समयअनुसार राति ८ः४८ देखि राति ८ः५७ को बीचमा उत्तर कोरियाले प्रक्षेपण गरेका दुई छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र पूर्वी जलक्षेत्रमा फेला पारेको जनाएको छ। उत्तर कोरियाले बुधबार आफ्नो पूर्वी जलक्षेत्रमा दुई छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र र आइतबार पूर्वी जलक्षेत्रमा एउटा छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। सन् २०२२ मा मात्र उत्तर कोरियाले १९ पटक ब्यालेस्टिक क्षेप्यास्त्र र दुई पटक क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको छ। रासस/सिन्ह्वा ...