२५ मंसिर २०८१, मंगलवार

ललितपुर २ मा एमालेका प्रेम महर्जन ९ हजार मतान्तरले विजयी

६ मंसिर काठमान्डाै। ललितपुर २ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् । सोमबार राति सकिएको मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । यद्यपि औपचारिक घोषणा हुन बाँकी छ ।

एमालेका महर्जनले १९ हजार ८३४ मत पाएका छन् भने दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० हजार ४४० मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६ मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका कृष्णलाल महर्जन चौथो भएका छन् । निवर्तमान सांसद समेत रहेका उनले ९ हजार ५३९ मत पाएका छन् ।

मत परिणाम घोषणा भएपछि नेकपा एमालेका कार्यकर्ताले विजय जुलुस निकालेका छन् ।