२३ भाद्र २०८१, आईतवार

अर्घाखाँचीमा टाेप बहादुर रायमाझी काे अग्रता कायमै पुष्पा भुसाल पछ्याउँदै

६ मंसिर, अर्घाखाँची । अर्घाखाँचीमा नेकपा एमालेका टोपबहादुर रायमाझीको अग्रता कायमै राखेका छन् । नेपाली कांग्रेसकी पुष्पा भुसाललाई पछि पार्दै रायमाझीले आफ्नो अग्रता कायमै राखेका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार रायमाझीले ७ हजार ४४५ मत पाएका छन् भने काँग्रेसकी भुसालले ५  हजार १८६ मत पाएकी छन् । रायमाझी र भुसालको मतान्तर २  हजार २५९ रहेको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ३३१ मत पाएका छन् ।