
नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादी पार्टीले आगामी चैत २४ मा पार्टी एकता गर्ने
काठमाडौं । धर्मेन्द्र बास्तोला कन्चन नेतृत्वको नेकपा (बहुमत)र माेहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले पार्टीले पार्टी एकता गर्ने निर्णय गरेका छन् । महासचिव मोहन वैद्य ‘किरण’ र संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहितको वार्ता टोलीकाे अन्तिम बैठकले यहि चैत्र २४ गते जनआन्दोलन दिवशका दिन सहिद इच्छुक प्रतिष्ठानकाे कार्यालयमा एक भब्य पत्रकार सम्मेलन गरि पार्टी एकता गर्ने निर्णय गरेकाे बहुमतका युवा नेता पुर्ण बहादुर सिंह समरजंग ले जानकारी दिए ।
दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन दुई पार्टीका ६/६ जना गरी १२ सदस्यीय संयोजन समिति गठन गरेको थियोे ।
सहमतिपछि जारी संयुक्त वक्तव्यमा किरण र कन्चनले एकता प्रक्रियामा सामेल हुन पार्टी संगठन र नेता-कार्यकर्तालाई आह्वानसमेत गरेका थिए । लामाे छलफल पश्चात पार्टी एकतामा पुगेकाे नेताहरुकाे भनाइ छ ।
समितिमा धर्मे...