२ माघ २०८१, बुधबार

यातायात

नेपालमा “बिआरआई” परियाेजना छिटाे लागू गर्न माग

नेपालमा “बिआरआई” परियाेजना छिटाे लागू गर्न माग

Breaking News, अर्थवाणिज्य, पर्यटन, पुर्वाधार, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :नेपाल–चीन मैत्री समाजले छिमेकी मित्र राष्ट्र चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना नेपालमा छिटो लागु गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल–चीन मैत्री समाज लुम्बिनीको २२ औं वार्षिक साधारणसभाले बीआरआई लागु हुंदा नेपालको सडक पुर्वाधारदेखि आर्थिक विकासमा ठूला योगदान पुग्ने भएकाले छिटो लागु गर्नुपर्ने प्रस्ताव पारित गरेको छ ।यस्तै नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहनुपर्ने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ । साधारणसभाको उद्घाटन गर्दै लुम्बिनीस्थित चिनिया मन्दिरका गुरु छेङ सीले नेपाल र चीनबीच सदयौंदेखि ऐतिहासिक, धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्ध रहेको उल्लेख गर्दै यसलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिए । उनले चीनमा ठूलो संख्यामा बौद्धमार्गी रहेकाले उनीहरुलाई नेपाल भ्रमणका लागि सहज वातावरण नेपाल सरकारले बनाउन सके नेपालको आर्थिक विकासमा सहयोग पुग्न...
नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ

नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ

Breaking News, अर्थवाणिज्य, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो । शुक्रवार दिउसो १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई तथा डिजेल/मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँले घटाएको हो । भाउ घटेसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ र डिजेलको मूल्य एक ६० रुपैयाँ कायम भएको छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ रुपैयाँ र डिजेलको मूल्य एक ५७ रुपैयाँमा कायम भएको छ । यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६९ रुपैयाँ र डिजेलको मूल्य एक सय ५९ रुपैयाँ कायम भएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । अहिले ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार आठ सय ९५ ...
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाईते

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाईते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
रुकुम पश्चिम  ।रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाईते भएका छन् । सोमबार बिहान चौरजहारी नगरपालिका ८ को गोईरीज्यूलामा लु १ ज २२९७ नम्वरको जीप दुर्घटना हुँदा जीपमा सवार सबै घाईते भएका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार चौरजहारी नगरपालिका वडा नम्वर १० खोलागाउँबाट जिल्ला सदरमुकाम मुसिकोट तर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो । अहिले घाईतेहरु सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि ल्याईएको छ । घाईते मध्य सात जनाको अवस्था गम्भिर भएको बताईएको छ । घटनाको थप विवरण आउन बाँकि रहेको छ ।...
माेटरसाईकले ठक्कर दिदा एक वृद्धकाे मृत्युु

माेटरसाईकले ठक्कर दिदा एक वृद्धकाे मृत्युु

Breaking News, यातायात, राष्ट्रिय, समाचार
बिरेन्द्रनगर  ।सुर्खेतको  भेरिगंगा नगरपालिका वडा न १० छिन्चुमा माेटरसाईकले ठक्कर दिदा एक जना वृद्धकाे ज्यान गयकाे छ । शुक्रबार दिउसाे बिपरित दिशाबाट आयकाे माेटरसाईकलले सुर्खेतको भेरिगंगा नगरपालिका वडा न १० छिन्चु बस्दै आयका ७८ बर्षिय मन बहादुर राेकायलाई ठक्कर दिय पछि टाउकाे, खुट्टा र शरिरमा गम्भीर चाेट लागे पछि , प्रदेश अस्पताल कालागाँउ सुर्खेत उपचारको क्रममा वृद्ध राेकायकाे मृत्यु भयकाे अस्पतालले जनायकाे छ । माेटर साइकल चालकलाई प्रहरीले नियन्त्रणमा लियकाे र थप अनुसन्धान भईरहेकाे बताईयकाे छ।...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला रिहा भयका छन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला रिहा भयका छन

Breaking News, यातायात, राजनीति, राष्ट्रिय, विचार, समाचार
दाङ ।सवारी दुर्घटना मुद्दामा प्रहरी हिरासतमा रहेका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला धरौटीमा रिहाइ भयका छन । दाङ जिल्ला अदालतले शुक्रबार थुनछेक बहसमा बास्तोलालाई धरौटीमा छोड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए । दाङकी जिल्ला न्यायाधीश ताराकुमारी शर्माको एकल इजलासले बास्तोलालाई ७० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । एसपी केसीका अनुसार धरौटी राखेर बास्तोला शुक्रबारनै छुट्नु भएकाे हाे । बास्तोलाले चलाएको गाडीले र रा ६ प ५७३८ नम्बरको मोटरसाइकल आपसमा ठाेकिदा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो ।...
जाजरकोटमा जिप दुर्घटना चालक घाईते

जाजरकोटमा जिप दुर्घटना चालक घाईते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट ।लुम्बिनी रारा सडक खण्डको भेरि नगर पालिका -२ दारनेटा, साङ्टा रिसाङ लघु जलविद्युत आयाेजना काे पावर हाउस नजिकै जिप दुर्घटना भयकाे छ। कुशे गाउपलिका देखि खलंगा आउने क्रममा  लु ३ च ३०९३ नम्बरको डब्बल क्याप जिप दुर्घटना भएकाे छ जीपमा जीप चालक सहित ३ जना सवार थिए सवार मध्य चालक सामान्य घाईते र दुईजना यात्रु सकुशल भएको बताइयकाे छ ।...
दशैँ मनाउन घर जानेकाे बढेकाे ताँती ,”फाेटाे फिचर”

दशैँ मनाउन घर जानेकाे बढेकाे ताँती ,”फाेटाे फिचर”

Breaking News, मनाेरन्जन, यातायात, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं। दशैंकाे बेला काठमाडौं देखि घर फर्किनेहरुको जताततै ताती लागेको छ। नयाँबसपार्क, कलंकी, कोटेश्वर, बालाजु, बल्खुलगायत क्षेत्रमा गाउँ फर्किनेहरुको हतारो देखिन्छ भने एयरपोर्ट मा पनि तेत्तिकै भिडभाड देखिन्छ । यातायात ब्यवस्था बिभाग ले यात्रुहरुकाे सहजका लागि गत असाेज २२ गते देखि अग्रिम टिकट बुकिङ खुल्ला गरेपछि प्राय काठमाडौं देखि विभिन्न ठाउँका लागि छुट्ने बसहरु बुकिङ भय पछि,थप गाडिहरुकाे ब्यवस्था गरेर पनि यात्रुहरूलाई गन्तव्यमा पुर्याउने र कसैले दुख नपाउने गरि सबै तिर टिम परिचालन गरियकाे नयाँ बसपार्क स्थित काउन्टर संयोजक ले बताय । यात्रुहरुलाई सहज र सुरक्षित रुपमा गन्तव्यसम्म पुर्‍याउने उद्देश्यले नेपाल प्रहरी र ट्राफिक प्रहरीले ठाउँठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरेका छन् । प्रहरीले भीडभाडमा यात्रा गर्दा धनमाल चोरी हुनसक्ने जोखिम हुने भएकाले सजग रहन अनुरोध समेत गरेक...
जाजरकोटमा विभिन्न ठाउँका लागि छुट्ने र आगमन हुने सवारी साधनको भाडादर निर्धारण गरियाे

जाजरकोटमा विभिन्न ठाउँका लागि छुट्ने र आगमन हुने सवारी साधनको भाडादर निर्धारण गरियाे

Breaking News, अर्थवाणिज्य, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट । यातायात व्यवस्थापन समिति जाजरकोटले जिल्ला देखि बिभिन्न ठाउँका लागि छुट्ने र आगमन हुने सवारी साधनको भाडादर निर्धारण गरेकाे छ । बिहिवार प्रमुख जिल्ला अधिकारी सुरेश सुनारकाे अध्यक्षतामा बसेकाे बैंठकले जिल्ला का विभिन्न ठाउमा जाने र आउने सवारी साधनहरुकाे भाडादर निर्धारण गरियकाे हाे । बैंठकमा जिल्ला स्थित सबै स्थानीय तहका उप प्रमुख र उपाध्यक्ष, जिल्ला स्थित सबै कार्यलय का प्रमुख हरुकाे सहभागी रहेकाे थियाे। जिल्ला सम्पुर्ण स्थानीय तहहरुमा निर्माण गरियका सडक खण्डहरुमा यातायातका साधनहरुकाे भाडादर निर्धारण का लागि सम्बन्धि स्थानीय तहबाट भाडादर निर्धारण सम्बन्धि प्रतिवेदन तयार गर्ने र आगामी बैंठकदेखि निर्धारण गर्ने । राताे नम्बर प्लेटका गाडिले यात्रु बाेकि यातायात संचालन गर्नमा पुर्ण रुपमा बन्द गर्ने र यदि गरियकाे देखियमा कानुन बमोजिम कार्वाही गर्ने । प्रत्येक सवारी साधनहरुमा अ...
राष्ट्रिय सहमतिकाे सरकार बनाउनु पर्छ : जनार्दन शर्मा “प्रभाकर”

राष्ट्रिय सहमतिकाे सरकार बनाउनु पर्छ : जनार्दन शर्मा “प्रभाकर”

Breaking News, यातायात, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा "प्रभाकर"ले  राष्ट्रिय सहमतिकाे सरकार बनाउनु पर्ने बताय । बुधबार नेकपा(माओवादी केन्द्र) काठमाडौँ महानगर कमिटी वडा नं. १६ ले दशैँको अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान समारोहलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले आगामी चुनाव मा कसैसँग गठबन्धन नगर्ने बताए । ‘हाम्रो पार्टी कसैसँग गठबन्धन गरेर चुनाव लड्दैन। हामी एक्लै लड्छौँ। एक्लै प्रतिस्पर्धा गर्छौ र एक्लै प्रतिस्पर्धा गर्ने हैसियत हाम्रो पार्टीको बनाउने योजना छ। कसैसँग मिल्दैनौँ। यो प्रतिवद्धता हो। संकल्प हो। यो कुरालाई म स्पष्ट गर्न चाहन्छु,’ उनले भने।उनले प्रदेश सरकारलाई छिटो भन्दा छिटो अधिकार हस्तान्तरण गरेर प्रदेश सरकारलाई बलियो बनाउनुपर्ने बताए। राष्ट्रिय सहमति गरेर जानुपर्छ। यदि राष्ट्रिय सहमती गर्ने होइन भने के देखियो भने सरकार पनि कतिदिन चल्ने? कति महिना चल्ने? भन्...
मनाङ एयरकाे हेलिकप्टर दुर्घटना, मानविय क्षति भने भयन

मनाङ एयरकाे हेलिकप्टर दुर्घटना, मानविय क्षति भने भयन

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं ।मनाङ एयरकाे ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे।  हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७:१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ  सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए । नागरिक उड्डयन प्राधिकरण मुख्यालयका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ । उनलाई अहिले ह्याम्स हस्पिटल पुर्‍याइयकाे छ । ‘अवतरणका क्रममा दुर्घटनामा परेको देखिन्छ, कारण खुलेको छैन, हाम्रो टोली घटस्थ्लमा पुग्दैछ, यात्रु कोइ नभएको कारणले मानवीय क्षति भएको छैन,’ सूचना अधिकारी भुलले भने ।   ...