यि हुन बैतडी बस दुर्घटनामा १९ जना घाइतेहरू
काठमाडौं : धनगढीबाट बैतडी जादै गरेको यात्रुवाहक बस पाटन नगरपालिका–८ गैराखानमा दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।
उनीहरुमध्ये अधिकांशको अवस्थ सामान्य छ भने गम्भिर चोटपटक लागेकाहरुलाइ डडेल्धुरा अस्पताल भर्ना गरिएको छ।
प्रहरीका अनुसार घाइते हुनेहरुमा पाटन नगरपालिका–६ का जनक प्रसाद पन्त (४३), सिद्धार्थ भण्डारी (११) र मोहन पन्त (३१), पाटन–३ का चालक दिनेश भाट (२५) र दुरा बोहरा (२५), पुरचौंडी नगरपालिका–८ की स्वास्थ्यकर्मी रत्ना कुमारी भण्डारी (३५), पुरचौंडी–१ की स्वास्थ्यकर्मी अनुगरा ठगुन्ना (३५) रहेका छन्।
त्यस्तै दशरथचन्द नगरपालिका–९ का जनकराज जोशी (२६), दशरथचन्द–६ बस्ने धना पहरी, रमेश महर (४०) र अरुण महर (१४), दशरथचन्द–२ का नरेश लाबड, दशरथचन्द–४ का सागर ठगुन्ना र निर्मला कार्की (५४) रहेको छन्। डडेल्धुरा बस्ने दिपा महरा, सुर्नया गाउँपालिका–२ बस्ने पुष्कर बिष्ट (४०), माया बिष्ट (२०) ...









