२३ भाद्र २०८१, आईतवार

माैसम

भुकम्पकाे असरले जमिन भाँसियाे, बस्तिहरु जाेखिममा

भुकम्पकाे असरले जमिन भाँसियाे, बस्तिहरु जाेखिममा

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट : कर्णाली प्रदेश, जाजरकोट जिल्ला अन्तर्गत कुशे गाउपालिका वडा -२ भेराकाे जमिन,भासिए पछि त्यस क्षेत्रमा पर्ने  बस्तीहरु जाेखिममा रहेका छन ।२०८०/ कार्तिक १७ गते गएकाे भुकम्पकाे असरले जमिनमा हलचल आएपछि यश बर्षकाे लगातार आयकाे बर्षाका कारण उक्त ठाउँको जमिन चिरा-चिरा परेकाे छ । करिब २०० मिटर लम्बाइ र ६०० मिटर चाैडाई क्षेत्रफलको जमीन भासिएकाे र उक्त ठाउँका रुखहरु ढलेका छन्, किसानले लगायका बालिपनि मासिएकाेले करिव ५५ घरदुरी अति जाेखिममा रहेकाे वडा अध्यक्ष मान बहादुर सिंहले बताउनु भयाे। वडा अध्यक्ष सिंहका अनुसार,साे ठाउँका बस्तिहरु - चाेचेओडार, ,डाँडागाउँ,बाह्रसाङले,तिमिल्धारा,खरिक,बिगेतरा,झारगाउँ, बडिखाेला र गासेरा सम्माका बस्तिहरुमा पनि असर पर्ने भयकाले साे क्षेत्रमा पनि सबै जनालाई सचेत हुन जानकारी दिएकाे अध्यक्ष सिंहले बताउनु भयाे ।बर्षा सुरु हुनसाथ घर बाहिर आउनु पर्ने र माथितिर हेर्नु...
पहिराेले अस्थायी टहरा पुर्‍याे, एकै घरका तीन जनाकाे मृत्युु

पहिराेले अस्थायी टहरा पुर्‍याे, एकै घरका तीन जनाकाे मृत्युु

Breaking News, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट : नलगाड नगरपालिका वडा नम्बर-२ माझगाउँ जाजरकोटमा  पहिरोले घर अस्थायी टहरा पुरिदा तीन जनाको मृत्यु भएको छ । गएराति गएको पहिरोले घर पुरिदा तीन जनाको मृत्यु भएको हाे ।पहिरोमा परी ४२ वर्षीय लाल बहादुर परियार र उनकी श्रीमती ३४ वर्षीया मनीषा परियार र २ वर्षका छोरा शुभम परियारको मृत्यु भएको छ । वडा नम्बर २ का अध्यक्ष पूर्णबहादुर खत्रीका अनुसार भूकम्पले घर भत्किएपछि लालबहादुर परियारको परिवार अस्थायी टहरामा बस्दै आएको थियो । अविरल वर्षा पछि आयकाे पहिरोले अस्थायी टहरा भत्काइदियो, दु:खद् घटना भयो । ठाउँठाउँमा पहिरो गएकाले जाजरकोटका विभिन्न बस्तिहरुमा जाने सडक अवरुद्ध हुनुकै साथै विद्युत पनि अवरुद्ध भएको वडाध्यक्ष खत्रीले जानकारी दिए ।...
लगातार वर्षा संगै आयकाे पहिराले छिन्चु-जाजरकोट सडक अवरुद्ध

लगातार वर्षा संगै आयकाे पहिराले छिन्चु-जाजरकोट सडक अवरुद्ध

Breaking News, पुर्वाधार, माैसम, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट :लगातार वर्षा संगै आयकाे पहिराेले छिन्चु-जाजरकोट सडक अवरुद्ध भएको छ। शुक्रबार बेलुकी देखि लगातार परेको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिकाअन्तर्गत ठाउँ–ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध हाे। भेरी करिडोरअन्तर्गत पर्ने भेरी नगरपालिका–१३ कुदु, वडा नं ४ को बाेहरा गाउँ नजिकैको खहरेखोलाकाे भीर र छेडागाड नगरपालिका-१२ कालापहाड नजिक पहिरो खसेर सडक अवरुद्ध भएको छ।भेरी नगरपालिका–११ स्थित खोदाखोला नजिक पनि खसेको पहिरोले  सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार छिन्चु–जाजरकोट सडकअन्तर्गत छेडागाड नगरपालिका–१२ काला पहाडबाट तल्लु बगरसम्मको सडकका ठाउँठाउँमा पहिरो खसेकाले सडक अवरुद्ध भएको हो। केही स्थानमा पहिरो हटाए पनि शनिबार बिहान फेरि कुदु र मटेलामा पहिरो खसेका कारण अहिले करिडोरभित्रको छिन्चु–जाजरकोट सडक अवरुद्ध भयकाे प्रहरी पमुख पाण्डेले जानक...
हिमताल पुटेर आयकाे पहिराेले, साेलुखुम्बुकाे खुम्बु-थामे क्षेत्रमा ठुलाे क्षति

हिमताल पुटेर आयकाे पहिराेले, साेलुखुम्बुकाे खुम्बु-थामे क्षेत्रमा ठुलाे क्षति

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
काठमाडौं :सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले तीन घर बगाएको छ । यस्तै ५ वटा घर र एउटा होस्टल जोखिममा परेको सोलुखुम्बु प्रहरी प्रमुख डीएसपी द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । घटनास्थलमा नेपाली सेनासहितको टोली पुगिसकेको उनले जानकारी दिए । तीन घर बगाएको ५ वटा घर र एउटा होस्टल जोखिममा परेको विवरण आएको छ । मानवीय क्षतिको विवरण छैन । नेपाली सेनाद्वारा उद्धारको कार्य भइरहेको छ, उनले भने ।  नेपाली सेनाका अनुसार ६ जनाको उद्धार गरिएको छ । ठुलाे क्षति भयकाे अनुमान गरिएको छ।  ...
बाढि-पहिराेमा परी आज सम्मा १३१ जनाकाे मृत्यु,र १४४ जना घाइते भयका छन

बाढि-पहिराेमा परी आज सम्मा १३१ जनाकाे मृत्यु,र १४४ जना घाइते भयका छन

Breaking News, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट :बाढी-पहिरोलगायतका विपदमा परि आज सम्म  मुलुकभर एक सय ३१ जनाको मृत्यु भएको छ भने १४४ जना बिपद जाेखिममा परि घाइते भयका छन् ।विपदमा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशीमा २२, मधेसमा पाँच, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिम प्रदेशमा नौ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । घाइतेहरुकाे बिभिन्न स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । कोसीमा ४९, गण्डकीमा १२ र सुदूरपश्चिममा प्रदेशमा पाँचगरी जम्मा ६६ जनाको उद्धार गरिएको छ । बाढी पहिरामा परी कोसी र बागमतीमा दुई/दुई तथा मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक/एकगरी नौ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी छ । बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन् ।...
अविरल वर्षासंगै आएकाे बाढिले रुकुममा घर बगायाे , एक बालककाे मृत्यु , पाँच जना घाइते

अविरल वर्षासंगै आएकाे बाढिले रुकुममा घर बगायाे , एक बालककाे मृत्यु , पाँच जना घाइते

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
काठमाडौं :रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढी–पहिरोले दुईवटा घर र एउटा टहरा बगाउँदा कम्तिमा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भयका छन ।तीन जना घरभित्रै च्यापिएका छन् । घरभित्रै च्यापिएकाहरुको अवस्था थाहा हुन सकेको छैन ।गएराति गिजा खोलामा आएको बाढीको चपेटामा उनीहरु परेका हुन्। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बखत शाहीले दिएको जानकारी अनुसार घटनामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । मृतकको सनाखत भने भइसकेको छैन ।एक जनाको शव बाहिरै फेला परेको छ । अरु तीन जना घरले च्यापिएको अवस्थामा छन् । घाईते हुनेहरुमा १२ वर्षिय बिनय सार्की, २२ वर्षिया मनिषा पुन, २ वर्षिय जनक खत्री, ६ वर्षिया मनसरी पुन, चार वर्षिय मेक्सन पुन, २८ वर्षिया धनमाया पुन र ६५ बर्षिया कल्पना कामी रहेका छन् । आठबिसकोट नगरपालिका वडा नम्बर ११ स्थित धुर्सेनी बस्ती पनि...
बाढी- पहिराेमा ज्यान गुमाउने प्रति, श्रमिक कम्युनिस्ट पार्टीको शाेक वक्तव्य

बाढी- पहिराेमा ज्यान गुमाउने प्रति, श्रमिक कम्युनिस्ट पार्टीको शाेक वक्तव्य

Breaking News, माैसम, यातायात, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : श्रमिक कम्युनिस्ट पार्टी, नेपालले भिषण वर्षा र बाढि पहिराेमा परि २९ गते राति ३:३० मा नारायणगढ - मुग्लिन सडक खण्डको सिमतालमा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली र घाइतेहरुकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दै एक शाेक वक्तव्य जारि गरेकाे छ । शुक्रबार पार्टीका संयोजक पुर्ण बहादुर सिंह "समरजंग"द्वारा हस्ताक्षरित वक्तव्यमा भनियकाे छ, -देशका विभिन्न स्थानमा भारी वर्षाका कारण बाढी - पहिराे र दुर्घटनाबाट ठुलाे जन-धनकाे क्षति भयकाे छ।आज देश शाेकाकुल र स्तब्ध छ,नारायणगढ - मुग्लिन सडक खण्डको सिमतालमा पहिराेले दुईवटा (गाैर जाँदै गरेकाे गणपति डिलक्स र विरगन्ज- काठमाडौं चल्ने एन्जल) बस बगायर लगभग ६५ जना बेपत्ता भयका छन्। श्रमिक कम्युनिस्ट पार्टी नेपाल देशभर भयका घटनामा ज्यान गुमाउने सबै प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछ। घाइतेहरुकाे शिघ्र स्वास्थ लाभकाे कामना तथा शाेकाकुल परिवारजनमा गह...
पहिराेले दुईवटा यात्रुबाहक बस त्रिशूली लियाे, ६३ जना यात्रु बेपत्ता

पहिराेले दुईवटा यात्रुबाहक बस त्रिशूली लियाे, ६३ जना यात्रु बेपत्ता

Breaking News, पुर्वाधार, माैसम, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ । घटनास्थलमा पुगेका चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् । प्रारम्भिक जानकारीअनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।” उनले  यकिन विवरण भने आई नसकेको बताए ।...
जाजरकोटमा बाढीले बगाउँदा एक जना शिक्षकको मृत्यु , छ जना सकुशल उद्दार

जाजरकोटमा बाढीले बगाउँदा एक जना शिक्षकको मृत्यु , छ जना सकुशल उद्दार

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट : खाेलाले बगाएपछि एक जना शिक्षकको मृत्यु छ   जनाकाे सकुशल उद्दार । अविरल वर्षाका कारण कुशे गा.पा. १ तारेचौर नजिकै खोलाले बगाउँदा साेहि गाउँपालिका वडा न ९ निवासी , श्री मालटाकुरा मा.वि.कुशे ४ मा कार्यरत शिक्षक ईन्द्र राेकायकाे मृत्यु भयकाे छ भने  ६ जनाको सकुशल उद्धार भयकाे छ । सनिवारकाे दिउसो  खाेलामा माछा मार्न गयकाे बेला साेहि ठाउँमा बास बसिरहेको अवस्थामा राति ८ बजे  एक्कासि खाेला बढेर आयपछि उनिहरुलाई बगायकाे थियाे । राजेन्द्र बहादुर शाही कुशे ४ तम्ती,खिम बहादुर शाही ,कुशे ४ तम्ती,पृथ्वी  बहादुर शाही कुशे ४ तम्ती,जीवन जैसी कुशे ४ अर्छानि,गोविन्द रावत ,कुशे १ तारेचौर र दिपक चलाउने कुशे १ तारेचौर, सकुशल उद्वार, गरियकाे थियाे । जाजरकोट आसपासका ठाउमा सनिवार निकै ठुलाे पानी परेपछि खाेला र नदिहरुकाे बहाव बढेकाे छ ।...
आज देशकाे केही भुभागमा पानी सहित हिउ पर्ने

आज देशकाे केही भुभागमा पानी सहित हिउ पर्ने

माैसम
काठमाडौं :हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । आज राति भने कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी  र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।...