सारा खुशी बोलको आधुनिक गीतको म्युजिक भिडियो सहित सार्वजानिक
काठमाडौ । सर्जक तथा कलाकार बिजेन्द्र नौबागेको शब्द तथा अभिनय रहेको सारा खुशी बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बाग बजारको लम्साल साउलकुल रेष्टुरेन्ट मा एक कार्यक्रम बिच भिडियो सार्वजनिक गरिएको हो ।
सार्वजानिक कार्यक्रममा जन आकाश मिडियाका अध्यक्ष मोहन कार्कीको प्रमुख आतिथ्य रहेको थियो भने संगीतकार तथा कलाकार माधव भण्डरी, वरिष्ठ भिडियो सम्पादक प्रेम शर्मा पौडेलक तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
उक्त गीत विशेष गरेर प्रेमबन्धनमा बाँधिएका जोडीको बीचमा धोका दिएको कथालाई आधार मानि देखाईएको छ ।
भिडियोको अभिनयमा अस्मिता पुरी र दिलिप ढकाल मुख्य पात्रको रुपमा देखिएका छन् भने लेखक बिजेन्द्र नौबागे आफैले समेत मुख्य भुमिकामा अभिनय गरेका छन् ।
गीतमा चर्चित गायक रुपक डोटेलले स्वर दिएर अत्यन्तै मौलिक बनाएका छन् । यो गीतको भिडियो सम्पादन भने प्रेम शर्मा पौडेलले गरेका हुन् ।
कार्यक्रममा...









