ज्ञानेन्द्र गौतम ईन्द्रवाती—काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा निर्विरोध चयन
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिकाबाट बिभिन्न पेसा ब्यवसाय र अध्ययनको शिलसिलामा काठमाडौं आई बसेका नेकपा(माओवादी केन्द्र)का संगठित सदस्य तथा सदस्यहरुको संगठन ईन्द्रवाती—काठमाडौं सम्पर्क समन्वय समितिका दोस्रो भेलाले युवानेता ज्ञानेन्द्र गौतम लाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।
बागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री युवराज दुलाल(शरद)को प्रमुख आतिथ्यतामा सम्पन्न भेलाबाट गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । ३५ सदस्य रहने कार्यसमितिमा १० जना पछि थप्नेगरि २५ सदस्यको समिति चयन गरिएको हो ।
कार्यसमितिको उपाध्यक्षमा राम तामाङ,बिसभाई तामाङ र बिष्णु तामाङ सचिव उद्धव दुलाल,सह सचिव ईश्वर दाहाल र चतुरमान तामाङ तथा कोषध्यक्षमा दिपक तामाङ निर्विरोध चयन भएका हुन् ।
कार्यक्रममा बिशेष अतिथिको रुपमा सम्पर्क समन्वय प्रदेश समितिका कोषाध्यक्ष ठुलोबाबु श्रेष्ठको उपस्थिति रहेको थ...