११ श्रावण २०८१, शनिबार

Tag: २०७९

जाजरकोटमा एसईइ तयारी पूरा : ४ हजार ६ सय ५६ बिद्यार्थी सहभागी हुँदै

जाजरकोटमा एसईइ तयारी पूरा : ४ हजार ६ सय ५६ बिद्यार्थी सहभागी हुँदै

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
जाजरकोट । माद्यामिक शिक्षा परीक्षा (एसईई ) मा जाजरकोट बाट चार हजार ६ सय ५६ विद्यार्थी सहभागी हुने भएका छन् । जिल्ला भित्रका ७४ माद्यामिक विद्यालयका चार हजार ६ सय ५६ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटका प्रमुख रमेश मल्लले जानकारी दिए । उनका अनुसार नियमित तर्फ सामुदायिक विद्यालयका ४ हजार ५ सय ५३ रहेका छन् । जसमा २ हजार २२३ जना छात्र छन् भने २ हजार ३ सय ३० जना छात्रा रहेका छन् । प्राविधिक धारतर्फ २४ छात्र र ३५ छात्रा गरी जम्मा ५९ जना एसइइमा सहभागी हुनेछन् । यस्तै ग्रेडवृद्धि तर्फ १७ जना छात्र र २६ जना छात्रा गरी ४५ जना सहभागी हुनेछन् । प्राविधिक तर्फ एक जना विद्यार्थी सहभागी हुने छन् । भेरी नगरपालिका भित्रका ८ सय ५ विद्यार्थी सहभागी हुने प्रमुख मल्लले बताए । यस्तै, नलगाड ६६२, छेगाडाड ९९५, बारेकोट ५३७, कुशे ६८९,जुनीचाँदे ५७९ र शिवालय गाउँपालिका बाट ३८९ जना विद्या...
याे जित अग्रगामी जन्ताकाे जित हाे , अर्थमन्त्री  जनार्दन शर्मा

याे जित अग्रगामी जन्ताकाे जित हाे , अर्थमन्त्री जनार्दन शर्मा

Breaking News, चुनाव, निर्वाचन, राजनीति, समाचार
९ मंसिर काठमाडौं ।प्रदेशसभातर्फका दुवै सिटसहित आफू प्रतिनिधि सभामा  विजयी भएका शर्माले ‘अग्रगामी जनताको जित’ को रुपमा आफूहरुको विजयी भएको बताएका छन । रूकुम पश्चिमबाट प्रतिनिधिसभामा भारी मतान्तरसहित विजयी भएका अर्थमन्त्री जनार्दन शर्माले रुकुमेली जनताको अपेक्षा पूरा गर्न आफू इमानदारी पूर्वक प्रयास गर्ने बताएका छन्। हामीसँग प्रतिस्पर्धामा सहभागी विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूका साथै पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता, गठबन्धन नेता–कार्यकर्ता सबैमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछु,’ शर्माले भनेका छन्, ‘यो जित अग्रगामी जनताको जित हो।’ उत्पादन, रोजगार, समृद्धि सामाजिक, सांस्कृतिक रूपान्तरण अभियानमार्फत रूकुम जिल्लालाई समृद्ध र समुन्नत बनाउन आफूहरुको साझा प्रयास हुने उनले मतदातालाई धन्यवाद दिँदै उल्लेख गरेका छन्।अब त्यो आधारमा टेकेर कृषिलाई उद्योगसँग जोड्दै गुणात्मक विकासमा ...
१०० क्षेत्रकाे मत सार्वजनिक कस्काे सिट कति ?

१०० क्षेत्रकाे मत सार्वजनिक कस्काे सिट कति ?

Breaking News, चुनाव, निर्वाचन, समाचार
८ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनको १०० निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । १०० निर्वाचन क्षेत्रको मत परिणामअनुसार नेपाली कांग्रेसले ३६ स्थानमा जित हात पारेको छ । कांग्रेसले जारी मतगणना भइरहेका ६२ क्षेत्रमा कांग्रेसले १८ स्थानमा अग्रता कायम राखेको छ । एमाले दोस्रो स्थानमा छ । एमाले २२ निर्वाचन क्षेत्रमा विजयी छ भने २५ स्थानमा अग्रता लिइरहेको छ । नेकपा माओवादी केन्द्रले ९ सिट जित्दा ७ सिटमा मात्रै अग्रता कायम गर्न सकेको छ । एकीकृत समाजवादीले ९ क्षेत्रमा निर्वाचन जितेको छ भने अझै एक स्थानमा अग्रता बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित हात पारेको छ भने एक क्षत्रेमा अग्रस्थानमा छ ।राप्रपाले ४ सिट जितिसकेको छ भने २ सिटमा अग्रता कायम गरेको छ । जसपाले २ सिट जितेर ४ स्थानको मतगणनामा अघि छ । २ सिट जितेको लोकतान्त्रिक समाजवादी पार्टीले २ क्षेत्रमा अग्रता...
राेल्पा मा बर्षमान पुन काे अग्रता ।

राेल्पा मा बर्षमान पुन काे अग्रता ।

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
६ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त)ले रोल्पामा अग्रता कायम राखेका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा अनन्त नेकपा एमालेका उम्मेदवार भन्दा २ हजार ७ भन्दा बढी मत अन्तरले अगाडि छन् । ७ हजार ६३५ मत गणना हुँदा पुनले ४ हजार ५५७ पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरले १ हजार ८४६ मत पाएका छन् । राप्रपा उम्मेदवार लिला रावलले ३९४, राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले १४६ र नेपाल मजदुर किसान पार्टीका नाति भाइ ह्योम्बा १० मत पाएका छन् । प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार जोखबहादुर महरा अगाडि छन् । उनले ४ हजार ८५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार कमल बहादुर बुढाथोकीले १ हजार ३६४ मत पाएका छन् । प्रदेश सभा २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनविरुद्ध स्वतन्त्र उम्मेद...
निर्वाचनमा ७५३ स्थानीय तहका संरचना उपयोग गरिने

निर्वाचनमा ७५३ स्थानीय तहका संरचना उपयोग गरिने

Breaking News, चुनाव, निर्वाचन, पुर्वाधार, समाचार
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरी आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि भवन, परिसर र भौतिक संरचना उपलब्ध गराउन अनुरोध गरेको छ। मन्त्रालयले शुक्रबार सबै स्थानीय तहलाई परिपत्र गरेर चुनावका लागि आवश्यक भवन, परिसर र भौतिक संरचनाको व्यवस्था गर्न भनेको मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी नेपालले जानकारी दिए। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सात सय ५३ वटै स्थानीय तहका भवन, परिसर र भौतिक संरचना आवश्यक भएकाले व्यवस्था गरिदिन निर्वाचन आयोगले मन्त्रालयलाई पत्राचार गरेको थियो। मन्त्रालयले परिपत्रसाथ आवश्यक कारबाही गर्न पनि सबै स्थानीय तहलाई आग्रह गरेको छ। आयोगले प्रत्येक निर्वाचनमा स्थानीय तहसँगको समन्वयमा भवन, परिसर र भौतिक संरचनाको व्यवस्थापन गरिरहेको छ। ...