१६ मंसिर २०८२, मंगलवार

Tag: हरिचन्द्र बस्नेत

कुशे गाउँपालिका जाजरकोटका अध्यक्ष बस्नेत माथि आक्रमण,बचाउन गएका दुईजना गम्भीर घाइते

कुशे गाउँपालिका जाजरकोटका अध्यक्ष बस्नेत माथि आक्रमण,बचाउन गएका दुईजना गम्भीर घाइते

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, स्वास्थ
जाजरकोट :कुशे गाउँपालिका जाजरकोटका अध्यक्ष हरिचन्द्र बस्नेतलाई साङ्घातिक हमला गरिएको छ। आईतवार बेलुका गाउपालिकाबाट सुर्खेत जाँदै गरेका अध्यक्ष बस्नेत माथि छेडागाड नगरपालिका-५ चंखेली भन्ने स्थानमा आक्रमण भएको हो बताइएको छ। अध्यक्षलाई बचाउन गएका दुई युवा नवराज शाही र दिपेन्द्र सिंह गम्भीर घाइते  भएका छन्। उनीहरूलाई उपचारका लागि नेपालगन्ज तर्फ लगिएको छ। अध्यक्षलाई भने चोटपटक लागेको छैन। आक्रमण गर्नेको पहिचान भइसकेको भए पनि पक्राउ नपरेकाले प्रहरीले नाम खुलाउन चाहेन। आक्रमणकारीले चक्कुले प्रहार गरेको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी बसन्तकुमार शर्माले बताए। अध्यक्ष बस्नेत आफैंले घाइतेलाई उपचारका लागि लिएर गएका छन्।  ...
चार बर्ष भित्र कुशेलाई नमुना पालिका बनाउने अठाेटका साथ लागिरहेका छाैं : अध्यक्ष हरिचन्द्र बस्नेत

चार बर्ष भित्र कुशेलाई नमुना पालिका बनाउने अठाेटका साथ लागिरहेका छाैं : अध्यक्ष हरिचन्द्र बस्नेत

Breaking News, अर्थवाणिज्य, कृषि, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विचार, समाचार
जाजरकोटको कुशे गाउँपालिका पर्यटकीय क्षेत्रका रूपमा परिचित छ । कृषि, पर्यटन र खानी खनिजका क्षेत्रमा विकासको फड्को मार्दै गरेको कुशे गाउँपालिकाको दोस्रो कार्यकालको अध्यक्षका रूपमा हरिचन्द्र बस्नेत हुनुहुन्छ । प्रस्तुत छ, नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा निर्वाचित बस्नेतसँग  कुराकानी : जनप्रतिनिधिका रूपमा एक वर्षको अनुभव कस्तो रह्यो ? पालिकाको दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि विगतकै कार्यक्रम र योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको छु । अनुभवका हिसाबले जनताको अपेक्षा र हाम्रो पालिका, प्रदेश र सङ्घबाट आउने बजेटको मात्राले ती अपेक्षा पूरा गर्न नसकिने खालका छन् । योजनाको प्राथमिकीकरण गरी एक वडामा एक प्रभावकारी योजना सञ्चालन गर्न सके प्रभावकारी हुने थियो । पालिकामा देखिने खालका वर्षमा चार/पाँच वटा मात्र योजना छनोट गरेर कार्यान्वयन गर्दा पालिकालाई राम्रो हुने अनुभव मैले गरेको छु ...