१३ जेष्ठ २०८३, बुधबार

Tag: सभापति

कर्णालीलाई पाँच वर्ष परिवर्तनको बर्ष बनाऊ – गगन थापा

कर्णालीलाई पाँच वर्ष परिवर्तनको बर्ष बनाऊ – गगन थापा

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :नेपाली कांग्रेसका सभापति गगन थापाले कर्णालीलाई पाँच वर्ष परिवर्तनको बर्ष बनाउन आग्रह गरेका छन । बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कर्णालीको विकासको फेरिहिस्त आफूसँग रहेको दाबी गर्दै नयाँ प्रयोग नगर्न समेत आग्रह गरेका छन । उनले भने `मेरो आग्रह छ, पाँच वर्ष अर्को प्रयोग नगरौँ , पाँच वर्ष परिवर्तनको वर्ष बनाउने हो,´तर त्यसका लागि सोच चाहिने उनले बताए । ‘कर्णालीका बारेमा बोल्दैगर्दा साथीहरू मुद्दा दिनुभएको छ । तर म पढेर भन्दिनँ,’ उनले भने । कर्णालीका बारेमा धेरै कुरा भन्न सकिने उनले बताए । कर्णाली स्वर्ग हो भन्न सकिन्छ, कर्णाली अन्नको भण्डार हो भन्न सकिन्छ ,कर्णाली नेपालको सर्वाधिक राम्रो ठाउँ हो भन्न सकिन्छ । राराका बारेमा कविता भन्न सकिन्छ,’ सभापति थापाले भने,‘यहाँको स्याउँको कथा भन्न सकिन्छ, यहाँको यार्सागुम्बाको कथा भन्न सकिन्छ...
गगन थापाको नेतृत्वमा कांग्रेस नयाँ कार्यसमिति घोषणा, विश्वप्रकाश शर्मा  र पुष्पा भुसाल उपसभापति

गगन थापाको नेतृत्वमा कांग्रेस नयाँ कार्यसमिति घोषणा, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरिएको छ ।निर्वाचन समितिका संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गरेका छन् ।विशेष महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार थापा सभापतिमा सर्वसम्मत चयन भएका हुन् । नयाँ कार्यसमितिअन्तर्गत दुई उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन् । त्यस्तै, दुई महामन्त्रीमा प्रदिप पौडेल र गुरु राज घिमिरे छन् । सह–महामन्त्रीमा समावेशी संरचनाअनुसार विभिन्न समूहबाट प्रतिनिधित्व गरिएको छ । केन्द्रीय सदस्यतर्फ खुला कोटाबाट ३५ जना चयन भएका छन् । खुला सदस्यहरूमा गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ, अर्जुन नरसिंह के.सी., राजेन्द्र कुमार के.सी., अर्जुन प्रसाद जोशी, सुरेश कुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, धुर्व वाग्ले...
भेरि ज्ञानाेदय क्याम्पस जाजरकोटमा नेविसंघका  प्रकाश सिंह विजयी

भेरि ज्ञानाेदय क्याम्पस जाजरकोटमा नेविसंघका प्रकाश सिंह विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट । मध्यपश्चिम विश्वविद्यालय अन्तरगत आंगिक क्याम्पसका रुपमा सदरमुकाम खलंगामा रहेको जाजरकोटकाे पहिलाे क्याम्पस भेरी ज्ञानोदय बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा  नेपाल बिद्यार्थी संघका प्रकाश सिंह विजयी भयका छन ।आईतबार भएको निर्वाचनमा सिंहले ११० मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी अनेरास्ववियूका छविराज सिंहले ८० मत प्राप्त गरेका छन् । एकीकृत समाजवादी निकट अनेरास्ववियूका प्रेम विश्वकर्माले ४० मत प्राप्त गरेका छन् । यस्तै सचिवमा अखिल क्रान्तिकारीका भुपेन्द्र नेपाली निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी अनेरास्ववियूका मालबहादुर सिंहले ६१ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका पुष्पराज वलीले ५१ मत प्राप्त गरेका छन् । कोषाध्यक्षका अखिल क्रान्तिकारीका विनोद राज गोसाई निर्वाचित भएका छन् । उनले १२९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी प्रतिमा खत्री...