११ श्रावण २०८१, शनिबार

Tag: विश्व कप

नेपाल ९ रनले युएईलाई हराउँदै  विश्वकप छनोटमा

नेपाल ९ रनले युएईलाई हराउँदै विश्वकप छनोटमा

Breaking News, खेल, राष्ट्रिय, समाचार
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ। बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो । यो जितसँगै नेपाल ४० अंकका साथ लिग टूको तेस्रो स्थानमा उक्लिएको छ । र, जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल भएको छ ।...
विश्वकप २२अौ उपादिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै

विश्वकप २२अौ उपादिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै

Breaking News, अन्तर्राष्ट्रिय, खेल, समाचार
विश्वकप फुटबलको २२ औं उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै छन्।  खेलका  लागि दुवै टोली तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा छन्। फ्रान्सविरुद्ध लियोनल मेस्सीको कप्तानीमा सुरुवती ११ को टोली घोषणा गरेको छ। यसअघिभन्दा अर्जेनिटनाको टोलीमा एक परिवर्तन गरेको छ। एन्जल डिमारिया सुरुवाती टोलीमा परेका छन्। लियोनल मेस्सी, जुलियन अल्भारेजसँगै अग्रपंक्तिमा डि मारिया हुनेछन्। मिडफिल्ड भने परिवर्तन गरिएको छैन। रोड्रिगो डे पल, एन्जो फर्नान्डेज र म्याक अलिस्टार हुनेछन्। गोलरक्षकमा इमिलियानो मार्टिनेज कायम रहँदा डिफेन्डरमा ओटामेन्डी, रोमेरो, अकुना र मोलिना रहनेछन्। दोहोरो पहेँलो कार्डका कारण सेमिफाइनल गुमाएका अकुना फाइनलमा फर्किएका छन्। फ्रान्सले भने यसअघिकै टोलीलाई निरन्तरता दिएको छ। आक्रमणमा केलियन एम्बाप्पेसँगै जिरुड, डेम्बेले र ग्रिजमन रहनेछन्। रोबिट र चाउमेनीलाई मिडफिल्डमा निरन्तरता ...
निकलसको गोलमा स्पेनसँग हारबाट जोगियो जर्मनी, नकआउट पुग्ने सम्भावना कायम

निकलसको गोलमा स्पेनसँग हारबाट जोगियो जर्मनी, नकआउट पुग्ने सम्भावना कायम

Breaking News, अन्तर्राष्ट्रिय, खेल, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, समाचार
कतारको अल बायेट रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनसँग अंक खोसेको जर्मनी नकआउट चरणमा पुग्न प्रेरित हुनेछ । पहिलो खेलमा जापानसँग अप्रत्यासित पराजय ब्यहोरेपछि चारपल्टको विश्व विजेता जर्मनी दवावमा परेको थियो । निकलस फ्युलक्रगको गोलमा कतार विश्वकपमा जर्मनी हारबाट जोगिएको छ।अल बायत स्टेडियममा आइतबार भएको खेलमा जर्मनीले स्पेनविरुद्ध पुर्नरागमन गर्दै बराबरी गरेको हो। खेलको ८३ औँ मिनेटमा निकलस फ्युलक्रगको गोलमा जर्मनीले स्पेनसँग एक एक गोलको बराबरी खेलेको हो। बराबरीसँगै समूह चरणमा १ अंक जोडेको जर्मनीको अघिल्लो चरण पुग्ने सम्भावना कायम भएको छ। स्पेन भने ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। समान ३ अंक भएको जापान दोस्रो र कोस्टारिका तेस्रो स्थानमा छ। पहिलो हाफमा गोलरहित सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको हो। खेलको ६२ औँ मिनेटमा अल्भारो मोराटाको गोलमा स्पेनले सुरुवाती अग्रता बनाएको...
विश्वकप आजदेेखी म्याचविक २ का खेल हुँदै,  जितको लक्ष्यमा नेदरल्याण्ड्स र इक्वेडर

विश्वकप आजदेेखी म्याचविक २ का खेल हुँदै, जितको लक्ष्यमा नेदरल्याण्ड्स र इक्वेडर

Breaking News, अन्तर्राष्ट्रिय, खेल, मनाेरन्जन, विगन्यूज, समाचार
९ मंसिर काठमाडौं ।दाेहा कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज (शुक्रबार) देखि म्याचविक टुका खेलहरु हुँदैछन् । ब्राजिल र सर्बियाबीच बिहीबार मध्यराति भएको खेलसँगै सहभागी ३२ वटै राष्ट्रले एक-एक खेल खेलिसकेका छन् । आज समूह ए र समूह बीका दुई-दुई खेल हुनेछन् । जहाँ नेदरल्याण्ड्स, इक्वेडर र इंग्ल्याण्ड लगातार दोस्रो जित निकाल्दै नकआउट चरणको नजिक पुग्ने लक्ष्यमा हुनेछ । यी तीनै टिमले आफ्नो पहिलो खेल जितेका थिए । आज समूह एमा रहेका नेदरल्याण्ड्स र इक्वेडर तथा कतार र सेनेगलबीच खेल हुनेछ भने समूह बीमा रहेका इंग्ल्याण्ड र अमेरिका तथा वेल्स र इरानबीच खेल हुनेछ । आजको पहिलो खेल वेल्स र इरानबीच दिउँसो पौने ४ बजे अहमद अली बिन स्टेडियममा सुरु हुनेछ । पहिलो खेलमा अमेरिकासँग बराबरी खेलेको वेल्स र इंग्ल्याण्डसँग पराजित भएको इरान पहिलो जितको खोजीमा छ । यस्तै समूह एमा रहेको घरेलु टोली कतारले सेनेगलसँग ...
सेनेगलका कप्तान माने विश्व कपबाट बाहिरिय

सेनेगलका कप्तान माने विश्व कपबाट बाहिरिय

Breaking News, अन्तर्राष्ट्रिय, खेल, समाचार
२ मंसिर काठमाडौं । सेनेगलका कप्तान साडियो माने आइतबारदेखि कतारमा सुरु हुने फिफा विश्वकपबाट बाहिरिएका छन् । विश्वकप सुरु हुनु दुई साताअघि बायर्न म्युनिखका लागि खेल्ने क्रममा घाइते भएपनि सेनेगलले उनलाई टिममा राखेको थियो । तर बिहीबार उनको खुट्टाको शल्यक्रिया गरेपछि जमर्न क्लब बायर्नले मानेले विश्वकपका सबै खेल गुमाउने पुष्टि गरेको छ । यसअघि सेनेगल फुटबल संघले मानेले पहिलो खेलमात्रै गुमाउने बताएको थियो । तर शल्यक्रियापछि उनी विश्वकपबाटै बाहिरिएका हुन् । माने करिब तीन महिना मैदान बाहिर हुनेछन् । सेनेगल फुटबल फेडेरेसनले पनि माने विश्वकपबाट बाहिरिएको पुष्टि गर्दै अब विश्वकपमा टिमले उनको लागि खेल्ने बताएको छ । नोभेम्बर ८ मा वेडर ब्रेमेन विरुद्धको खेलमा उनको खुट्टामा चोट लागेको थियो । अफ्रिकन प्लेअर अफ दि इअर बनिसकेका मानेले गत वर्ष सेनेगललाई पहिलो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जिताउन...
विश्वकप फुटबलका लागि ब्राजिलको टिम घोषणा

विश्वकप फुटबलका लागि ब्राजिलको टिम घोषणा

Breaking News, अन्तर्राष्ट्रिय, खेल, राष्ट्रिय, समाचार, सुचना संचार
             २२ कात्तिक, काठमाडौं । यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि उपाधि दाबेदार मानिएको ब्राजिलले टिम घोषणा गरेको छ । ब्राजिलले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिलले अनुभवी र युवा खेलाडीको मिश्रणमा बलियो टोली बनाएको छ ।पछिल्लो पटक २००२ मा एसियामै भएको विश्वकप जितेको ब्राजिल छैटौं उपाधि जित्ने लक्ष्यमा छ । विश्वकप २०२२ मा ब्राजिल समूह जी मा छ । यस समूहमा सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन छन् । ब्राजिलले पहिलो खेल नोभेम्बर २४ मा सर्बियाविरुद्ध खेल्नेछ । ब्राजिलको टोली गोलकिपर :  एलिसन बेकर (लिभरपुल), एडरसन मोराएस (म्यानचेस्टर सिटी), वेभर्टन (फ्लामेङ्गो) डिफेन्डर : ड्यानी आल्भेस (पुमास), थियागो सिल्भा (चेल्सी), मार्किन्होस (पिएसजी), ड्यानीलो (युभेन्टस), एलेक्स सान्ड्रो (युभेन्टस), एडर मिलिट...