११ श्रावण २०८१, शनिबार

विश्वकप २२अौ उपादिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै

विश्वकप फुटबलको २२ औं उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै छन्।  खेलका  लागि दुवै टोली तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा छन्।

फ्रान्सविरुद्ध लियोनल मेस्सीको कप्तानीमा सुरुवती ११ को टोली घोषणा गरेको छ। यसअघिभन्दा अर्जेनिटनाको टोलीमा एक परिवर्तन गरेको छ। एन्जल डिमारिया सुरुवाती टोलीमा परेका छन्।

लियोनल मेस्सी, जुलियन अल्भारेजसँगै अग्रपंक्तिमा डि मारिया हुनेछन्।

मिडफिल्ड भने परिवर्तन गरिएको छैन। रोड्रिगो डे पल, एन्जो फर्नान्डेज र म्याक अलिस्टार हुनेछन्।

गोलरक्षकमा इमिलियानो मार्टिनेज कायम रहँदा डिफेन्डरमा ओटामेन्डी, रोमेरो, अकुना र मोलिना रहनेछन्। दोहोरो पहेँलो कार्डका कारण सेमिफाइनल गुमाएका अकुना फाइनलमा फर्किएका छन्।

फ्रान्सले भने यसअघिकै टोलीलाई निरन्तरता दिएको छ।

आक्रमणमा केलियन एम्बाप्पेसँगै जिरुड, डेम्बेले र ग्रिजमन रहनेछन्। रोबिट र चाउमेनीलाई मिडफिल्डमा निरन्तरता दिँदा डिफेन्समा पनि कुन्डे, भराने, उपमेकानो र हेर्नान्डेज छन्। कप्ताल ह्युगो लोरिसले पोष्ट सम्हाल्नेछन्।

फाइनल खेल अघि फ्रान्सको टोलीमा फ्लु फैलिएको भनिए पनि अन्ततः प्रमुख खेलाडीहरु उपलब्ध  भएका छन्।