११ श्रावण २०८१, शनिबार

Tag: रास्वपा

रास्वपा सरकारमा नजाने निर्णय

रास्वपा सरकारमा नजाने निर्णय

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा नजाने भएको छ ।यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । बैठकपछि भएको पत्रकारसम्मेलनमा अध्यक्ष रवि लामिछानेले उपनिर्वाचनको जनमत अनुसार आफूहरु प्रतिपक्षमा बस्न लागेको बताए । उनले भने, ‘उपनिर्वाचनमा मतदाताले तपाईँहरु सरकारमा नजानुस्, सशक्त प्रतिपक्ष बन्नुहोस् भन्ने मत व्यक्त गर्नुभयो, त्यही मतको सम्मान गर्दै हामीले सरकारमा नजाने निर्णय गरेका हाैं ।’ सरकारमा आइदिए हुन्थ्यो भन्ने सदासयता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको भए पनि सरकारको कार्यशैली र गति हेर्दा सरकारमा जान नसकेको उनले बताए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्...
रास्वपाबाट सांसद ढाकाकुमार श्रेष्ठ  पदवाट निष्कासित

रास्वपाबाट सांसद ढाकाकुमार श्रेष्ठ पदवाट निष्कासित

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट निष्काशित ढाकाकुमार श्रेष्ठले पार्टी सभापति रवि लामिछानेको पत्रकार सम्मेलनमा उठेका विषयको प्रतिवाद गरेका छन् ।उनले आफूमाथि भएको कारबाहीलाई प्रक्रियागत गल्ती समेत दाबी गरेका छन् । उनले भने ,तुरुन्तै धेरै प्रतिक्रिया दिने पक्षमा म छैन । तर अडियो सुनेर कारबाही गर्ने साथीहरुले त्यही अडियोमा उठेको कुराको सम्बोधन चाहिँ गर्नु पर्छ कि पर्दैन ? त्यहाँ कोर टिमको कुरा उठेको छ । त्यसको खोजी गर्न सक्छन् उनीहरु ? जे कुराको पनि प्रक्रिया हुन्छ । मलाई निलम्बित गरेको, अनि तुरुन्तै सदस्यता नै नरहने घोषणा गरेको सुनियो । अस्ति रवि लामिछानेजीको नागरिकतासमेत नरहँदा तत्काल पार्टी सभापति नरहे पनि भोलिपल्टै सभापति बनाएको होइन र ? उहाँले नागरिकता पाए पनि अदालतमा मुद्दा त छँदै थियो । यस्तो बेलामा पनि हामीले उहाँलाई सभापति मानेकै हो । अहिले मसँग अर्कै व्यवहार गरियो ।...
सत्ता गठबन्धन संकटमा !कांग्रेस सहित राष्ट्रिय सहमतिमा राष्ट्रपतिकाे चुनाव गर्नुपर्ने : प्रचण्ड

सत्ता गठबन्धन संकटमा !कांग्रेस सहित राष्ट्रिय सहमतिमा राष्ट्रपतिकाे चुनाव गर्नुपर्ने : प्रचण्ड

Breaking News, चुनाव, राजनीति, समाचार
१८ माघ काठमाडौं ।सत्तागठबन्धनका ठूला दल एमाले र माओवादीबीच सत्ता बाँडफाँट र पूर्वसहमतिसम्बन्धी अविश्वासले दूरी बढ्ने संकेत देखिएको छ । सरकारलाई विश्वासको मत दिएकाले प्रमुख प्रतिपक्षी कांग्रेससहितको राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा प्रधानमन्त्री प्रचण्ड छन् । तर, एमाले अध्यक्ष केपी ओलीले पूर्वसहमतिअनुसार राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने अडान राख्दै आएका छन् । दुवै दलका दाबीले आपसी अविश्वास बढाउँदै लगेको छ । २५ फागुनमा राष्ट्रपतिको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै एमालेले प्रधानमन्त्रीले पूर्वसहमतिबाहिरको कुरा गरेर गठबन्धनभित्र अविश्वास पैदा गर्ने र स्थायित्वमाथि प्रश्न खडा गर्न खोजेको अर्थ्याउँदै आएको छ । यद्यपि, प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपतिको उम्मेदवारबारे प्रारम्भिक छलफल सुरु भएकाले गठबन्धनभित्र दरार पैदा हुने गरी समस्या नआउने प्रधान...