११ श्रावण २०८१, शनिबार

Tag: राष्ट्रिय सभा निर्वाचन

राष्ट्रिय सभा अध्यक्ष पदका लागि आज मतदान हुँदै

राष्ट्रिय सभा अध्यक्ष पदका लागि आज मतदान हुँदै

Breaking News, निर्वाचन, राष्ट्रिय, समाचार
काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष पदका लागि आज मतदात हुँदैछ । साेमबार सत्ता गठबन्धनको तर्फ बाट नेकपा माओवादी केन्द्र का नेता नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गरेका थिय। बिहान ११:९ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ ।   ...
राष्ट्रिय सभा निर्वाचनमा कर्णालीबाट सत्ता गठबन्धनका तिनै जना विजयी

राष्ट्रिय सभा निर्वाचनमा कर्णालीबाट सत्ता गठबन्धनका तिनै जना विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
सुर्खेत : राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट सत्ता गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । महिलातर्फ नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) ले ३ हजार ७२२ मत भार प्राप्त गरी विजयी भइन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी विमलाकुमारी शाहीले १ हजार ३६२ मतभार प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सहायक निर्वाचन अधिकृत उज्ज्वल रावलका अनुसार दलिततर्फ नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालीकोट) निर्वाचित भएका छन् । विकले ३ हजार ८१७ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका हिक्मत विकले १ हजार २६७ मत प्राप्त गरेका छन् । अन्य तर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित भएका छन् । रुकुम पश्चिमका रोकायाले नेकपा एमालेका डिल्लीप्रसाद भट्टलाई पराजित गरेका हुन् । रोकायाले ३ हजार ८७० मत भार ल्याएर विजयी हुँदा एमालेका भट्टले १ हजार २१४ मतभार प्राप्त गरेका...
राष्ट्रिय सभा निर्वाचन सुरु, आजै नतिजा सार्वजनिक हुने

राष्ट्रिय सभा निर्वाचन सुरु, आजै नतिजा सार्वजनिक हुने

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
काठमाडौं :राष्ट्रिय सभा निर्वाचन आज सातै प्रदेशमा हुँदै छ ।बिहिवार  बिहान ९ बजेदेखि सुरु भयकाे मतदान दिउँसो ३ बजेसम्म सकिने छ । मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए ।राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुन लागेको हो । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार छन् । कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६/६ जना उम्मेदवार छन् । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २० ...
राष्ट्रिय सभा निर्वाचनकाे सम्पुर्ण तयारी पूरा

राष्ट्रिय सभा निर्वाचनकाे सम्पुर्ण तयारी पूरा

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
काठमाडौं: यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ ।निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा केन्द्रमा मतदान हुनेछ । निर्वाचन आयोगले कानुनी व्यवस्थाबमोजिम निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न मतदान कार्य समाप्त नहुन्जेलसम्म गए राति १२ बजेपछि प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ । यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उमेदवार, दलका भ्रातृसंगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नमिल्ने आयोगका प्...
राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनको बैंठक बालुवाटारमा

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनको बैंठक बालुवाटारमा

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :राष्ट्रिय सभाको सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक निरन्तर जारी छ। शनिबार मध्यरातसम्म बसेको बैठकबाट सहमति हुन नसकेपछि गठबन्धनका शीर्ष नेताहरू आज पुन: प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेका छन्। शनिबार रातिको बैठकमा १९ सिटका लागि हुने निर्वाचनमा नेपाली कांग्रेसले १० माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक लिने गरी मोटामोटी सहमति भएको छ । राष्ट्रिय सभाको मतदान ११ माघमा हुँदैछ । त्यसका लागि सोमबार मनोनयन दर्ता हुँदैछ । आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदैछ । त्यसले गठबन्धनलाई आजै भागबन्डा टुंगो लागउन दबाब बढेकाे छ । बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरू सहभागी भएका छन् ।...