११ श्रावण २०८१, शनिबार

Tag: मतदान

आफुले आफैलाई मतदान गर्न नपाउने शिर्ष नेताहरु ।

आफुले आफैलाई मतदान गर्न नपाउने शिर्ष नेताहरु ।

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
आज (मंसिर ४ गते) देशभर एकै चरणमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन हुँदै छ। निर्वाचन आयोगका अनुसार अहिले बिहान ७ बजे सुरु हुने मतदान साँझ ५ बजेसम्म जारी रहनेछ। सामान्य मतदाताले जस्तै दलका शीर्ष नेता एवं उम्मेदवारले पनि आज मतदान गर्न पाउनेछन्। तर केही नेताले आफ्नो उम्मेदवारी नामावली भएको क्षेत्रभन्दा बाहिर भएकाले आफैँलाई मतदान गर्न पाउने छैनन्। एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस महामन्त्री डा. शशाङ्क कोइराला, लोसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूले आफैँलाई मतदान गर्न पाउने छैनन्। मतदाता नामावली आफू उम्मेदवार रहेको क्षेत्रभन्दा फरक रहेकाले पाँच वर्षमा हुने आवधिक निर्वाचनमा समेत केही नेताले आफूले आफैँलाई मतदान गर्न वञ्चित हुनुपर्ने भएको हो।...
मुलुककै कम मतदाता भएकाे मतदान केन्द्र मनाङ।

मुलुककै कम मतदाता भएकाे मतदान केन्द्र मनाङ।

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
४ मङ्सिर, मनाङ । हिमाली जिल्ला मनाङमा पनि आज मतदान हुँदैछ । मतदानका लागि सबै मतदान केन्द्रमा तयारी पूरा भएको छ । उच्च हिमाली क्षेत्रमा रहेको मतदान केन्द्रमा पनि मतदान केन्द्र तयारी भएको निर्वाचन कार्यालय मनाङले जनाएको छ । मुलुककै कम मतदाता रहेको मनाङको सबैभन्दा उचाइमा रहेको मतदान केन्द्र मतदानका लागि तयार भएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए । मनाङको सबैभन्दा बढी उचाइ (४,२०० मिटर)मा रहेको नार गाउँको मतदान केन्द्र मतदानका लागि तयार भएको छ । सम्भवतः नेपालको सबैभन्दा बढी उचाइमा भएको मतदान केन्द्र पनि यही नै होला’, शर्माले भने । उनका अनुसार यस मतदान केन्द्रमा कुल एक सय तीन मतदाता रहेका छन् । हिउँ पर्ने समय भइसकेकाले उच्च हिमाली क्षेत्रमै मतदान केन्द्र तयार पारिएको उनी बताउँछन् । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले संवेदनशीलताका आधारमा सुरक्षा व्यवस...