११ श्रावण २०८१, शनिबार

Tag: भेटवार्ता

भारतकाे हैदरावाद हाउसमा प्रचण्ड र मोदीबीच एक्लाएक्लै भेटवार्ता

भारतकाे हैदरावाद हाउसमा प्रचण्ड र मोदीबीच एक्लाएक्लै भेटवार्ता

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारतकाे हैदरावाद हाउसमा प्रचण्ड र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएपछि प्रतिनिधमण्डलस्तरीय भेटवार्ता भएको हो । प्रतिनिधिमण्डल स्तरको भेटपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवा भोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि आजै भेटवार्ता गर्ने कार्यसूची छ । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ । ...
दुई प्रधानमन्त्री दाहाल र माेदि बिच आज भेटवार्ता हुने

दुई प्रधानमन्त्री दाहाल र माेदि बिच आज भेटवार्ता हुने

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् । आज बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ताको कार्यसूची तय भएको छ । कार्यसूची अनुसार दुई समकक्षीबीच आधा घण्टा भेटवार्ता हुने बताएको छ। त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुनेछन् । प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि आजै भेटवार्ता गर्ने कार्यसूची छ । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ । ...
तीन शिर्ष नेता बिच भेटवार्ता

तीन शिर्ष नेता बिच भेटवार्ता

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसहित देउवा र ओलीबीच छलफल भएको हो । प्रचण्ड, देउवा र ओलीबीच सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐनका सम्बन्ध छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले बताए । अहिले प्रधानमन्त्री,  देउवा र ओली  तीन शिर्ष नेता मात्रै छलफलमा हुनुहुन्छ’ ती सदस्यले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोगको विषय र संक्रमणकालीन न्याय टुंग्गो लगाउने विषयमा छलफल जारी छ ।’ सचिवालय सदस्यले यस्तो दाबी गरे पनि नक्कली भुटानी शरणार्थीका विषयमा छलफल गर्न तीन नेताबीच छलफल भएको हुन सक्ने बताइएको छ । भुटानी शरणर्थी प्रकरणमा लहरो तान्दा पहरो थर्किन थालेकाले शीर्ष तहमा छलफल हुन लागेको बताएको छ । बुधबार बिहान मात्र पूर्...
प्रधानमन्त्री र एमाले अध्यक्ष ओेलि बिच भेटवार्ता

प्रधानमन्त्री र एमाले अध्यक्ष ओेलि बिच भेटवार्ता

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच सिंहदरबारमा भेटमा संवैधानिक परिषदको बैठक, समसामयिक राजनीति लगायतका विषयमा कुराकानी भएको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए । उनका अनुसार भेटमा एमाले अध्यक्ष ओलीले सरकारले स्थानीय तहको बजेट कटौती गरेकामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । सरकारले स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान ५० प्रतिशतले कटौती गरेको थियो । एमालेबाट निर्वाचित जनप्रतिनिधिले ओलीसमक्ष यस विषयमा गुनासो गरेपछि उनले प्रधानमन्त्रीलाई बजेट कटौती नगर्न आग्रह गरेका बज्राचार्यले बताए । बिहीबार दुई नेताबीच सिंहदरबारमा भएको भेटमा ओेलिले रायमाझी बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको व्यक्ति नभएको र षड्यन्त्रपूर्वक पक्राउ गर्ने कोशिस भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण समेत...
दाहाल र ओलीबीच बालुवाटारमा छलफल , राष्ट्रपति निर्वाचन का लागि नेताहरुकाे भेट तिब्र बन्दै

दाहाल र ओलीबीच बालुवाटारमा छलफल , राष्ट्रपति निर्वाचन का लागि नेताहरुकाे भेट तिब्र बन्दै

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं  । राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै गर्दा नेताहरुबीच भेटभाट बाक्लिएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा समसाययिक राजनीतिक परिस्थिति, राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको जनाइएको छ । राष्ट्रपति निर्वाचनका लागि मनोनयको दिन नजिकिँदै गर्दा राजनीतिक भेटवार्ता तीव्र भएको छ । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने दाबी गर्दै आएको छ । एमालेले केही दिनअघिसम्म आफ्नै पार्टीको उम्मेदवार हुनुपर्ने बताइरहँदा आइतबार भने ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर पार्टी एकतासहित नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेसँगै राजनीतिक समीकरण एकाएक बदलिँदो अवस्थामा पुगेको छ । यसो गरेका खण्डमा माधवलाई माओवाद...
सुकुम्बासी बस्ति हटाउने बारे मेयर  बालेन्द्र शाह र प्रधानमन्त्री देउवा  बिच भेटवार्ता

सुकुम्बासी बस्ति हटाउने बारे मेयर बालेन्द्र शाह र प्रधानमन्त्री देउवा बिच भेटवार्ता

Breaking News, पुर्वाधार, समाचार
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेट भएको छ। प्रधानमन्त्री देउवालाई भेट्न मेयर शाह सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। बागमती नदी किनारका बस्ती हटाउनेबारे छलफल गर्न मेयर शाहले प्रधानमन्त्री देउवासँग छलफल गरेका हुन्। मेयर बालेन्द्रका स्वकिय सचिव भूपदेव शाहका अनाधिकृत रुपमा बसोबास गरिरहेकाको व्यवस्थापनको तयारी महानगरपालिकाले गरिरहेको छ । अनाधिकृत रुपमा बसोबास गरिरहेकाको व्यवस्थापनको तयारी महानगरले गरिसकेको छ । सरकारले महानगरलाइ अहिले सम्म अनाधिकृत रुपमा बसोबास गरिरहेका बस्ती किन महानगरले खाली नगरेको भन्नू पर्ने हो । तर महानगरले आफै अग्रसरता देखाउदा सरोकारवाला मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी बलहरु र सम्बद्ध निकाय किन मौन? सो को जानकारी लिन मेयर ज्यु प्रधानमन्त्री लाई भेट्न प्रम निवास बालुवटारमा निकै समय वेट गरे...