११ श्रावण २०८१, शनिबार

Tag: बिप्लप

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछियका केशव दुलालकाे घरमा कालाे ब्यानर

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछियका केशव दुलालकाे घरमा कालाे ब्यानर

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, समाचार
ललितपुर ।नक्कलि भूटानी शरणार्थी प्रकरणका अभियुक्त केशव दुलालको ललितपुर स्थित हात्तीवनमा रहेको निर्माणाधीन घर जन-नियन्त्रणमा गएको छ। नेपाल कम्युनिस्ट पार्टी ललितपुरको पहलमा स्थानीय र नेकपाका नेता कार्यकर्ता हरुको भिडले कालो ब्यानर र झण्डा सहित सोमवार नियन्त्रणमा लिएको हाे । जन- नियन्त्रणमा लिइएको सार्वजनिक सुचना भन्दै नक्कली भुटानी शरणार्थी काण्डमा मुख्य विचौलियाको निकृष्ट भूमिकामा रही ठगी, मानव तस्करी र राष्ट्रघात जस्तो अक्षम्य अपराध गरेको हुनाले अपराधिक कार्य मार्फत लुटेको धनबाट निर्मित अपराधी केशव दुलालको यो घर जनताको आग्रह, अपिल एवम् सहभागितामा जन – नियन्त्रणमा लिइएको छ । साथै अपराधिक व्यक्तिको कानुनी स्वामित्व सामाजिक रुपमा खारेज भइ सार्वजनिक स्वामित्व स्थापित भएको नेकपा ललितपुरले जनाएकोछ। ...
नेकपाले मंसिर ८ गते पार्टी पुनर्गठन दिवश देशैभरि मनाउने

नेकपाले मंसिर ८ गते पार्टी पुनर्गठन दिवश देशैभरि मनाउने

Breaking News, राजनीति, समाचार
७ मंसिर काठमाडौँ नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर ८ गते पार्टी पुनर्गठन दिवस देशव्यापी मनाउने भएको छ । आज भन्दा ९ वर्ष अघि तत्कालीन मोहन वैद्य नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट बिद्रोह गरि नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन गरेको दिनलाई स्मरण गर्दै पुनर्गठन दिवस मनाउन लागिएको हो। पुनर्गठन दिवसको सन्दर्भमा विभिन्न कार्यक्रम गरि मनाउने योजना रहेको एक केन्द्रिय सदस्यले जानकारी दिएका छन् । ऐतिहासिक नवौं पार्टी पुनर्गठन दिवस भव्य रूपमा मनाऔँ, एकीकृत जनक्रान्तिको दिशामा अघि बढौँ भन्ने नारासहित आइतबार महासचिव विप्लवको फोटो अंकित पोस्टर सार्वजनिक गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी आफ्नो राजनैतिक कार्यक्रम वैज्ञानिक समाजवाद र सामरिक कार्यक्रम एकीकृत जनक्रान्तिको कार्यदिशाको कार्यान्वयन गर्दै दुई वर्षको प्रतिबन्ध र १२ जना शहिदको बलिदानसहित दलाल पुजिवादी उत्पादन सम्बन्ध सङ्गको...
नेकपा  विप्लव समूहले चुनाव खारेज  गर्ने  ।

नेकपा विप्लव समूहले चुनाव खारेज गर्ने ।

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
              १५ कार्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव विथोल्ने निर्णय गरेको छ । नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको ४ कात्तिकमा बसेको दोस्रो बैठकले चुनाव खारेज गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले जानकारी दिए । चुनाव खारेज अभियान अन्तर्गत देशव्यापी रुपमा भण्डाफोर र प्रचार अभियान चलाउने निर्णय भएको मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित पत्रकार सम्मेलनमा उनले बताए । वैठकले विप्लवका दाजु वीरजंगको मृत्युबारे अध्ययन गर्न पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।...
नेकपाको महासचिवमा पुनः विप्लव निर्वाचित

नेकपाको महासचिवमा पुनः विप्लव निर्वाचित

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
कपिलवस्तु: नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनले सर्वसम्मत पुनः महासचिवमा विप्लवलाई निर्वाचित गरेको छ । महाधिवेशनको बन्दसत्रबाट नयाँ केन्द्रीय समिति १२६ जना निर्वाचित गरेको छ । जसअनुसार ८१ जना पूर्ण केन्द्रीय समिति र ४५ जना वैकल्पिक केन्द्रीय सदस्य गरी १२६ जनाको केन्द्रीय समिति निर्वाचित गरेको हो । महाधिवेशनले ८१ जना पूर्ण केन्द्रीय समितिमा ७८ जना हाललाई निर्वाचित गरेको छ भने ३ जना पछि थपिने छन् । यस्तै ४५ जना वैकल्पिक केन्द्रीय सदस्यहरुमा ४२ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने ३ जना पछि थपिने छन् । यस्तै महाधिवेशनले १३९ सदस्सीय केन्द्रीय प्रतिनिधि समिति पनि निर्वाचित गरेको छ । प्रतिनिधि समितिमा १३२ जना निर्वाचित गरिएको छ भने ७ जना पछि थपिने छन् । नेकपाले केन्द्रीय समिति भन्दा एक तल्लो समिति रहने गरी नयाँ संरचना पनि निमार्ण गरेको छ । पूर्ण केन्द्रीय समिति, वैकल्...