११ कार्तिक २०८१, आईतवार

Tag: बितुसिंह र बिन्दसरा स्मृति प्रतिष्ठान

सहिद तुफानकाे  स्मृति दिवसका दिन सिंहद्वारा-घाेषित छात्रवृत्ति प्रदान

सहिद तुफानकाे स्मृति दिवसका दिन सिंहद्वारा-घाेषित छात्रवृत्ति प्रदान

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
जाजरकोट :महान् सहिद तुफान( गोपाल बहादुर सिंह) को स्मृति दिवसका दिन पूर्णबहादुर सिंह समरजङ्ग ले आफ्ना बुवा बितु सिंह र आमा बिन्दासरा सिंहको नाममा २०७८ सालमा स्थापना गरिएको "बितु सिंह- बिन्दासरा सिंह स्मृति छात्रवृत्ति" श्री जनकल्याण आधारभूत विद्यालय, गुमथले, कुशे-२ का छात्र- छात्रालाई प्रदान गरिएको छ ।आजकै दिन २०५८ मा जनमुक्ति सेना नेपालले अछामको मङ्गलसेन कार्वाहीको क्रममा कमरेड तुफानलगायत दर्जनौं योद्धाहरुले उच्च सहादत प्राप्त गरेका थिए । छात्रवृत्ति सिंहका जेठा दाजु श्री गोरख बहादुर सिंह , बिद्यालयका प्रअ तिलकबहादुर सिंह शिक्षक भक्त बहादुर सिंह , सिता कुमारी सिंह , बिब्यस  अध्यक्ष हरि बहादुर सिंह सहिद तुफान कि आमा तुलसा सिंह लगायतको उपस्थितिमा उक्त बिद्यालयमा अध्यनरत  ८ कक्षाकी उत्कृष्ट छात्रा नमुना  सिंह र जेहेन्दार छात्र कक्षा ५का प्रशान्त सिंह लाई नगद रूपैयाँ पाँच हजारका दरले एक समा...
२०७९ सालको बितु सिंह–बिन्दासरा सिंह छात्रवृत्ति करिष्मा सिंह र युवराज सिंहले पाय

२०७९ सालको बितु सिंह–बिन्दासरा सिंह छात्रवृत्ति करिष्मा सिंह र युवराज सिंहले पाय

Breaking News, शिक्षा, संस्कृति, समाचार
गुमथले, टालेगाउँ (जाजरकोट) : नेकपा (बहुमत) का सचिवालय सदस्य पूर्णबहादुर सिंहद्वारा बाबाआमाको स्मृति र सम्मानमा स्थापित ‘बितु सिंह–बिन्दासरा सिंह छात्रवृत्ति’ यस वर्ष कतिष्मा सिंह र युवराज सिंहले प्राप्त गरेका छन् । आफूले अध्ययन गरेको जनकल्याण आधारभूत विद्यालय कुशे २, गुमथलेमा अध्ययनरत छात्रछात्रामध्ये दुईजना मेधावी छात्रछात्रालाई प्रदान गरिने पाँच-पाँच हजार राशिको छात्रवृत्ति यस वर्षका लागि उक्त विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा करिष्मा सिंह  र कक्षा ८ मै अध्ययनरत छात्र युवराज सिंहले प्राप्त गरेका हुन् । बिन्दासरा सिंहको निधनको आठौँ स्मृति दिवसका सन्दर्भमा विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा बितु सिंह र बिन्दासरा सिंहका जेठा छोरा गोरखबहादुर सिंहले छात्रवृत्ति हस्तान्तरण गरेका हुन् । नेकपा (बहुमत) का सचिवालय सदस्य सिंहले बुबा बितु सिंह र आमा बिन्दासरा सिंहको स्मृति र सम्मानमा ‘बि...