११ श्रावण २०८१, शनिबार

Tag: बाढि पहिराे

अविरल वर्षासंगै आएकाे बाढिले रुकुममा घर बगायाे , एक बालककाे मृत्यु , पाँच जना घाइते

अविरल वर्षासंगै आएकाे बाढिले रुकुममा घर बगायाे , एक बालककाे मृत्यु , पाँच जना घाइते

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
काठमाडौं :रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढी–पहिरोले दुईवटा घर र एउटा टहरा बगाउँदा कम्तिमा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भयका छन ।तीन जना घरभित्रै च्यापिएका छन् । घरभित्रै च्यापिएकाहरुको अवस्था थाहा हुन सकेको छैन ।गएराति गिजा खोलामा आएको बाढीको चपेटामा उनीहरु परेका हुन्। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बखत शाहीले दिएको जानकारी अनुसार घटनामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । मृतकको सनाखत भने भइसकेको छैन ।एक जनाको शव बाहिरै फेला परेको छ । अरु तीन जना घरले च्यापिएको अवस्थामा छन् । घाईते हुनेहरुमा १२ वर्षिय बिनय सार्की, २२ वर्षिया मनिषा पुन, २ वर्षिय जनक खत्री, ६ वर्षिया मनसरी पुन, चार वर्षिय मेक्सन पुन, २८ वर्षिया धनमाया पुन र ६५ बर्षिया कल्पना कामी रहेका छन् । आठबिसकोट नगरपालिका वडा नम्बर ११ स्थित धुर्सेनी बस्ती पनि...
जाजरकोट ,नलगाड १ कल्पतमा पहिराेले गाेठ बगायाे, गाई गाेरु मरे र केही घाईते

जाजरकोट ,नलगाड १ कल्पतमा पहिराेले गाेठ बगायाे, गाई गाेरु मरे र केही घाईते

Breaking News, अर्थवाणिज्य, कृषि, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट । नलगाड नगरपालिका वडा न १ कल्पतमा पहिरोले ठुलाे धन जनकाे क्षति गरेकाे  छ । आईतबार गाउँ माथि बाट आएको पहिरोले गाउँमा ठूलो क्षति पुर्याएको हो । नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीका अनुसार आईतबार आएको पहिरोले स्थानीय पृथ्वीबहादुर पुनको १ वटा गोरु र एउटा गाईको पहिरोमा पुरियका  छन् भने अन्य ५ वटा गाईगोरुहरु घाइते भएका छन् । भिमदल चनाराको घोडा र भैसी घाईते भएका छन् । प्रकाश पुनका दुई वटा गोरु घाइते भएको अधिकृत गिरीले बताए । यस्तै, स्थानीय लालबहादुर बुढा र बलराम पुनको घरमा क्षति पुगेको छ । घाइते गोरुहरुको उपचारमा डाक्टरहरु खटिएको बताईएको छ । क्षति कति भयो, एकीन विवरण पेश गर्न सम्बिन्धित वडाध्यक्ष र वडा सचिवलाई सामाजिक सञ्जालमा अधिकृत गिरीले आग्रह गरेका छन् । गाउँ नै पहिरोको ठूलो त्रासमा रहेको छ ।...
ताप्लेजुङमा बाढीले ३ घर बगायो, दोभान बजार जोखिममा

ताप्लेजुङमा बाढीले ३ घर बगायो, दोभान बजार जोखिममा

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
ताप्लेजुङ । अबिरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित आङ्खोपमा तीन घर बगाएको छ । शनिबार राति इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको स्थानीय शिक्षक चैतन्य बुढाथोकीले जानकारी दिए । उनका अनुसार सोही क्षेत्रका डिल्ली सेलिङ, रामबहादुर सेलिङ र मीन बुढाथोकीको घर जोखिममा छन् । वर्षासँगै आएको बाढी बस्तीतर्फ पसेपछि घर छाडेर सुरक्षित क्षेत्रमा सरेकाले मानवीय क्षति भएको छैन । बाढीले इङ्वाखोला जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ । खोला किनारको खेतीयोग्य जमिनसमेत बगाएको छ भने केही पशुचौपायासमेत बगाएको जनाइएको छ । यसैगरी मैवाखोलामा आएको बाढीले दोभानबजार जोखिममा परेको छ । बाढीले बजार क्षेत्र कटान गरेपछि दुई घर उच्च जोखिममा रहेको स्थानीय प्रदीप पोखरेलले बताए । उनका अनुसार दीपक धिताल र सुकबहादुर लिम्बूको घर उच्च जोखिममा छन् । बाढी सामा...