७ असार २०८३, आईतवार

Tag: प्रधानमन्त्री

नेपाल-भारतबीचको सदियौँ पुरानो र घनिष्ठ सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाउने बारे छलफल भयो : प्रधानमन्त्री दाहाल

नेपाल-भारतबीचको सदियौँ पुरानो र घनिष्ठ सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाउने बारे छलफल भयो : प्रधानमन्त्री दाहाल

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । भारत भ्रमण पछि प्रधानमन्त्रीले गरेकाे सम्बाेधन : उपस्थित सञ्चारकर्मी मित्रहरू 1. मित्रराष्ट्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केको छु। 2. भ्रमणका अवसरमा भएका द्विपक्षीय भेटघाट एवं कार्यक्रमहरूका बारेमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीबाट जारी प्रेस विज्ञप्ति र भ्रमण दलमा रहेका सञ्चारकर्मी मित्रहरुबाट सम्प्रेषित समाचार मार्फत यहाँहरू अवगत नै हुनुहुन्छ। 3. भ्रमणका दौरान भारतका महामहिम राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु, उपराष्ट्रपति श्री जगदीप धनखड सँग मैले शिष्टाचार भेट गरेँ। भेटका क्रममा नेपाल भारतबीचको सदियौँ पुरानो र घनिष्ठ सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाउने बारे छलफल भयो। 4. भ्रमणको महत्वपूर्ण पक्षको रुपमा भारतीय प्रधानमन्त्री महामहिम श्री नरेन्द्र ...
चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता

चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं ।चार दिने भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार साँझ स्वदेश फर्किएका छन् । शनिबार साँझ उनी नेपाल वायु सेवा निगमको विमानबाट काठमाडौं आएका हुन् । गत बुधबार भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा ऊर्जा ब्यापार सम्झौतालगायत विभिन्न सम्झौता तथा समझदारी भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनले प्रतिनिधिमण्डलस्तर र वान अन वान पनि भेटवार्ता गरेका थिए । त्यस्तै उनले भारतको इन्दोरमा फोहोर व्यवस्थापन प्रणालीको पनि अवलोकन गरेका थिए । प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा नेपाली समुदायसँग भेट गर्नुका साथै भारतका निजी क्षेत्रका प्रतिनिधिसँग पनि भेटवार्ता गरेका थिए ।  ...
दुई प्रधानमन्त्री दाहाल र माेदि बिच आज भेटवार्ता हुने

दुई प्रधानमन्त्री दाहाल र माेदि बिच आज भेटवार्ता हुने

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् । आज बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ताको कार्यसूची तय भएको छ । कार्यसूची अनुसार दुई समकक्षीबीच आधा घण्टा भेटवार्ता हुने बताएको छ। त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुनेछन् । प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि आजै भेटवार्ता गर्ने कार्यसूची छ । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ । ...
राष्ट्रिय हित ,र स्वाधीनतामा घात हुने कुनै सम्झाैता हुदैन : प्रधानमन्त्री  दाहाल

राष्ट्रिय हित ,र स्वाधीनतामा घात हुने कुनै सम्झाैता हुदैन : प्रधानमन्त्री दाहाल

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहालले निकट समयमा हुने आफ्नो भारत भ्रमणमा नेपालको राष्ट्रिय हित, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता नहुने बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा प्रतिनिधिसभा सदस्य रघुजी पन्तले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा देशको राष्ट्रिय हित, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता हुन नदिने बताएका हुन् । उनले भने, ‘म के विश्वास दिलाउन चाहान्छु भने नेपालको राष्ट्रिय हित, नेपालको राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता या कुनै किसिमको भ्रम पर्न दिइनेछैन।’ उनले आफूहरु नेपालको एक इन्च जमिन पनि छोड्न नसक्ने स्पष्ट पार्दै सोही मान्यताभित्र रहेर भारतसँग कुराकानी हुने बताए । उनले ईपिजी प्रतिवेदन बुझ्ने, नबुझ्ने सम्बन्धमा भने भ्रमण अघि केही भन्न नसकिने बताए । उनले भने...
प्रधानमन्त्रीले बाेलाय संबैधानिक परिषद्को बैंठक

प्रधानमन्त्रीले बाेलाय संबैधानिक परिषद्को बैंठक

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार ९ बजे सिंहदरबार बस्ने गरि संवैधानिक परिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीकाे सचिवालय स्रोतले जनाएको अनुसार उक्त बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने तयारी रहेको स्रोतको भनाइ छ । चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की रहेका छन् । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन् । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि बस्ने संवैधानिक परिषदको बैठकमा भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सदस्य रहनेछन् । हाल कानुनमन्त्री पद पनि रिक्त छ ।...
आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा प्रेरणा लिन सक्ने परियोजना  समेटिने : प्रधानमन्त्री प्रचण्ड

आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा प्रेरणा लिन सक्ने परियोजना समेटिने : प्रधानमन्त्री प्रचण्ड

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भविष्यमा प्रेरणा लिन सक्ने परियोजना आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा समेटिने बताएका छन् । सोमबार नेपाल चेम्बर अफ कमर्शको ७२ औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बजेटमार्फत् केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाउने योजना रहेको बताएका हुन् । परम्परागत सोच, नीति, कार्यक्रम र बजेटबाट मुलुकको समृद्धि सम्भव छैन भन्नेमा सरकार स्पष्ट छ’ प्रचण्डले भनेका छन्, ‘सरकारले यसपटक नयाँ, गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य गरिरहेको छ, जसबाट मुलुकको विकास र समृद्धिमा गुणात्मक योगदान दिन सकियोस्, भविष्यमा आउने सरकारहरूले समेत त्यसबाट प्रेरणा लिन सकून् ।’ प्रधानमन्त्री प्रचण्डले सम्बाेधन गरेकाे पुर्ण पाठ : १. सर्वप्रथम म नेपाल चेम्बर अफ कमर्शको यो वार्षिक साधारणसभाको अवसरमा चेम्बरका ...
प्रधानमन्त्री प्रचण्डलाई  सर्बोच्चमा भयकाे रिट बारे बारकाे असन्तुष्टि

प्रधानमन्त्री प्रचण्डलाई सर्बोच्चमा भयकाे रिट बारे बारकाे असन्तुष्टि

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
 काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएकाेमा असन्तुष्टि जनाएको छ । मंगलबार बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले जारी गरेको विज्ञप्तिमा संक्रमणकाली न्यायसम्बन्धी विवाद निरुपणका लागि संविधान अनुसार गठन भएका आयोग र न्यायिक निकायले आआफ्नो दायित्व निर्वाह गरी काम गर्ने भन्दै ती निकाय प्रभावित हुने गरी गतिविधि नगर्न आह्वान गरिएको छ । शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्‍याउने उद्देश्यले सत्य निरुपाण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठन भई उनीहरुले आफ्नो क्षेत्राधिकार अन्तर्गतको काम गरिरहेको पनि बारले जनाएको छ । शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याउने र पीडितलाई उचित न्याय प्रदान गर्न नेपाल सरकार र गठित आयोगहरु नै जिम्मेवार हुन जरुरी छ’ विज्ञप्तिमा भनिएक...
१२ बुद्धे देखिका शक्ति हरु एक हुनुपर्छ : प्रधानमन्त्री

१२ बुद्धे देखिका शक्ति हरु एक हुनुपर्छ : प्रधानमन्त्री

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ।प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले बाह्रबुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्ति फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताएका छन्। मंगलबार  दिउँसो कास्कीको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन्। प्रदेश बैठकलाई सम्बोधन गर्दै उनले भने, “मुलुक राजनीतिक र आर्थिकरूपले अप्ठ्यारो परिस्थितिमा छ। राजनीतिमा दूषित हावा देखिएको छ, अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ। १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन जुन शक्ति एक ठाउँ उभिएका थिए, फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ। राष्ट्रिय सहमतिमार्फत् मुलुकका समस्या समाधान गर्नुपर्छ। राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय स...
विदाहरु धेरै भए, पुनर्विचार आवश्यक छ : प्रधानमन्त्री

विदाहरु धेरै भए, पुनर्विचार आवश्यक छ : प्रधानमन्त्री

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
२४ माघ काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताउनुभएको छ। मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रा सरकारी विदाहरू धेरै भए। यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ। यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौँ। गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ।” प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे समेत थप छलफल आवश्यक भएको बताउनुभएको छ। उहाँले भन्नुभयो, “हामीले गणतन्त्र दिवस मनाउँछौँ, प्रजातन्त्र दिवस मनाउँछौँ, लोकतन्त्र दिवस मनाउँछौँ...
नेकपा बहुमतले बुझायाे प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

नेकपा बहुमतले बुझायाे प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
६ माघ काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको छ। नेता बास्तोलाको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री दाहाललाई विभिन्न मागसहितको ध्यानाकर्षण पत्र बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीसमक्ष बुझाइएकाे ध्यानाकर्षण पत्रमा राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरिएको छ। ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ध्यानाकर्षण गराएकोमा बास्तोला नेतृत्वको टोलीलाई धन्यवाद दिँदै सरकारको न्यूनतम साझा कार्यक्रममा ज्ञापनपत्रमा उठाइएका अधिकांश विषय समेटिएको बताए। ‘राष्ट्रिय पुँजीको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकार प्रतिबद्ध छ। अहिलेको परिस्थितिमा कसरी अधिकतम काम गर्न सकिन्छ भन्नेमा चनाखो छु’ प्रधानमन्त्री दाहालले भने, ‘जनयुद्ध, थारु, मधेस लगायत  विभि...