२३ भाद्र २०८१, आईतवार

Tag: प्रधानमन्त्री

आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा प्रेरणा लिन सक्ने परियोजना  समेटिने : प्रधानमन्त्री प्रचण्ड

आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा प्रेरणा लिन सक्ने परियोजना समेटिने : प्रधानमन्त्री प्रचण्ड

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भविष्यमा प्रेरणा लिन सक्ने परियोजना आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा समेटिने बताएका छन् । सोमबार नेपाल चेम्बर अफ कमर्शको ७२ औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बजेटमार्फत् केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाउने योजना रहेको बताएका हुन् । परम्परागत सोच, नीति, कार्यक्रम र बजेटबाट मुलुकको समृद्धि सम्भव छैन भन्नेमा सरकार स्पष्ट छ’ प्रचण्डले भनेका छन्, ‘सरकारले यसपटक नयाँ, गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य गरिरहेको छ, जसबाट मुलुकको विकास र समृद्धिमा गुणात्मक योगदान दिन सकियोस्, भविष्यमा आउने सरकारहरूले समेत त्यसबाट प्रेरणा लिन सकून् ।’ प्रधानमन्त्री प्रचण्डले सम्बाेधन गरेकाे पुर्ण पाठ : १. सर्वप्रथम म नेपाल चेम्बर अफ कमर्शको यो वार्षिक साधारणसभाको अवसरमा चेम्बरका ...
प्रधानमन्त्री प्रचण्डलाई  सर्बोच्चमा भयकाे रिट बारे बारकाे असन्तुष्टि

प्रधानमन्त्री प्रचण्डलाई सर्बोच्चमा भयकाे रिट बारे बारकाे असन्तुष्टि

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
 काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएकाेमा असन्तुष्टि जनाएको छ । मंगलबार बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले जारी गरेको विज्ञप्तिमा संक्रमणकाली न्यायसम्बन्धी विवाद निरुपणका लागि संविधान अनुसार गठन भएका आयोग र न्यायिक निकायले आआफ्नो दायित्व निर्वाह गरी काम गर्ने भन्दै ती निकाय प्रभावित हुने गरी गतिविधि नगर्न आह्वान गरिएको छ । शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्‍याउने उद्देश्यले सत्य निरुपाण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठन भई उनीहरुले आफ्नो क्षेत्राधिकार अन्तर्गतको काम गरिरहेको पनि बारले जनाएको छ । शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याउने र पीडितलाई उचित न्याय प्रदान गर्न नेपाल सरकार र गठित आयोगहरु नै जिम्मेवार हुन जरुरी छ’ विज्ञप्तिमा भनिएक...
१२ बुद्धे देखिका शक्ति हरु एक हुनुपर्छ : प्रधानमन्त्री

१२ बुद्धे देखिका शक्ति हरु एक हुनुपर्छ : प्रधानमन्त्री

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ।प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले बाह्रबुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्ति फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताएका छन्। मंगलबार  दिउँसो कास्कीको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन्। प्रदेश बैठकलाई सम्बोधन गर्दै उनले भने, “मुलुक राजनीतिक र आर्थिकरूपले अप्ठ्यारो परिस्थितिमा छ। राजनीतिमा दूषित हावा देखिएको छ, अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ। १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन जुन शक्ति एक ठाउँ उभिएका थिए, फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ। राष्ट्रिय सहमतिमार्फत् मुलुकका समस्या समाधान गर्नुपर्छ। राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय स...
विदाहरु धेरै भए, पुनर्विचार आवश्यक छ : प्रधानमन्त्री

विदाहरु धेरै भए, पुनर्विचार आवश्यक छ : प्रधानमन्त्री

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
२४ माघ काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताउनुभएको छ। मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रा सरकारी विदाहरू धेरै भए। यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ। यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौँ। गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ।” प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे समेत थप छलफल आवश्यक भएको बताउनुभएको छ। उहाँले भन्नुभयो, “हामीले गणतन्त्र दिवस मनाउँछौँ, प्रजातन्त्र दिवस मनाउँछौँ, लोकतन्त्र दिवस मनाउँछौँ...
नेकपा बहुमतले बुझायाे प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

नेकपा बहुमतले बुझायाे प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
६ माघ काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको छ। नेता बास्तोलाको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री दाहाललाई विभिन्न मागसहितको ध्यानाकर्षण पत्र बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीसमक्ष बुझाइएकाे ध्यानाकर्षण पत्रमा राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरिएको छ। ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ध्यानाकर्षण गराएकोमा बास्तोला नेतृत्वको टोलीलाई धन्यवाद दिँदै सरकारको न्यूनतम साझा कार्यक्रममा ज्ञापनपत्रमा उठाइएका अधिकांश विषय समेटिएको बताए। ‘राष्ट्रिय पुँजीको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकार प्रतिबद्ध छ। अहिलेको परिस्थितिमा कसरी अधिकतम काम गर्न सकिन्छ भन्नेमा चनाखो छु’ प्रधानमन्त्री दाहालले भने, ‘जनयुद्ध, थारु, मधेस लगायत  विभि...
नागरिकहरुले पायकाे सास्तीमा सुधार गर्न प्रधानमन्त्रीका ३० बुँदे निर्देशन :

नागरिकहरुले पायकाे सास्तीमा सुधार गर्न प्रधानमन्त्रीका ३० बुँदे निर्देशन :

अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, समाचार
२० पुस काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेवाप्रवाहमा सुधार ल्याउन सचिवहरूलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुई दिन चलेको छलफलपछि प्रधानमन्त्रीले जनसरोकार र सार्वजनिक सेवामा गुनासो नआउने गरी काम गर्न सरकारका ७३ सचिवहरूलाई ३० बुँदे निर्देशन दिएका हुन् । नागरिकले  आधारभूत रुपमा  पाएको सास्तीलाई तत्काल सुधार गर्नुपर्ने उनको भनाइ थियो । बैठकमा सबै मन्त्रालय तथा निकायका सचिव उपस्थित थिए । सचिव नभएकामा निमित्तले उपस्थिति जनाएका थिए । मंगलबारको बैठकमा राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, विभिन्न संवैधानिक अंग र निकायका सचिवहरू तथा प्रदेशका प्रमुख सचिवहरूले प्रस्तुति दिएका थिए । गम्भीर समस्यालाई पनि सामान्य तरिकाले र अवस्था सामान्य रहेको ढंगले सचिवहरूले प्रस्तुति गरेको भन्दै त्यसप्रति प्रचण्डले असन्तुष्टि प्रकट गरे । सच...
प्रधानमन्त्री कपको तयारी पूरा, विजेतालाई १० लाख

प्रधानमन्त्री कपको तयारी पूरा, विजेतालाई १० लाख

Breaking News, खेल, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही कात्तिक १३ देखि २६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा प्रधानमन्त्री कप क्रिकेट हुँदैछ । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले प्रतियोगिताको लागि सबै तयारी पूरा भएको बताए । यसअघि कात्तिक १२ गतेदेखि नै सुरु गर्ने भनिएपनि चाडपर्वले गर्दा प्रतियोगिता एक दिन पछि सुरु हुने भएको हो । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम गरी कूल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । दुवै समूहको लिग खेलपछि शीर्ष दुई-दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल विजेता दुई टिमबीच कात्तिक २६ गते त्रिवि क्रिकेट ...
भारतीय मूलका ऋषि सुनक बन्ने भए बेलायतका नयाँ प्रधानमन्त्री

भारतीय मूलका ऋषि सुनक बन्ने भए बेलायतका नयाँ प्रधानमन्त्री

Breaking News, अन्तर्राष्ट्रिय, चुनाव, राजनीति, विगन्यूज, समाचार
७ कात्तिक, काठमाडौं । बेलायतको प्रधानमन्त्री ऋषि सुनक बन्ने भएका छन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि उनीसँग प्रतिस्पर्धामा रहेकी पेनी मोर्डन्टले दलको नेतामा उम्मेदवारी फिर्ता लिएपछि सुनक प्रधानमन्त्री बन्ने पक्का भएको हो । लिज ट्रसले राजीनामा दिएपछि सुरु भएको सत्तारुढ कन्जरभेटिभ पार्टीमा दलको नेताको खोजी सुरु भएको थियो । मोर्डन्टले पूर्व वित्तमन्त्रीसमेत रहेका ४२ वर्षका सुनकलाई आफ्नो सहयोग रहने बताएकी छन् । को हुन् ऋषि ? भारतीय मूलका ऋषि प्रधानमन्त्री पदमा पुगेसँगै धेरैवटा रेकर्ड राखेका छन् । भारतीय मूलका मात्र हैन, एशियाली मुलकै पहिलो बेलायती प्रधानमन्त्री हुन् ऋषि त्यतिमात्र हैन, बेलायतको उच्च पदमा पुग्ने पहिलो हिन्दु पनि ऋषि नै हुन् । उनका अभिभावक अफ्रिका हुँदै बेलायत आएका भारतीय मूलका आप्रवासी हुन् । सन् १९८० मे १२ मा इंल्याण्डको साउथह्याम्टनमा जन्मेका ऋषिले अक...
पाकिस्तानमा इमरान खानले ५ वर्षसम्म चुनाव लड्न नपाउने

पाकिस्तानमा इमरान खानले ५ वर्षसम्म चुनाव लड्न नपाउने

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, विगन्यूज, समाचार, सुचना संचार
४ कात्तिक, काठमाडौं । पाकिस्तानको निर्वाचन आयोगले त्यहाँका पूर्व प्रधानमन्त्री इमरान खानलाई ५ वर्षसम्म चुनाव लड्न अयोग्य घोषित गरेको छ । सत्तामा रहँदा लिएका उपहारका बारेमा गलत जानकारी दिएको भन्दै आयोगको ५ सदस्यीय बेञ्चले उनलाई चुनाव लड्न अयोग्य घोषित गरेको हो । प्रधानमन्त्री शहबाज शरीफको दल  मुस्लिम लीग (नवाज) का नेता बैरिस्टर मोहसिन नवाज रांझाले संविधान को धारा ६३ (२) को मातहत इमरान खानले उपहारबारे ढाँटेको भन्दै  संघीय संसदका सभामुख समक्ष उनीविरुद्ध उजुरी गरेका थिए । इमरानले प्रधानमन्त्री हुँदा उपहार लिएको तर उनले निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरणमा त्यसलाई समावेश नगरेको आरोप रांझाले लगाएका थिए ।...