११ श्रावण २०८१, शनिबार

Tag: पार्टी एकता

वैद्य र शन्त बहादुर नेपालीको पार्टी बिच एकता, पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रहने

वैद्य र शन्त बहादुर नेपालीको पार्टी बिच एकता, पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रहने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र शन्त बहादुर नेपाली नेतृत्वको नेकपा मशाल बिच पार्टी एकता सम्पन्न भयकाे छ । बुधबार मई १ अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन काठमाडौंमा दुई पार्टी बिच एकता भई पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रहने घाेषणा गरियकाे छ। एकता अधिवेशनबाट पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन र विधान पारित गरिएको छ । पार्टीको नेतृत्वमा संयोजक र सहसंयोजक रहने प्रणाली बनाएको छ । एकता अधिवेशनले नव गठित पार्टीको संयोजकमा मोहन वैद्य किरण, बरिष्ठ नेतामा सिपी गजुरेल र सहसंयोजकमा सन्तबहादुर नेपाली र धर्मेन्द्र बास्तोला रहने सहमतिलाई पनि पारित गरेको छ । एकता अधिवेशनले २५ जनाको कार्यालय सदस्य , १०८ जनाको सचिवालय र ३१९ जनाको एकता महाधिवेशन आयोजक समिति बनाएको छ भने कार्यालय सदस्यहरुबाट सात जना रहेको ‘कार्य सम्पादन मण्डल’ पनि बनाएको छ ...
प्रचण्ड र बाबुराम  पार्टी एकताको प्रयासमा

प्रचण्ड र बाबुराम पार्टी एकताको प्रयासमा

Breaking News, राजनीति, विचार
काठमाडौं ।पुष्पकमल दाहाल "प्रचण्ड" नेतृत्वको नेकपा  (माओवादी केन्द्र) र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकताका लागि छलफल भएको छ ।गत वर्ष चुनाव अघि नै एकता गर्ने राजनीतिक सहमति गरेर नेसपाका अध्यक्ष भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन क्षेत्र (गोरखा-२) छाडे पनि ठोस प्रगति हुन सेकेको थिएन।आइतबार माओवादीका वार्ता समिति संयोजक कृष्णबहादुर महरा र नेसपाका वार्ता समिति संयोजक गंगानारायण श्रेष्ठबीच पार्टी एकताका विषयमा औपचारिक कुराकानी भएको हो । छलफलपछि जारी विज्ञप्तिमा उनीहरुले पार्टी एकताका लागि पार्टी एकताका लागि ठोस रुपमा अघि बढ्न सुझाव दिने निर्णय गरेको जानकारी दिए । विज्ञप्तिमा भनिएको छ,‘बैठकमा पार्टी एकताको लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने साथै उक्त पार्टी एकता संयोजन समितिल...
नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादीले पार्टी एकताका लागि गरे पत्रकार सम्मेलन

नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादीले पार्टी एकताका लागि गरे पत्रकार सम्मेलन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार, सुचना संचार
काठमाडौं । माओवादी घटकका दुई कम्युनिस्ट पार्टी नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)ले शुक्रबार काठमाडौंकाे अनामनगरमा रहेकाे कृष्ण सेन इच्छुक प्रतिष्ठानको सभा हलमा संयुक्त रूपमा पत्रकार सम्मेलन गरि दुई पार्टीका बीचमा एकता गर्ने निर्णय गरेका छन । पत्रकार सम्मेलनमा नेकपा (मशाल) सँग पनि एकताको लागि वार्ता जारी रहेको र निकट भविष्यमा यस मशालसँग पनि एकता हुने बताइएको छ । पार्टी एकताको आधारहरू मार्क्सवाद–लेनिनवाद–माओवादको मार्ग निर्देशक सिद्धान्त, नयाँ जनवादी क्रान्तिको आम कार्यक्रम र वैज्ञानिक समाजवादको आधारभूत कार्यक्रम रहेको जनाइएको छ । त्यस्तै क्रान्तिमा बल प्रयोगको अनिवार्य भूमिका, जनवादी केन्द्रीयताको सङ्गठन सञ्चालन पद्धति, वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको अन्त्य लगायत पार्टी एकताका आधारहरू रहेको नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले बताए । उनले, ‘आजको ...
नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादी पार्टीले आगामी चैत २४ मा पार्टी एकता गर्ने

नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादी पार्टीले आगामी चैत २४ मा पार्टी एकता गर्ने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं । धर्मेन्द्र बास्तोला कन्चन नेतृत्वको  नेकपा (बहुमत)र माेहन वैद्य किरण नेतृत्वको  नेकपा क्रान्तिकारी माओवादीले पार्टीले पार्टी  एकता गर्ने निर्णय गरेका छन् ।  महासचिव मोहन वैद्य ‘किरण’ र संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहितको वार्ता टोलीकाे अन्तिम बैठकले यहि चैत्र २४ गते जनआन्दोलन दिवशका दिन  सहिद इच्छुक प्रतिष्ठानकाे कार्यालयमा एक भब्य पत्रकार सम्मेलन गरि पार्टी एकता गर्ने निर्णय गरेकाे बहुमतका युवा  नेता पुर्ण बहादुर सिंह समरजंग ले जानकारी दिए । दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन दुई पार्टीका ६/६ जना गरी १२ सदस्यीय संयोजन समिति गठन गरेको थियोे । सहमतिपछि जारी संयुक्त वक्तव्यमा किरण र कन्चनले एकता प्रक्रियामा  सामेल हुन पार्टी संगठन र नेता-कार्यकर्तालाई आह्वानसमेत गरेका थिए । लामाे छलफल पश्चात पार्टी  एकतामा पुगेकाे नेताहरुकाे भनाइ छ । समितिमा  धर्मे...
नेकपा र मासपा बिच पार्टी एकता हुने

नेकपा र मासपा बिच पार्टी एकता हुने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौ/ नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी बिच पार्टी एकता हुने भएको छ।महासचिव विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी (शुसिल) नेतृत्वको माओवादी समाजवादी पार्टी बिच चैत १ गते एकताको घोषणा गर्ने कार्यक्रम रहेको नेकपा स्थायी समिति सदस्य अनिल शर्मा बिरहीले जानकारी दिएका छ्न। काठमाडौको कमलादीस्थित प्रज्ञाभवनमा दिउँसो २ बजे पत्रकार सम्मेलन गरि एकताको घोषणा गर्ने जानकारी दिइएको छ। बिचार, राजनीति , कार्यदिशा, संगठन र बर्तमान परिस्थितिको मुल्यांकनमा समान धारणा र बुझाई रहदै आएका यी दुई पार्टी बिच विगतमा सहकार्य र कार्यगत एकता हुँदै आएको थियो।...