११ श्रावण २०८१, शनिबार

Tag: पदाधिकारी

नेपाल उद्योग महासंघको अध्यक्षमा ढकाल र उपाध्यक्षमा श्रेष्ठ र वैद्य निर्वाचित

नेपाल उद्योग महासंघको अध्यक्षमा ढकाल र उपाध्यक्षमा श्रेष्ठ र वैद्य निर्वाचित

Breaking News, अर्थवाणिज्य, चुनाव, निर्वाचन, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको छ । अध्यक्षमा चन्द्रप्रसाद ढकाल र वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधानका कारण ढकाल अध्यक्ष भएका हुन् । नयाँ नेतृत्वले सपथग्रहण गरिसकेको छ । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मतभार नकटाएपछि अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः चुनाव हुने तयारी हुँदै थियो । तर, दुई उम्मेदवारलाई राखेर अध्यक्ष, पूर्व अध्यक्षहरूले छलफल गरी सर्वसम्मत नेतृत्व चयन गरेका हुन् । उमेशलालकै समर्थनमा अञ्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा निर्वाचत भएका हुन् । अञ्जन तीन वर्षपछि महासंघको अध्यक्ष बन्ने छन् । महासंघको विधानअनुसार ५० प्रतिशत मतभार कटाउन नसकेपछि रामचन्द्र संघई मैदानबाट बाहिरिएका थिए । सबै मतभारलाई १०० प्रतिशत मानेर ५० प्रतिशत बढी मत प्राप्त गर्ने वरिष्ठ उपाध्यक्षमा ...
माओवादी केन्द्र  पदाधिकारीकाे बैठक बस्दै ।

माओवादी केन्द्र पदाधिकारीकाे बैठक बस्दै ।

Breaking News, राजनीति, समाचार
११ पुस, काठमाडौं । सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार बैठकमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरुबारे छलफल हुनेछ । माओवादी केन्द्रको बैठकलगत्तै ११ बजे सत्ता गठबन्धन (प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका दलहरु)को बैठक बोलाइएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आइतबार प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । त्यसै विषयमा सत्ता गठबन्धनको बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।  ...