४ कार्तिक २०८२, मंगलवार

Tag: नारायणगढ – मुग्लिन सडक

पहिराेका कारण मुग्लिन- नागढुङ्गा सडक अवरुद्ध

पहिराेका कारण मुग्लिन- नागढुङ्गा सडक अवरुद्ध

Breaking News, माैसम, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं : मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको छ भयपछि बाटाे बन्द भएको छ । आज बिहान खसेको पहिरोको कारण पृथ्वी राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको प्रहरी कार्यालय धादिङले जनाएको छ । पानी परिरहेको र ढुङ्गा–माटो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको बताइएको छ । बाटो दुईतर्फी अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन। मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो जाँदा सडक एकतर्फी संचालनमा रहेको छ। तुईन खोला पुल नजिकै पहिरो जाँदा सवारी आवागमन एकतर्फी भएको सडक डिभिजन भरतपुरले जानकारी दियो । वैकल्पिक मार्गको प्रयोग गरेर यात्रा गर्न र अत्यावश्यक नभई यात्रामा ननिस्कन प्रहरीले आग्रह गरेको छ ।  ...
नारायणगढ- मुग्लिन सडक खण्डको सिमतालबाट टृक त्रिशूलीमा खस्याे

नारायणगढ- मुग्लिन सडक खण्डको सिमतालबाट टृक त्रिशूलीमा खस्याे

Breaking News, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :नारायणगढ- मुग्लिन सडकखण्डको सिमलताल भन्ने ठाउँबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले दिएको जानकारी अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको हो ।यसअघि, असार २८ गते सिमलताल क्षेत्रबाट दुईवटा बस त्रिशूली नदीमा खसेका थिए । बसका ६२ जना यात्रुहरुमध्ये २४ जनाको मात्र शव भेटिएको थियो । ट्रक त्रिशूली नदीमा पुग्नबाट भने जोगिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।...
बाढी- पहिराेमा ज्यान गुमाउने प्रति, श्रमिक कम्युनिस्ट पार्टीको शाेक वक्तव्य

बाढी- पहिराेमा ज्यान गुमाउने प्रति, श्रमिक कम्युनिस्ट पार्टीको शाेक वक्तव्य

Breaking News, माैसम, यातायात, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : श्रमिक कम्युनिस्ट पार्टी, नेपालले भिषण वर्षा र बाढि पहिराेमा परि २९ गते राति ३:३० मा नारायणगढ - मुग्लिन सडक खण्डको सिमतालमा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली र घाइतेहरुकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दै एक शाेक वक्तव्य जारि गरेकाे छ । शुक्रबार पार्टीका संयोजक पुर्ण बहादुर सिंह "समरजंग"द्वारा हस्ताक्षरित वक्तव्यमा भनियकाे छ, -देशका विभिन्न स्थानमा भारी वर्षाका कारण बाढी - पहिराे र दुर्घटनाबाट ठुलाे जन-धनकाे क्षति भयकाे छ।आज देश शाेकाकुल र स्तब्ध छ,नारायणगढ - मुग्लिन सडक खण्डको सिमतालमा पहिराेले दुईवटा (गाैर जाँदै गरेकाे गणपति डिलक्स र विरगन्ज- काठमाडौं चल्ने एन्जल) बस बगायर लगभग ६५ जना बेपत्ता भयका छन्। श्रमिक कम्युनिस्ट पार्टी नेपाल देशभर भयका घटनामा ज्यान गुमाउने सबै प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछ। घाइतेहरुकाे शिघ्र स्वास्थ लाभकाे कामना तथा शाेकाकुल परिवारजनमा गह...