११ श्रावण २०८१, शनिबार

Tag: नवलपुर

नवलपुरमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते,

नवलपुरमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते,

Breaking News, समाचार
२२ मंसिर, नवलपुर । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर) जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान बस र ट्रक ठोक्किँदा १७ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर छ । बागलुङबाट भैरहवा जाँदै गरेको लु १ ख ४६७० नम्बरको बस र लु २ ख ८९३ नम्बरको ट्रक आज बिहान ५ बजे ठोक्किएका थिए । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसार घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ । बसमा ३० जना यात्रु थिए । अन्य यात्रुहरु सकुशल रहेको पाठकले बताए । ...
नवलपुर  बस दुर्घटना ५ जनाकाे मृत्यु २९ जना घाइते :

नवलपुर बस दुर्घटना ५ जनाकाे मृत्यु २९ जना घाइते :

Breaking News, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१३ कात्तिक, काठमाडौं । पाल्पाबाट मनकामना दर्शनको लागि जादै गरेका दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ । पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व (नवलपुर)को बुलिङटारमा आज बिहान करिब चार बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा रम्भा गाउँपालिका-१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका-९ बेलचौरकी वर्ष ४५ की फूलमाया माझी रहेकी छन् । उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिए । दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि चितवनको भरतपुर पठाइएको डिएसपी पाठकले जानकारी दिए । घाइतेको नामावली : १)    बस चालक, पाल्पा रामपुर न.पा.३ गण्डकी ढिक बस्ने वर्ष २९ का ...
नवलपुरमा नेकपा (बहुमत) का नेताकार्यकर्ताहरु धान काटेर श्रमदान गर्दै

नवलपुरमा नेकपा (बहुमत) का नेताकार्यकर्ताहरु धान काटेर श्रमदान गर्दै

Breaking News, मनाेरन्जन, माैसम, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार, सुचना संचार
  नवलपुर :देशभर नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का नेता कार्यकर्ताहरू जनताहरूसँगै श्रमदानमा जुटिरहेका छन् । यसैक्रममा नेकपा (बहुमत) नवलपुरका नेता कार्यकर्ताहरू एक बिघा खेतमा रोपेको धान बाली काटेर श्रमदान गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवलपुर जिल्ला इन्चार्ज बन्दना, संयोजक बिशालको विशेष उपस्थितिमा युवा, विद्यार्थी र जिल्लाका सबै नेताकार्यकर्ताहरू धान काटेर श्रमदान गरेका छन् । उत्पादनको नीतिअनुसार नवलपुरले एक बिघा खेतमा धान रोपाइँ गरेको थियो । नेकपा (बहुमत) ले पछिल्लो समय उत्पादन कार्यमा देशभर तीब्र बनाइरहेको बेला मङ्गलबार नवलपुर जिल्लामा एक बिघा खेतमा धान काटेर श्रमदान गरेको जिल्ला इन्चार्ज बन्दनाले जानकारी दिए । ...