११ कार्तिक २०८१, आईतवार

Tag: जाजरकोट अस्पताल

जाजरकोटमा चट्याङ् लागेर एक महिलाको ज्यान गयाे

जाजरकोटमा चट्याङ् लागेर एक महिलाको ज्यान गयाे

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट :चट्याङ् लागेर भेरी नगरपालिका–२ पोखराकी एक महिलाको मृत्यु भएको छ । चट्याङले घाइते महिलालाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याई सकेपछि मृत्यु भएको हो । सनिबार बेलुका ५:४५ बजेतिर घर नजिकै परेको चट्याङले भेरी नगरपालिका–२ पोखराका मोहनलाल कामीकी ५५ बर्षीय श्रीमति कौशिला कामी गम्भीर घाइते भएकी थिइन् । चट्याङ लागेर कौशिला घाइते भएको खबर पाएपछि पाँचकाटिया प्रहरी चौकीमा कार्यरत वरिष्ठ प्रहरी हलदार गेद बहादुर चन्दको कमाण्डमा ४ जनाको प्रहरी टोली घटना स्थलमा पुगेको थियो । कामीको घर छेउमा बाँधेको एक भेडा चट्याङ्ग लागेर मरेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार चट्याङ लागेर गम्भीर घाइते कौशिलालाइ जिल्ला अस्पताल, जाजरकोटमा बेलुका ८ बजे पुर्‍याइयकाे थियो । जिल्ला अस्पतालमा कार्यरत चिकित्सकले कौशिलाको चेकजाँच गर्दा बेल...
केसिकाे पहलमा विपन्न वालवालिकालाइ पढाइ समाग्री सहयोग

केसिकाे पहलमा विपन्न वालवालिकालाइ पढाइ समाग्री सहयोग

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट ।गैरआवासीय नेपाली संघ अमेरीकाको आर्थिक सहयोग र जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको समन्वयमा जाजरकोटका ३ सय ३२ विद्यार्थीहरुलाई विद्यालय पोशाक, झोला लगाएतका पढाइमा सहयोग पुग्ने सामाग्रीहरु सहयोग गरिएको छ । प्रतिष्ठानका अध्यक्ष जनक केसीको प्रस्ताव र पहलमा जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान मार्फत एनआरएन अमेरीकाले उपलव्ध गराएको आर्थिक सहयोगले व्यवस्था गरिएको किताव कापी वोक्ने झोला, विद्यालय पोषाक र कापी कलम शुक्रवार खलंगामा आयोजित एक विशेष कार्यक्रमका विच कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले विद्यार्थीहरुलाइ हस्तान्तरण गरे । भेरी नगरपालिका वडा नम्वर ४ रानागाउँ स्थित भेरी प्राविमा आयोजना गरिएको विशेष कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सिंहले स्कुले वालवालिकाहरुलाइ कापी कलम राखिएको झोला वोकाउदै विद्यालय पो...
जाजरकोटमा  ५० शैयाकाे  अस्पताल, काम तिव्र बन्दै

जाजरकोटमा ५० शैयाकाे अस्पताल, काम तिव्र बन्दै

Breaking News, पुर्वाधार, समाचार, स्वास्थ
जाजरकोट । कर्णाली प्रदेशका दुईवटा पचास शैयाको अस्पतालमध्ये एक जाजरकोट अस्पताल पर्दछ। दुर्गम तथा पछाडि परेका जिल्लालाई स्वास्थ्य सेवाको भरपर्दो पहुँचमा ल्याउनका लागि सरकारले विगत एक दशकदेखि  गरेको पहलस्वरूप जाजरकोट अस्पतालको मुहार बदलिन लागेको छ। जीर्ण कच्ची भवन तथा चुहिने १५ शैयाको अस्पतालबाट सेवा प्रवाह हुँदै आएको जाजरकोट अस्पताल अहिले ५० शैयामा पुगेको छ। चारवटा अत्याधुनिक भवन विगत दुई वर्ष अघिदेखि निर्माण कार्य सुरु गरिएको हो। अबको दुई महिनाभित्र सबै काम पूरा हुने लक्ष्यका साथ कामलाई तीव्रता दिएर युद्धस्तरमा निर्माण कम्पनी खटिएकै कारण केही महिनाभित्र भौतिक संरचनाको काम पूरा हुने भएको छ । डाक्टरको आवासदेखि सेवा प्रवाहको लागि भवनको अभाव रहेको भन्दै समय, समयमा विवाद हुने जाजरकोट अस्पतालमा अब तोकिएको दरबन्दी अनुसारको स्वास्थ्यकर्मी परिचालन गरे सबै खालको सेवा दिन सके कर्णाली प्रदे...