११ श्रावण २०८१, शनिबार

Tag: चुनाव २०७९

जाजरकोट प्रतिनिधि सभामा शक्ति बहादुर बस्नेत विजयी

जाजरकोट प्रतिनिधि सभामा शक्ति बहादुर बस्नेत विजयी

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, विगन्यूज, समाचार
८ मंसिर जाजरकोट । नेकपा माओवादी केन्द्रका उप महासचिव  शक्ति बस्नेत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। बस्नेत जाजरकोटबाट लगातार तेस्रोपटक निर्वाचित भएका हुन्। बस्नेतले ३४ हजार १ सय ५१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निरज आचार्यले २५ हजार १ सय २० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। बस्नेत ०७० र ०७४ सालको निर्वाचनमा पनि जाजरकोटबाटै निर्वाचित भएका थिए। माओवादी संसदीय राजनीतिमा आएपछि बस्नेत २०६८ सालमा स्वास्थ्य मन्त्री, २०७२ सालमा गृहमन्त्री र २०७४ सालमा वन मन्त्री भइसकेका छन्।...
प्रधानमन्त्री देउवा पुन: डडेल्धुरा बाट विजयि

प्रधानमन्त्री देउवा पुन: डडेल्धुरा बाट विजयि

चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
७ मंसिर काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारी मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा डडेल्धुराबाट निर्वाचित भएका छन्। निर्वाचन आयोगले बुधबार बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार उनी १२ हजार ४९२ मतान्तरका साथ सातौं पटक सांसदका रुपमा विजयी भएका हुन्। आयोगका अनुसार प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याएका छन्। नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ल ७ हजार ५३५ मत ल्याएर तेस्रो भएका छन्। डडेल्धुराको निर्वाचन अधिकृतको कार्यालले कूल खसेको मत ५१ हजार २०३ मध्ये ३ हजार १८७ मत बदर भएको जनाएको छ। प्रधानमन्त्री देउवा २०४८ सालदेखि लगातार डडेल्धुराबाट निर्वाचन जित्दै आएका छन्।...
सप्तरी २ मा सिके राउत अघि- अघि उपेन्द्र यादव पछ्याउँदै

सप्तरी २ मा सिके राउत अघि- अघि उपेन्द्र यादव पछ्याउँदै

Breaking News, चुनाव, निर्वाचन, माैसम, समाचार
६ मंसिर, जनकपुरधाम । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका उम्मेदवार डा. सीके राउतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पछाडि पारेका छन् । पछिल्लो मतगणना परिणाम अनुसार जनमत पार्टीका अध्यक्ष समेत रहेका राउतले १२ हजार २२५ मत ल्याउँदा यादवले ६ हजार २० मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जयप्रकाश ठाकुरले २ हजार ३ सय ४४ मत पाएका छन् ।...
काठमाडौं १ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयि ।

काठमाडौं १ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयि ।

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । झिनो मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट उनी चौथोपटक सांसद बनेका छन् । सांसद बन्न सिंहले फेरि पनि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरे । सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाए । यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए । त्यतिबेला करिब ८ सय मतान्तरले प्रकाशमान विजयी भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४  मत पाएका छन् । परिवर्तनको नारा दिएका उम्मेदवारहरू एक ठाउँ नहुँदाको फाइदा सिंहले उठाए । २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंह र नेपाल महिला संघकी संस्थापक अध...