११ श्रावण २०८१, शनिबार

Tag: गाेरखा

गाेरखा २ मा प्रचण्ड काे अग्रता, स्वतन्त्रताका  कविन्द्र बुर्लाकाेटिले पछ्याउँदै

गाेरखा २ मा प्रचण्ड काे अग्रता, स्वतन्त्रताका कविन्द्र बुर्लाकाेटिले पछ्याउँदै

चुनाव, निर्वाचन, राजनीति, समाचार
७ मंसिर काठमाडौं  ,  प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फराकिलो अग्रता लिएका छन् । दाहाल निकटतम प्रतिद्वन्द्वी भन्दा झण्डै तेब्बर मतान्तरले अगाडि छन् । १२ हजार ६ सय १५ मत गणना हुँदा दाहालले ७ हजार २ सय ७८ मतका साथ अग्रता लिएका हुन् । २ हजार १० मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले दाहाललाई पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँ भने तेस्रोमा छन् । मियाँले १ हजार ६ सय ९८ मत ल्याएका छन् । गोरखा क्षेत्र नम्बर १ मा पनि सत्ता गठवन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईंले मतान्तर बढाएका छन् । बजगाईंले १ हजार ८सय २१ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार रामशरण बस्नेतले ४ सय १९ मत ल्याएका छन् ।...
गोरखा पुगेर  प्रचण्डले भने : यो चुनाव मेरा लागि अहिलेसम्मकै सहज

गोरखा पुगेर प्रचण्डले भने : यो चुनाव मेरा लागि अहिलेसम्मकै सहज

Breaking News, पर्यटन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१३ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटकको निर्वाचन आफ्ना लागि अहिलेसम्मकै सहज भएको बताएका छन् । आइतबार गोरखामा आयोजित कार्यक्रममा उनले गोरखाबाट उम्मेदवार हुँदा रिल्याक्स महसुस गरेको बताए । गोरखा आउन पाएकोमा गौरवान्वित भएको छु, एकदमै खुशी छु । अहिलेसम्मका निर्वाचनमध्ये मेरो लागि सबैभन्दा सहज यही हो’ उनले भने, एक ढंगले यहाँ आउँदा रिल्याक्स फिल गरेको छु । प्रचण्डले आफू निश्चित सपना बोकेर गोरखा आएको भन्दै अब विकास र समृद्धिको यात्रा गोरखाबाट सुरु गर्ने बताए । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा गोरखा–२ बाट यसअघि निर्वाचित नेता डा. बाबुराम भट्टराईप्रति प्रचण्डले कृतज्ञता व्यक्त गरे । सधैं एउटै मान्छे हुनु ठीक होइन भनेर उहाँले उदारता व्यक्त गर्नुभयो, तर मलाई मलाई यहाँ हुनुपर्छ भनेर जोड गर्नुभयो । म उहाँलाई धन्यवाद दिन चाहन्छु’ प्रचण्ड...
भोट माग्दै बाबुरामले भने– भोलिको प्रधानमन्त्री प्रचण्ड नै हाे

भोट माग्दै बाबुरामले भने– भोलिको प्रधानमन्त्री प्रचण्ड नै हाे

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
१३ कात्तिक, गोरखा । नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी दिनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने बताएका छन् । गोरखामा आज आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले उक्त कुरा बताएका हुन् । गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित जनप्रतिनिधि आगामी दिनमा प्रधानमन्त्री र मुख्यमन्त्री बन्ने र जिल्लाको विकास पनि हुने भट्टराइको भनाइ छ । उनले भने, ‘यहाँ कसैले अन्यथा नमान्नु होला, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री । यही क्षेत्रले प्रधानमन्त्री पनि मुख्यमन्त्री पनि पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोलान् ?’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार र सुरेन्द्र पाण्डे प्रदेश सभा सदस्य उम्मेदवार छन् ।...
गोरखामा प्रचण्ड : आरुघाट पुगेर यसरी गरे ४६ वर्षअघिको फ्ल्यास ब्याक

गोरखामा प्रचण्ड : आरुघाट पुगेर यसरी गरे ४६ वर्षअघिको फ्ल्यास ब्याक

Breaking News, चुनाव, पुर्वाधार, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले गोरखामा छन्। शुक्रबार बेलुकी गोरखाको आरुघाट पुगेका प्रचण्डले आफू ४६ वर्ष अघि शिक्षक भई अध्यापन गराउँदाको स्मरण गरेका छन्। प्रचण्ड युद्धकालमा खाना खाने घर प्रचण्ड सचिवालयका अनुसार चुनावी प्रचार प्रसारको कार्यक्रममा उनी दुई दिन गोरखामै रहनेछन्। गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका प्रचण्डले आरुघाटबाटै राजनीतिक आन्दोलनको नेतृत्व गर्ने प्रेरणा प्राप्त गरेको उल्लेख गरे। दुई बर्ष बसेकाे घर शनिबार बिहान गोरखामा प्रचण्डले आफू बसेको घर, नुहाने धारा र खाना खाने घरसम्मको अवलोकन गरेका छन्। प्रचण्डका स्वकिय सचिव रमेश मल्लले सामाजिक सञ्जालमार्फत तस्बिर सेयर गर्दै भनेका छन्, ‘अध्यक्ष कमरेड प्रचण्ड भन्नुहुन्छ–४६ वर्ष पहिलेको फ्ल्यास ब्याक भयो।’ सँगै पढाएका दौतरी शिक्षक, किसान, दाजुभाइ दिदीबहिनीसंग शुक्...