२३ भाद्र २०८१, आईतवार

Tag: काठमाडौँ नेकपा (बहुमत)

नेकपा बहुमतका नेता कार्यक्रता गिरफ्तार

नेकपा बहुमतका नेता कार्यक्रता गिरफ्तार

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का नेता तथा कार्यक्रताहरुलाई प्रहरीले गिरफ्तार गरेकाे छ ।गिरफ्तार पर्नेमा पार्टीका काठमाडौं  जिल्ला सेक्रेटरी गोकुल पराजुली, अखिल (क्रान्तिकारी) का केन्द्रीय सह-संयोजक बिरेन्द्र शाह सहित ९ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । पार्टीले आयोजना गरेको भ्रष्टचार बिरुद्धको मशाल जुलुस कार्यक्रम स्थल बागबजारबाट पार्टीका काठमाडौं सेक्रेटरी पराजुली र विद्यार्थी नेता शाह सहित ९ जना नेता कार्यकर्तालाई प्रहरीले आज साझ गिरफ्तार गरेको हो । त्यस्तै गिरफ्तार पर्नेमा क्रान्तिकारी युवा संगठन, नेपालका नेता झलक बिक, अखिल (क्रान्तिकारी) राष्ट्रिय सम्मेलन आयोजक समिती सदस्य तथा विश्वविद्यालय सिटिइभिटी समिती इन्चार्ज  उषाकिरण आजाद, आयोजक समिती सदस्य तथा बागमती संयोजक गोबिन्द बिष्ट, आयोजक समिती सदस्यहरु रमेश सुनार, मिमबहादुर ऐडी, क्रान्तिकारीकै...
नेकपा बहुमतले पुर्व उपराष्ट्रपति पासाङ काे घरमा कालाे ब्यानर टाँगेकाे छ

नेकपा बहुमतले पुर्व उपराष्ट्रपति पासाङ काे घरमा कालाे ब्यानर टाँगेकाे छ

Breaking News, राजनीति, विचार, समाचार
काठमाडौं :पूर्वउपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ) को घरमा नेकपा बहुमतले कालो ब्यानर टाँगेको छ।धर्मेन्द्र बास्तोला नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले शनिबार पूर्वउपराष्ट्रपति पुनकाे काठमाडाैँ स्थित दहचोकमा रहेको घरमा  कालो ब्यानर लगाएको हाे पुनले सुविधा सम्पन्न घर बनाएको भन्दै उक्त घर निर्माणको स्रोत के हो? भनेर नेकपा बहुमतले प्रश्न गरेको छ। २०४६ यताका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न पनि पार्टीले माग गरेको छ, पूर्वउपराष्ट्रपति पुन १० वर्षे जनयुद्धको समयमा माओवादी जनमुक्ति सेनाका कमान्डर थिए। उनैले तालिम दिएका कार्यकर्ताले आफ्ना पूर्वकमान्डरकै घरमा कालो ब्यानर लगाएका हुन्। जनयुद्ध लडेका काेहि सडकमा माग्दै हिड्नु परेकाे छ, भने कसैका यतिठुला महल कसरी बने त्यस कारण याे कालाे ब्यानर चेतावनी स्वरुप टाँगिएको एक नेताले बताए।...
देशद्रोही र भ्रष्टहरूको उम्मेदवारीविरुद्ध नेकपा (बहुमत) द्वारा देशभरका निर्वाचन कार्यालयमा ज्ञापन

देशद्रोही र भ्रष्टहरूको उम्मेदवारीविरुद्ध नेकपा (बहुमत) द्वारा देशभरका निर्वाचन कार्यालयमा ज्ञापन

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार, सुचना संचार
काठमाडौँ : भष्टाचारको अभियोगमा प्रमाणित वा गम्भीर आरोपित व्यक्तिहरू, मिटरब्याजको अपराधमा संलग्न व्यक्तिहरू, ठेकेदारको लाइसेन्स लिएका व्यक्तिहरू, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरेका व्यक्तिहरू तथा नेपालमा एमसीसी भित्र्याउन विशेष भूमिका खेल्ने र संसद्‌बाट पारित गराउन भूमिका खेल्नेहरूलाई सांसदको उम्मेदवार नबनाउन चेतावनी दिँदै नेकपा (बहुमत) ले आइतबार उम्मेदवारी मनोनयनकै दिन देशभरका निर्वाचन आयोगका कार्यालयहरूमा ज्ञापनपत्र दिएको छ । नेकपा (बहुमत) का विभिन्न नौवटा जनवर्गीय सङ्गठनहरूले देशशभर एकैसाथ ज्ञापनपत्र दिएका हुन् । मङ्सिर ४ गते हुने भनिएको निर्वाचनमा भ्रष्ट र राष्ट्रघातीहरूलाई उम्मेदवार नबनाउन निर्वाचन आयोगलाई आग्रह गर्दै उक्त ज्ञापनपत्र बुझाइएको जानकारी नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय उपाध्यक्ष वीरेन्द्र विकले दिए । उनले आफ्नो पार्टी निकट रहेका नौ ...
नेकपा (बहुमत) का संयोजक र प्रवक्ताले भेटे राजनीतिक आस्थाका बन्दीलाई

नेकपा (बहुमत) का संयोजक र प्रवक्ताले भेटे राजनीतिक आस्थाका बन्दीलाई

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार, स्वास्थ
काठमाडौँ : विभिन्न कारागारमा बन्दी जीवन बिताइरहेका नेकपा (बहुमत) का नेता–कार्यकर्ताले क्रान्ति बिसाउने, धोका दिने वा क्रान्तिविरोधी सम्झौता गर्ने सर्तमा आफूहरू रिहा नहुने बताएका छन् । नेकपा (बहुमत) का संयोजक कञ्चन, प्रवक्ता सुदर्शनलगायत पार्टीका शीर्ष जिम्मेवारीका नेताहरू बिहीबार आफूहरूलाई भेट्न आउँदा विभिन्न कारागारमा बन्दी अवस्थामा रहेका पार्टीका नेता–कार्यकर्ताले आफूहरू विचार र राजनीतिप्रति दृढ रहेको र पार्टी नेतृत्व पनि दृढ भएर अघि बढ्नुपर्ने बताएका हुन् । नेकपा (बहुमत) का संयोजक कञ्चन, प्रवक्ता सुदर्शन, कार्यालय सचिव गुणराज लोहनीलगायत पार्टी नेता राजबन्दीसँग भेटघाट गर्न बिहीबार काठमाडौँ र ललितपुरस्थित विभिन्न कारागारमा पुगेका थिए । नेकपा (बहुमत) का नेताहरूले काठमाडौँ सुन्धारास्थित केन्द्रीय कारागार, भद्र बन्दीगृह र ललितपुरस्थित नख्खु कारागारमा रहेका आस्थाका बन्दीलाई भेटेका हुन् । प...