१४ चैत्र २०८१, बिहीबार

Tag: उप निर्वाचन

उप निर्वाचन २०८१ मा पुरानै दलकाेे बर्चस्व

उप निर्वाचन २०८१ मा पुरानै दलकाेे बर्चस्व

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं : देशका विभिन्न पालिकामा भएकाे उप निर्वाचन २०८१ काे मत परिणामले फेरि पनि पुरानै दलकाे बर्चस्व देखियकाे छ । दुई जिल्ला समन्वय समितिका प्रमुख र एउटा वडा अध्यक्ष पद निर्विरोध भय पछि  आइतबार ४१ पदमा मतदान भएको हो । समग्रमा कुल ४४ पदमध्ये कांग्रेस १९, माओवादी ११, एमाले ८, जसपा २ तथा एस, रास्वपा, नेमकिपा र स्वतन्त्र १/१ पदमा विजयी भएका छन् । उपनिर्वाचन भएका पालिका प्रमुख र उपप्रमुखका ८ पदमध्ये २०७९ को निर्वाचनमा कांग्रेसले ६ र माओवादीले २ स्थानमा जितेका थिए । अन्तिम मतपरिणामअनुसार माओवादीले २ पदाधिकारी र एमालेले ३ पदाधिकारी थपेका छन् । कांग्रेसले यसअघि जितेका ६ मध्ये काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखको पद मात्र सुरक्षित राख्न सकेको छ । कांग्रेसले अघिल्लो निर्वाचनमा जितेका मध्ये दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष तथा बाजुराको स्वामिकार्...
जाजरकोट र रुकुम पश्चिमका वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी

जाजरकोट र रुकुम पश्चिमका वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
जाजरकोट : जाजरकोट कुशे गाउपालीका -७ मा नेपाली कांग्रेसका उम्मेदवार खम्ब प्रसाद सिंहले बिजय हासिल गरेका छन। सिंहले ३४७ मत ल्यायर विजय भयका छन भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गाेरख बहादुर नेपालीले ३३२ मत प्राप्त गरेका छन, नेकपा एमालेका डम्बर बहादुर घर्तीले २५२ मत प्राप्त गरेका छन र राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबहादुर खत्रीले ७  मत प्राप्त गरेका थिय,भने १५ मत बदर भयका थिए।  एक हजार ३ सय २ मतदाता रहेको सो वडामा आइतवार भएको उपचिर्वाचनमा ९ सय ५६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले जनाएको छ । यो वडा माओवादी केन्द्रले अघिल्लो चुनावमा जितेको थियो  वडाध्यक्ष मन बहादुर घर्तीको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उप निर्वाचन भएको हो । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेदवार मोतिराम खत्रीले ५९० मत ल्याएर...
आज रित्ता भयका स्थानीय तहमा जनप्रतिनिधि चुन्न मतदान सुरु

आज रित्ता भयका स्थानीय तहमा जनप्रतिनिधि चुन्न मतदान सुरु

Breaking News
काठमाडौं :विभिन्न कारणले रिक्त भयका देशैभरिका स्थानीय तहमा आज जनप्रतिनिधि चुन्न मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न हुने छ ।नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो । कैलाली र ओखलढुंगाका जिल्ला समन्वय समिति प्रमुख र रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडाध्यक्ष भने निर्विरोध निर्वाचित भइसकेका छन् ।काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि उपनिर्वाचन सुरु भएको छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३, झापाको कन्काइ नगरपालिका–६, तेह्...
उप निर्वाचन चितवन बारा र तनहुँकाे हाल सम्मकाे मत परिणाम

उप निर्वाचन चितवन बारा र तनहुँकाे हाल सम्मकाे मत परिणाम

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन्। रास्वपाका सभापति रवि लामिछानेले ६५६८ मत प्राप्त गरि अगाडि छन  । नेकपा एमालेका रामप्रसाद न्यौपानेले २९०२ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले २६८८र राप्रपाका जिवलाल पुरीले ३३ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। उता बारा २  उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले २९८२ मत ल्याई अग्रता लिएका छन् ।यसअघिसम्मको मतगणनामा अघि रहेका उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिएका हुन् । उपेन्द्र यादवले २७७० मत प्राप्त गरेका छन , एमालेका पुरषाेतम पाैडेलले ९२९ र रास्वपा का रमेश खरेलले ३५२ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएकाे हाे । त्यसै गरि तनहुँ क्षेत्र  न १ मा रास्वपाका स्वर्णिम वाग्ले ले २२०८२ , कांग्रेसका गाेविन्द भट्टराई...
चितवन , तनहुँ र बारामा आज उपनिर्वाचन हुदै

चितवन , तनहुँ र बारामा आज उपनिर्वाचन हुदै

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं । चितवन ,तनहुँ र बारामा आज उपनिर्वाचन हुँदै छ । मतदान बिहान ७ बजेदेखि सुरु भयकाे हाे र साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो । रिक्त पद उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भएकाले निर्वाचन आयोगले उपनिर्वाचन गराउन लागेको हो । चितवन क्षेत्र नम्बर २ मा रास्वपा सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जीतनारायण श्रेष...
आज उपनिर्वाचनका लागि  उम्मेदवारी दर्ता हुँदैछ ।

आज उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदैछ ।

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
 काठमाडौं । आगामी वैशाख १० गते तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि सार्वजनिक गरेको कार्यक्रम अनुसार आज चैत २० गते उम्मेदवारी दर्ता गर्न लागिएको हो । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । चैत २१ गते उम्मेदवारी विरुद्ध उजुरी दर्ता, चैत २२ गते उजुरीमाथि छानबिन र सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ । उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन गरिने निर्वाचन आयोगले जनाएको छ ।...