११ श्रावण २०८१, शनिबार

Tag: आन्दोलन

शिक्षकलाई धाेका भयकाे भन्दै महासंघले आन्दोलन गर्ने चेतावनी

शिक्षकलाई धाेका भयकाे भन्दै महासंघले आन्दोलन गर्ने चेतावनी

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ।२७ भदौं-नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक २०८० मा शिक्षकहरुलाई धोका दिएको भन्दै काठमाडौं केन्द्रीत आन्दोलनमा जाने चेतावनी दिएको छ । सरकारसँग छलफल, संवाद र लगातारका थुप्रै भेटघाट तथा पक्षीकरण पछि पनि केही झिना मसिना विषयवस्तु बाहेक पुरानो मस्यौदामा कुनै परिवर्तन नगरी सरकारले विधेयकको रुपमा त्यसलाई संसदमा दर्ता गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको हो । विज्ञप्तिमा भनिएको छ ‘यस घटना मार्फत् राज्यले फेरि एक पटक नेपाली शिक्षक–कर्मचारीलाई धोका दिएको छ । त्यसैले नेपाली शिक्षक कर्मचारी अहिले अत्यन्त आक्रोशित भएका छन् । अब ने. शि. महासङ्घ समक्ष काठमाडौं केन्द्रित निर्णायक सडक आन्दोलनमा जानु बाहेक कुनै विकल्प बाँकी रहेको छैन ।’ यस्तो छ महासंघको विज्ञप्ति : ...
बार एशाेसियसनले ८ वटा माग राख्दै आन्दोलनमा उत्रिने

बार एशाेसियसनले ८ वटा माग राख्दै आन्दोलनमा उत्रिने

Breaking News, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।वकिलहरूको साझा संगठन नेपाल बार एसोसिएशनले  आज देखी आन्दोलनमा गर्ने जनायकाे छ  । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिसहित ८ वटा माग राखेर बार आन्दोलनमा उत्रन लागेको हो । वैशाख १७ गतेवाट एक हप्तासम्म प्ले कार्ड र ब्यानरसहित संबैधानिक परिषद प्रमुख र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियानको थालनी गरिएको कुरा  महासचिव अधिवक्ता अन्जिता खनालले जानकारी दिएकी छिन् । स्वतन्त्र न्यायापालिकाको रक्षा गरौं, न्यायलय भित्रको भ्रष्टचार, विकृत, बिसंगती अन्त्य गर, पुर्ण स्वचालित पेशी ब्यवस्थापन प्रणाली लागु गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्व गर, संवैधानिक परिषदको बैठक अविलम्व बोलाउ, सुनवाई समिति गठन गर भन्ने मागसहित बार आन्दोलमा उत्रेको हो । देशैभरि आन्दोलन गर्नका लागि केन्द्रीय बारले माताहातका समितिहरुलाई निर्देशनसमेत दिएको छ ।...
चलचित्र बिकास बाेर्डले गर्याे आन्दोलनका कार्यक्रम घाेषणा ।

चलचित्र बिकास बाेर्डले गर्याे आन्दोलनका कार्यक्रम घाेषणा ।

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं । चलचित्र विकास बोर्ड खारेजीको माग गर्दै चलचित्र संघले विकास बोर्डविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बुधबार काठमाडौंमा भएको देशभरका सयभन्दा बढी हल व्यवसायीको भेलाले बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा माग्ने, हल बन्द गर्नेदेखि बोर्डमा ताला लगाउने सम्मका कार्यक्रम तय गरेका छन्। जसअनुसार पुस १२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, १४, १५ र १६ गते हलमा कालोपट्टी बाँधेर काम गर्ने कार्यक्रम तय गरिएका छन् । उक्त मितिसम्म पनि मन्त्रालयले ठोस सम्बोधन नगरे हल बन्द गर्ने र बोर्डमा ताला लगाउनेसम्मका कार्यक्रम घोषणा गरेका छन् । चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले अध्यक्ष भुवन केसीसँग वार्ता नगर्ने निष्कर्षमा आफूहरु पुगेको बताए । ‘अब हामीहरु मन्त्रालयस्तरमै वार्ता गर्छौं,’ उनले भने, ‘हामी क्रमशः कडा आन्दोलनसहित अघि बढ्छौं ।’ एक साताअघि नै...