११ श्रावण २०८१, शनिबार

Tag: आगलागी

डाेल्पामा आगलागीमा घाईते दुई सैनिकाे मृत्युु

डाेल्पामा आगलागीमा घाईते दुई सैनिकाे मृत्युु

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं :डाेल्पा जिल्लाको ठूलोभेरी नगरपालिका–३ स्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा देवीदत्त गण ‘क’ का चार सैनिक घाइते भएका थिए । ती मध्ये एकको डोल्पामै सोमबार साँझ र थप दुई सैनिकको काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सैनिक प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए । सोमबार साँझ डोल्पामा सिपाही हेमन्त रावतको मृत्यु भएको थियो । मंगलबार कीर्तिपुर अस्पतालमा भने जमदार केशरबहादुर जागा मगर र सिपाही आशिष बुढाको मृत्यु भएको हो ।  विजय कोइरालाको भने उपचार भइरहेको छ । सामुदायिक वनमा केही दिनदेखि डढेलो लागेपछि नियन्त्रणका लागि नेपाली सेनाका दुई वटा गुल्म सशस्त्र प्रहरी बल नेपाल प्रहरी र स्थानीयको टोली खटिएको थियो ।...
जाजरकोट कुशे २ टालेगाउँमा एउटा घरमा आगलागी, सबै सामान जलेर नष्ट

जाजरकोट कुशे २ टालेगाउँमा एउटा घरमा आगलागी, सबै सामान जलेर नष्ट

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट । कुशे गाउपालिका वडा न २ टालेगाउँ रातामाटा टाेलमा एक घरमा आगलागी हुदा घरमा भयकाे सबै सामान जलेर नष्ट भयकाे छ । शुक्रबार दिउसाे कुशे गा.पा.२टालेगाउँकाे रातामाटा भन्ने टाेलमा रहेकाे सार्की नेपालीकाे घरमा बालबालिकाहरुले लुगाहरु चुलाे नजिकै राखिरहेकाे अवस्थामा लुगामा आगाे सल्कियर एक्कासि आगाे लागेकाे हाे। घरमा काेहि नभयकाेले आगाे सबै तिर सल्कियपछि वरिपरिका छिमेकीहरुले आगाे नियन्त्रण गरे पनि घर भने पुर्ण रुपमा क्षति भयकाे र घरमा रहकाे खाद्यान्न, भाडाकुडा र लत्ताकपडा लगायतका सामानहरु जलेर नष्ट भयका छन । मानविय क्षति भने नभयकाे स्थानिय बिष्णु नेपाली ले बताय । तत्काल मुचुल्का गरेर राहतको लागि पहल गर्नका लागि वडालाई जिम्मा दिईसकेकाे र  गाउपालिकाले पनि आवस्यक क्षतिपूर्ति र राहतको व्यवस्था गर्ने गाउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बतायका छन ।...
चीनकाे उत्तरी पुर्व सिन्जियाङ् प्रान्तमा आगलागी हुदा १० जनाकाे मृत्यु ९ जना घाईते ।

चीनकाे उत्तरी पुर्व सिन्जियाङ् प्रान्तमा आगलागी हुदा १० जनाकाे मृत्यु ९ जना घाईते ।

Breaking News, अन्तर्राष्ट्रिय, अर्थवाणिज्य, पुर्वाधार, समाचार
उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा १० जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन्। एक व्यक्तिको निजी घरमा भएको आगलागीमा परेर ती व्यक्तिको ज्यान गएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्।अधिकारीहरुका अनुसार बिहीबार राति आगलागी भएको हो। उरुम्कीको नियानसाब जिल्लामा बिहीबार राति करिब ८ बजे एक व्यक्तिको निजी घरमा आगो सल्किएको थियो। यहाँका स्थानीय अधिकारीले दिएको जानकारीअनुसार राति १०:३५ मा मात्र आगो नियन्त्रणमा लिइएको थियो। अगलागीको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।...
रुसकाे एक बारमा  आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु

रुसकाे एक बारमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु

Breaking News, अन्तर्राष्ट्रिय, अर्थवाणिज्य, समाचार
            २० कार्तिक काठमाडौं । रुसको कोस्ट्रोमा सहरको एक बारमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार क्लबमा कति जना उपस्थित थिए भन्ने आधिकारिक जानकारी आउन सकेको छैन तर अहिलेसम्म २५० जनालाई सकुशल बाहिर निकालिएको छ । रुसी सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै एक जना रक्सीले मातिएका ग्राहकले डान्स फ्लोरमा फ्लेयर गन चलाउँदा आगो सुरु भएको बताएको छ। आगो छतको बत्तिको केही भागहरूमा फैलिएपछि कोठा तुरुन्तै धुँवाले भरिएको र यसलाई निभाउन केही घण्टा लागेको बताइएको छ । प्रहरीले यस घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ । क्लबको व्यवस्थापन गर्ने कम्पनीका निर्देशक पनि पक्राउ परेका छन् । कम्पनीका निर्देशक स्थानीय राजनीतिज्ञ हुन् । यसअघि सन् २००९ मा रुसको पेर्न सहरको एक नाइट क्लबमा कम्तिमा १५९ जनाको मृत्यु भएको थियो ।...