मार्क्सको सम्झनामा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले निकाल्यो विज्ञप्ति
काठमाडौं : चैत्र १ गते अर्थात् मार्च १४ तारिक मार्क्सवादी दर्शनका आविष्कारक कार्ल मार्क्सको निधन भएको दिन हो । त्यसैले आजको दिनलाई संसारका किसान र मजदूरहरुले स्मरण गर्दै आएका छन् ।
यसै अवसरमा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले कार्ल माक्र्सलाई स्मरण गरेको छ । सो संगठनका तर्फबाट अध्यक्ष हस्तबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै कार्ल मार्क्सको निधन भएको १४१औं जन्मदिनको अवसरमा स्मरण गर्दै मार्क्सको योगदानलाई स्मरण गरेका छन् ।
यस्तो अध्यक्ष केसीद्धारा जारी गरिएको विज्ञप्ति :
१४ मार्च १८८३ । आज मार्च १४ हो । आजकै दिन अर्थात् सन १८८३ मार्च १४ दिन वैज्ञानिक साम्यवादका सिद्धान्तकार, सर्वहारा वर्गको मुक्तिको सिद्धान्त मार्क्सवादका प्रतिपादक, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनका अन्वेषक कार्ल मार्क्सको देहावसान भएको थियो । आज मार्क्सको देहावसान भएको १४१ वर्ष पुरा भएको छ । उह...