२२ श्रावण २०८२, बिहीबार

Breaking News

कपाली समाजकाे ३०ओैं स्थापना दिवस तथा वृक्षाराेपण कार्यक्रम सम्पन्न

कपाली समाजकाे ३०ओैं स्थापना दिवस तथा वृक्षाराेपण कार्यक्रम सम्पन्न

Breaking News, कृषि, पुर्वाधार, राष्ट्रिय, संस्कृति, समाचार
काठमाण्डाैं :कपाली समाजकाे ३०ओैं स्थापना दिवस तथा वृक्षाराेपण कार्यक्रम भयकाे छ।कपाली समाज केन्द्रकाे ३०ओैं स्थापना दिवसका अवसरमा  जाेगिंपाकाे कुश्लेचाैर स्थित समाधि स्थलमा वृक्षरोपण गरि स्थापना दिवस मनाईयकाे हाे । उक्त वृक्षाराेपण कार्यक्रम जाेगिंपाकाे कुश्लेचाैर स्थित कपाली समाधि स्थलमा गरिएकाे छ र असारकाे यहि साता सम्म पचली टेकु स्थित कपाली समाधि स्थल र स्वयम्भू कपाली समाधि स्थलमा पनि वृक्षाराेपण गर्ने जानकारी दिनु भएकाे छ। समाजकाे केन्द्रीय कार्य समिति गुठीका मूल नाईके ज्यूहरू पशुपति कपाली समाज, भक्तपुर कपाली समाज,यल कपाली समाज चित्लाङ्ग कपाली समाज र अन्य केही समाज र कपालीहरू मिलेर जम्मा १११वटा विभिन्न जातका बाेट बिरूवाहरू राेपी वृक्षाराेपण कार्यक्रम सम्पन्न गरिएकाे हाे। वृक्षाराेपण गर्नकाे लागि वन तथा भूसंरक्षण बिभाग हात्तिसार डिभिजन कार्यालय र वन बीउ प्रयाेगशाला तथा भण्डारण के...
डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख शाहमाथि कार्यकक्षमै हातपात

डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख शाहमाथि कार्यकक्षमै हातपात

Breaking News, राष्ट्रिय, समाचार
जाजरकोट : डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख अमर प्रसाद शाहमाथि कार्यकक्षमै हातपात भयकाे छ। आइतबार कार्यालय समयमै कार्यालयभित्र पसी अज्ञात समूहले शाहलाई हातपात गरेको हो। कार्यालय समयमै कार्यकक्षभित्र काम गरिरहेका बेला केही व्यक्तिहरूले अचानक प्रवेश गरेर दुर्व्यवहार गर्दै हातपात गरेको शाहले बताए। ‘म सामान्य फाइल हेर्दै थिएँ, एक्कासी ३–४ जना मानिसहरू पसेर आक्रोशित ढंगले कराउन थाले, अनि मलाई थिचथाच पार्दै कुटे,’ प्रमुख शाहले भने। घटनापछि शाहले सामान्य चोटपटक लागेको बताए। केही दिनअघि डिभिजन वन कार्यालयको तालिम हलमा मदिरा सेवन गरेको भन्दै सार्वजनिक भिडियोका कारण चर्को आलोचना खेपिरहेका प्रमुख शाहमाथि आज कार्यकक्षमै कुटपिट भएको हो। उनले उक्त भिडियो आफ्नो चरित्र हत्या गर्न नियोजित रुपमा फैलाइएको दाबी गर्दै आएका छन्। ‘मैले कुनै गल्ती गरेको छैन, त्यो भिडियो कार्यालय समयभन्दा बाहिरको थियो, ...
‘उँभो त शैलुङ लेकैमा’ सार्वजनिक : इन्द्रराम मोक्तानको शब्द, शशिकला मोक्तानको संगीत ( भिडियो सहित)

‘उँभो त शैलुङ लेकैमा’ सार्वजनिक : इन्द्रराम मोक्तानको शब्द, शशिकला मोक्तानको संगीत ( भिडियो सहित)

Breaking News, समाचार
काठमाडौं – तामाङ सांगीतिक क्षेत्रमा मौलिकता र भावनात्मकताको संगम बोकेको नयाँ तामाङ सेलो गीत ‘उँभो त शैलुङ लेकैमा’ सार्वजनिक भएको छ। श्री म्युजिकको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतका शब्द गीतकार इन्द्रराम मोक्तानले लेखेका हुन्, जसले गीतमा तामाङ समुदायको सांस्कृतिक गहिराइ, प्रेम भावना र ग्रामीण परिवेशलाई उजागर गरेका छन्। गीतमा सङ्गीत चर्चित गायिका शशिकला मोक्तानले गरेकी छिन्, जसले परम्परागत तामाङ धुनलाई आधुनिक भावनात्मक प्रस्तुतिमा रूपान्तरण गरेकी छन्। स्वरको पक्षमा, तामाङ संगीतका वरिष्ठ गायक चन्द्र कुमार दोङ र गायिका शशिकला मोक्तानकै सुमधुर आवाज रहेको छ। उनीहरूको स्वरको संगमले गीतलाई भावनात्मक, कर्णप्रिय र सांगीतिक रूपमा समृद्ध बनाएको छ। भिडियोको निर्देशन रुपेश खड्काले गरेका छन् भने छायांकन केशव कटुवाल र सम्पादन श्याम लि...
बन कार्यालयमा स्टिंग अप्रेशन  : काेकाे थिए दारू पाटीमा सहभागी ? यर्थात विश्लेषण.

बन कार्यालयमा स्टिंग अप्रेशन : काेकाे थिए दारू पाटीमा सहभागी ? यर्थात विश्लेषण.

Breaking News, अर्थवाणिज्य, कृषि, पुर्वाधार, राष्ट्रिय, समाचार
✍️जनताको सेवा र वन क्षेत्रको संरक्षणका लागि जिम्मेवार मानिने जाजरकोटको डिभिजन बन कार्यालय पछिल्ला दिनमा गम्भीर विवादमा तानिएको छ । कार्यालय प्रमुख अमर प्रसाद शाहमाथी रक्सी पार्टीको आयोजना, स्रोतसाधनको दुरुपयोग, सर्वसाधारण , करारका कर्मचारीहरु र उपभोक्ता समितिमाथि दमन, र जिल्लाका प्रमुखहरुलाई हातमा लिएर राजनीतिक निकटता प्रदर्शन जस्ता गम्भीर आरोपहरू सार्वजनिक भएका छन् ।तल्लो थाप्लेको स्रोतका अनुसार, शाहले कार्यालयभित्रै सुरक्षाका उच्च अधिकारी, प्रमुख जिल्ला अधिकारी र नेताहरूलाई संस्थाको कार्यक्रम भनेर संस्थाको कोहि पनि मान्छे भित्र नभएको अवस्थामा रात्रिभोज र रक्सी पार्टीको आयोजना गरेका थिए । उनलाइ सिधाकुराले टेलिफोन गर्दा क्वाटरमा आएर भिडियो खिचेको पत्रकारहरुले भन्ने प्रतिक्रिया दिएका थिए तर उनले ओभानो बन्न खोजेको क्वाटरमा के कार्यक्रम हुन्छ भनेर प्रश्न चिन्ह खडा भएको छ । व्या...
नेपाल फुल कन्ट्याक्ट कराँते महासंघको तदर्थ समिति गठनको अवसरमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

नेपाल फुल कन्ट्याक्ट कराँते महासंघको तदर्थ समिति गठनको अवसरमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

Breaking News
 काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट नेपालको फुल कन्ट्याक्ट कराँतेलाई विधिसम्मत रूपमा मान्यता दिई गठन गरिएको तदर्थ समितिको सम्मानमा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम बुधबार त्रिपुरेश्वरस्थित रंगशालामा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमको सभापतित्व आयोजक तथा फुल कन्ट्याक्ट कराँतेका संस्थापक महागुरु सिहान जगत प्रसाद गौचनले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा राखेपका सदस्य सचिव टंकलाल घिसिङको विशेष उपस्थिति रहेको थियो। विशेष अतिथिका रूपमा राखेपका कार्यकारी सदस्य सुवर्ण श्रेष्ठ र बोर्ड सदस्य जगत सिंह धामी, साथै अतिथिका रूपमा तदर्थ समिति संयोजक सुर्य बहादुर बुढाथोकी र प्रमुख प्रशिक्षक कुमार श्रेष्ठ कार्यक्रममा सहभागी थिए। कार्यक्रममा तदर्थ समितिका सदस्यहरू, फुल कन्ट्याक्ट कराँते संघहरूका ब्रान्च चिफ (नेपाल प्रमुख), पूर्व मुख्य प्रशिक्षक, प्रशिक्षक, ...
जाजरकोटका तीन जना शिक्षकले उत्कृष्टता उपाधी प्राप्त गरेका छन

जाजरकोटका तीन जना शिक्षकले उत्कृष्टता उपाधी प्राप्त गरेका छन

Breaking News
काठमाडौं  :  जाजरकोटका तीन जना शिक्षकले उत्कृष्टता उपाधि प्राप्त गरेका छन् । माध्यमिक तह तृतिय लक्ष्मी खत्री,निम्न माध्यमिक तह द्धितीय जय बहादुर थापा र प्राथमिक तह प्रथम अच्युत प्रसाद शर्मा रहेका छन् । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर सुर्खेतले जाजरकोट जिल्लाका तीन जनालाई उत्कृष्ट शिक्षकको रुपमा छनोट गरी सम्मान गरेको हो । उत्कृष्ट शिक्षकमा छनोट हुने लक्ष्मीले हाल बारेकाेट गाउपालिका लिम्सामा रहेको श्री विरेन्द्र एश्वर्य माध्यमिक विद्यालयमा अध्यापन गराउदै आइरहेकी छिन् । त्यस्तै उत्कृष्ट शिक्षकमा छनोट भएका अर्का शिक्षक थापा हाल छेडागाड नगरपालिका १३ दशेरामा रहेको श्री जनप्रिय माध्यमिक विद्यालयमा अध्यापन गराउदै आइरहेका छन् भने शर्माले भेरी नगरपालिका वडा नं ४ मा रहेको श्री रामजानकी प्राथमिक विद्यालयमा अध्यापन गराउदै आएका छन् । ...
सिद्धलेकमा मानव अधिकार, सामाजिक न्याय र उद्यमशिलता सम्बन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न

सिद्धलेकमा मानव अधिकार, सामाजिक न्याय र उद्यमशिलता सम्बन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
धादिङ : सिद्धलेक गाउपालिकामा मानव अधिकार, सामाजिक न्याय र उद्यमशिलता सम्बन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न भयकाे छ ।बागमती प्रदेश अन्तर्गत पर्ने सिद्धलेक गाउपालिका धादिङमा गत असार १२ देखि संचालन भयकाे उक्त तालिममा गाउपालिका भित्रका महिला समुहहरुकाे सहभागीतामा क्षमता अभिवृद्धि तालिम संचालन भयकाे हाे । महिला सेवा समिति काे आयाेजना र सिद्धलेक गाउपालिकाकाे समन्वयमा संचालित उक्त कार्यक्रमकाे उद्घाटन गाउपालिकाका अध्यक्ष परशुराम खतिवडा, उपाध्यक्ष सविता अर्यालले संयुक्त रुपमा पानसमा बत्ती बालेर कार्यक्रमकाे उद्घाटन गर्नु भयकाे थियाे । तालिममा बिशेष गरि गाउपालिका भित्रका कानुनी र मानवअधिकार सम्बन्धिका बिषयहरुमा प्रशिक्षाानात्मक रुपमा सहभागीहरुलाई जानकारी दिनुका साथै कसरी उद्यमशिल र सक्षमता हासिल गर्न सक्छौं भन्ने बिषयमा जानकारी मुलक प्रशिक्षण  दिईयकाे थियाे । उक्त कार्यक्रममा गाउपालिका अन्त...
धान दिवसका दिन समाजवादी कम्युनिस्ट पार्टी नेपालले गर्याे, जन अभियान उद्घाटन

धान दिवसका दिन समाजवादी कम्युनिस्ट पार्टी नेपालले गर्याे, जन अभियान उद्घाटन

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
भक्तपुर : समाजवादी कम्युनिस्ट पार्टी नेपालले धान दिवसका दिन जन अभियान उद्घाटन गरेकाे छ।जनतामा जाऔँ, जनताको सेवा गरौँ भन्ने उद्धेश्यका साथ पार्टीको  तेस्रो पुर्ण बैठकले तीन महिने उपत्यका केन्द्रीकृत अभियान तय गरेकाे थियाे ।उक्त अभियानका लागि काठमाडौं, ललितपुर र भक्तपुर गरि उपत्यका भित्रका तीन जिल्लामा टिम बिभाजन गरियकाे थियाे । भक्तपुर काे टिमले आज जनअभियान भक्तपुर सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयबाट सुरु गरेकाे हाे।अभियानका क्रममा भक्तपुर अभियान ईन्चार्ज अशाेक सुवेदी ( विप्लव ), कमान्डर हीरामणि रावल, सदस्यहरू सीता गौतम र अर्जुन वली, अतिथिहरूमा काठमाडौंँ अभियान कमान्डर तथा जनपक्षीय पत्रकार सङ्गठनका अध्यक्ष रामबहादुर सिंह (रेडियम), विद्यार्थी अभियान अध्यक्ष तथा विद्यार्थी सङ्गठनका अध्यक्ष मुक्ति गैरे र विद्यार्थी नेता भुवन भट्टराईसहित विद्यालय परिवार र विद्यार्थीहरुकाे सहभागीतामा अभियान...
ब्रेनल्याण्ड एकेडेमीको उत्कृष्ट सफलता : एसईई २०८१ मा ४ जिपिए सहित शतप्रतिशत नतिजा

ब्रेनल्याण्ड एकेडेमीको उत्कृष्ट सफलता : एसईई २०८१ मा ४ जिपिए सहित शतप्रतिशत नतिजा

Breaking News
काठमाडौं । ब्रेनल्याण्ड एकेडेमी, सुकेधारा निलोपुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा शतप्रतिशत सफलता प्राप्त गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले असार १३ गते सार्वजनिक गरेको नतिजाअनुसार विद्यालयबाट सहभागी भएका २५ जना सम्पूर्ण विद्यार्थीले ४।०० जिपिएसहित उत्तीर्ण भएका छन। विद्यालयका सहायक प्रिन्सिपल प्रशान्त दाहालले उक्त नतिजाप्रति गर्व व्यक्त गर्दै भने, “हामीले यस वर्ष २५ जना विद्यार्थी एसईईमा सहभागी गराएका थियौं, जसमध्ये सबैले उत्कृष्ट नतिजासहित ४।०० जिपिए ल्याएका छन। यस्तो ऐतिहासिक सफलता प्राप्त गर्नु विद्यालय परिवार, विद्यार्थी, शिक्षक, अभिभावक र स्टाफहरूको सामूहिक प्रयासको परिणाम हो। यस उपलब्धिमा हामी अत्यन्त गौरवान्वित छौं।” विद्यालयका संस्थापक प्रिन्सिपल तथा वरिष्ठ बालसाहित्यकार एवम शिक्षासेवी पारसमणि दाहालले समेत विद्यालयको निरन्तर सफलताको मूल कारण बालमैत्र...
डाेल्पामा पहिरोले करिब ५३ घरमा क्षति पुर्‍यायाे

डाेल्पामा पहिरोले करिब ५३ घरमा क्षति पुर्‍यायाे

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
डाेल्पा दुनै : हिमाली  जिल्ला डोल्पाको काइके गाउँपालिकामा गए रातिको अविरल वर्षापछिको बाढीपहिरोले करिब ५३ घरमा क्षति पुर्‍याएको छ । गाउँपालिका-४ अन्तर्गत पर्ने रिबा गाउँमा पूर्ण, आंशिक र सामान्य गरी करिब ५३ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काले जानकारी दिए । डीएसपी खड्काका अनुसार चार घरमा लेदो पस्दा पूर्ण क्षति भएको छ भने पुथा आधारभूत विद्यालयको चारकोठे कच्ची भवन पूर्ण रूपमा क्षति भएको छ । बाढीबाट विद्यालयका कम्प्युटर, सीसीटीभी, दिवा खाजा, भवन संरचनालगायतमा करिब २० लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ । बिहीबार मध्यराति आएको बाढीले करिब १ करोड ८४ लाख रुपैयाँबराबरको क्षति पुर्‍याएको प्रहरी मुचुल्कामा उल्लेख छ । प्रहरीका अनुसार आठ घरमा आंशिक क्षति र बाँकी घरमा सामान्य क्षति पुगेको छ । हालसम्म जनधन तथा पशुचौपा...