२८ बैशाख २०८३, सोमबार

Breaking News

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो ५ जनाकाे मृत्युु

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो ५ जनाकाे मृत्युु

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली जाँदै गरेको बस तामाकोशी नदीमा खसेको छ ।रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार रामेछापको मचानेटार भन्ने ठाउँबाट तामाकोशी नदीमा यात्रबाहक बस खसेको हो । दुर्घटनामा परेर ५ जनाको घटनास्थलमा मृत्यु भएको उद्धारमा संलग्न स्थानीयले बताएका छन् । प्रहरीले ६ जनालाई उद्धार गरेर अस्पताल पठाएको छ । प्रदेश ३-०१-००५ख९९७५ नम्बरको बस दुर्घटनामा परेको खुलेको रामेछापका डीएसपी भोला भट्टले जानकारी दिए ।बसमा सवार ६ यात्रु भने घाइते अवस्थामा फेला परेकाले उद्धार गरेर उपचारका लागि पठाइएको छ । थप विवरण आउन बाँकी रहेको र बसमा कतिजना यात्रुहरु थिय भन्ने एकिन नभयकाे प्रहरीले जनाएको छ ।...
सुदुरपश्मिमकी क्रान्तिकारी महिला नेतृ पार्वती सिंह समाजवादी कम्युनिस्ट पार्टीमा समाहित भएकि छिन

सुदुरपश्मिमकी क्रान्तिकारी महिला नेतृ पार्वती सिंह समाजवादी कम्युनिस्ट पार्टीमा समाहित भएकि छिन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
धनगढी :सुदुरपश्चिम- सेति-महाकालीकी जनयुद्धकाल देखि अहिलेसम्म निरन्तर क्रान्तिकारी आन्दाेलनमा लामाे समय सक्रिय रहेकि पार्वती सिंह समाजवादी कम्युनिस्ट पार्टी नेपालमा समाहित भए कि छिन् । उनी बझाङ जिल्लाबाट तत्कालीन जनयुद्धमा २०५७ साल देखि लागेकि थिइन् । तत्कालीन नेतृत्वले क्रान्ति छाडेको र क्रान्तिकारी विचाराधारा विसर्जन गरेको भन्दै उनी माेहन बैध किरण, विप्लव र बहुमतसम्म विचारधारात्मक विद्रोह गर्दै क्रान्तिकारी झण्डा सेतिमहाकालिबाट उठाईरहेकि थिईन् । उनी सहित झण्डै चार दर्जन केन्द्रीय नेताहरूले केही समय अगाडि नेकपा(बहुमत) ले पनि क्रान्ति नगर्ने निष्कर्ष सहित उक्त पार्टी परित्याग गरेका थिए । समाजवादी कम्युनिस्ट पार्टी नेपालका कार्यलय सचिव शालिनका अनुसार उनी सहित दर्जन केन्द्रीय नेताहरु पार्टीमा समाहित भएकाे जानकारी दिए ।...
राष्ट्रिय सभामा विचाराधिन रहेको सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता

राष्ट्रिय सभामा विचाराधिन रहेको सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
काठमाडौं :राष्ट्रिय सभामा विचाराधिन रहेको सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता भएको छ। सरकारको सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सोमबार राष्ट्रिय सभाले सर्वसम्मतिले पारित गरेको छ। आजको बैठकमा सभाका अध्यक्ष नारायण दाहालले विधेयक फिर्ता हुने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा गरेका हुन्। यसअघि विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायक व्यवस्थापन समितिको प्रतिवेदन’ पेश गरेकी थिइन्। राष्ट्रिय सभाले २०८२ भदौ १३ गते उक्त विधेयक दफाबार छलफलका लागि विधायक व्यवस्थापन समितिमा पठाएको थियो। समितिमा ३५ जना सांसदले १५५ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए। आजको बैठकमा समितिकी सभापति दाहालले उक्त विधेयकमाथि सूचना तथा सञ्चार प्रविधिमन्त्री, मन्त्रालयका सचिव र सरोकारवालासँग विभिन्न चरणमा अनौपचारिक छलफल भएको...
सुदुरपश्चिमकाे बैतडीमा जन्ती बोकेको बस दुर्घटना,८ जनाकाे मृत्यु

सुदुरपश्चिमकाे बैतडीमा जन्ती बोकेको बस दुर्घटना,८ जनाकाे मृत्यु

Breaking News, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं : सुदुरपश्चिमकाे बैतडीमा जन्ती बोकेको बस दुर्घटना ८ जनाकाे मृत्यु ।पुर्चाैडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो । सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपक कुमार रायले जानकारी दिए । ६ जनाको घटनास्थलमै र अन्य दुई जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको डीएसपी रायले बताए । मृतक ८ मध्ये चार जनाको पहिचान खुलेको उनले बताए। बझाङको बित्तडचिर गाउँपालिका – ७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी र केदारस्यूँ गाउँपालिकका ६० वर्षीय मोहनदेव भट्टको सनाखत भएको डिएसपी रायले बताए। ‘मृतक अरू दुई जना पुरूषको भने सनाखत भइसकेको छैन,’ उनले भने। ४५ जना घाइतेको उद्धार गरी उपचारका लागि पुर्चौडी पाटेल स्वा...
पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पितृशाेक

पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पितृशाेक

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं : पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।निकटस्रोतका अनुसार उनको स्वास्थ्य केही दिनयता जटिल बनेको थियो । त्यसपछि बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचाररत रहँदा उनको निधन भएको हो । डा. भट्टराईको सचिवालयका अनुसार, उनको अन्त्यष्टि आज बिहान ११ बजे पशुपति विद्युत् शवदाह गृहमा हुनेछ ।...
सुनसरी क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेदवारी दिएकी यमुना के.सी. आशिर्वाद लिन पुगिन् बाल आश्रम र वृद्धाआश्रम

सुनसरी क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेदवारी दिएकी यमुना के.सी. आशिर्वाद लिन पुगिन् बाल आश्रम र वृद्धाआश्रम

Breaking News
काठमाडौं । सुनसरी क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेदवारी दिएकी यमुना के.सी. आशिर्वाद लिन पुगिन् बाल आश्रम र वृद्धाआश्रम पुगेकी हुन् । के.सी.ले तारकेश्वर नगरपालिका–७ स्थित नवजीवन परोपकार समाज पुगेर वृद्ध आमाबुबाबाट आशीर्वाद ग्रहण गरेकी थिईन् । बृद्ध आमाबुबाले भावुक हुँदै उनकोे सफल यात्राको कामना गर्दै बिदाइ गरेका थिए । के.सी.साँखुस्थित द्वन्द्वपीडित अपांग समाज नेपाल पुगेर ५३ जना बालबालिकालाई भेटेर बिदाइ भएकी थिईन् । आमाको संया दिदै बालबालिकाले जितेर आउनुहोस् है आमा भनेका थिए । चुनावी प्रतिबद्धताअन्तर्गत यमुना के.सी.ले रामधुनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने, युवालाई स्वदेशमै रोजगारीको ग्यारेन्टी दिने, भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने, महिलाको सहभागिता बढाउने, कृषिमा आधुनिकीकरण र बजारीकरण गर्ने, जेन्जीका माग समाधान गर्ने, विभिन्न जातजातिको धर्म–संस्कृति जगेर्ना गर्ने, शिक्षा–...

नक्कली परीक्षार्थी परीक्षा दिने र दिन लगाउने १२ पक्राउ

Breaking News, राष्ट्रिय, समाचार
सुर्खेत : लाेकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षाबाट नक्कली परीक्षार्थीसहित प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ। शनिबार भएको परीक्षामा अर्काको नाममा परीक्षा दिने र दिन लगाउनेहरूलाई प्रहरीले पक्राउ गरेको हो। नागरिकता तथा प्रवेशपत्रमा फोटो र हस्ताक्षर बदली किर्ते गरी परीक्षामा सहभागी भएको अवस्थामा फेला पारेर पक्राउ गरी लिखत किर्ते तथा आपराधिक लाभको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी मोहनजंग बुढथापाले जानकारी दिए। पक्राउ पर्नेमा नक्कली परीक्षार्थी बनेका जाजरकोटको छेडागाड नगरपालिका– ११ का १९ वर्षीय केशव थापा, दैलेखको दुल्लु नगरपालिका– ११ का १८ वर्षीय रमेश नेपाली, सुर्खेतको गुर्भाकोट नगरपालिका– १३ का २४ वर्षीय वीरबहादुर ठाडा र जाजरकोटको कुसे गाउँपालिका– २ का १९ वर्षीय विपेश सिंह रहेका प्रहरीले जनाएको छ। जा...
पत्रकार दिनेश सिटौलाकाे निधन

पत्रकार दिनेश सिटौलाकाे निधन

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं :चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२:४५ बजे निधन भएको जानकारी दिएको हो । अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए । त्यसपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई काठमाडौं ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । अस्पतालबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘गम्भीर इन्टेन्सिभ केयरका बाबजुद ४८ घण्टापछि न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखा परेन र मस्तिष्कको कार्यक्षमता पुन: प्राप्तिको कुनै संकेत थिएन । बिरामीको परिवारलाई उनको अवस्थाबारे विस्तारमा परामर्थ दिइयो । चिकित्सकीय प्रोटोकल अनुसार मस्तिष्कको कार्यक्षमता परीक्षण गर्न एप्निया परीक्षण गरियो जुन पोज...
निर्वाचन आयाेगले वास्तविक नमुना मतपत्र सार्वजनिक गरेकाे छ

निर्वाचन आयाेगले वास्तविक नमुना मतपत्र सार्वजनिक गरेकाे छ

Breaking News, अन्तर्राष्ट्रिय, चुनाव, निर्वाचन, समाचार
काठमाडौं :निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ ।आयाेगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार  सातवटै प्रदेशका क्षेत्रको मतपत्रको वास्तविक निर्वाचन आयाेगले सार्वजनिक गरेकाे हाे ।।त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ । उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको वास्तविक तयार पारिएको छ । एउटा मात्र निर्वाचन क्षेत्र भएका कर्णाली प्रदेशका डाेल्पा, मुगु, जुम्ला,सल्यान, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा तथा दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र छन् । यसैगरी, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा एउटा मात्र निर्वाचन क्षेत्र कायम  छन्। अछाममा दुई, कञ्चनपुर...
कलंकी चोकमा ॐ समाज डेण्टल अस्पताल र लायन्स क्लब अफ इन्द्र अन्नपूर्णद्वारा निःशुल्क स्वास्थ्य शिविर, १४५ भन्दा बढीले लिए सेवा

कलंकी चोकमा ॐ समाज डेण्टल अस्पताल र लायन्स क्लब अफ इन्द्र अन्नपूर्णद्वारा निःशुल्क स्वास्थ्य शिविर, १४५ भन्दा बढीले लिए सेवा

Breaking News
राजन थापा   काठमाडौं / ॐ समाज डेण्टल अस्पताल र Lions Club of Kathmandu Indra Annapurna Yoga को संयुक्त आयोजनामा हरेक महिनाको पहिलो शनिबार सञ्चालन हुँदै आएको नियमित सेवाअन्तर्गत आज माघ ३ गते कलंकी चोकमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित उक्त शिविर अत्यन्त फलदायी भएकोअध्यक्ष लायन उदय प्रसाद भण्डारी, साथै पूर्व अध्यक्ष लायन इन्द्रबहादुर ले जानकारी दिएका छन्। शिविरमा दन्त सम्बन्धी निःशुल्क चेकजाँच तथा दाँत सरसफाइ, मधुमेह (डायबिटिज) तथा रक्तचाप (प्रेसर) परीक्षण, साथै रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो। Dental तथा diabetes check-up का लागि गरिएको दर्ताअनुसार १४५ जनाभन्दा बढी सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ।डाक्टर पुजा थापा भन्नू हुन्छ म अस्पताल बस्दा हाेस सिबिर मा सभागि भए...