गृहमन्त्री बालकृष्ण खाणलाई दीपक बोहराले कडा टक्कर दिएका छन्।
सत्ता गठबन्धनका उम्मेदवार खाणले ३ हजार ४२४ मत पाउँदा दीपक बोहराले ३ हजार ३७१ मत पाएका छन्।
राप्रपाका दीपक बोहरालाई एमाले र जसपाले सघाएका छन्।
६ मंसिर, अर्घाखाँची । अर्घाखाँचीमा नेकपा एमालेका टोपबहादुर रायमाझीको अग्रता कायमै राखेका छन् । नेपाली कांग्रेसकी पुष्पा भुसाललाई पछि पार्दै रायमाझीले आफ्नो अग्रता कायमै राखेका हुन् ।
पछिल्लो मतपरिणाम अनुसार रायमाझीले ७ हजार ४४५ मत पाएका छन् भने काँग्रेसकी भुसालले ५ हजार १८६ मत पाएकी छन् । रायमाझी र भुसालको मतान्तर २ हजार २५९ रहेको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ३३१ मत पाएका छन् ।...
६ मंसिर, जनकपुरधाम । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका उम्मेदवार डा. सीके राउतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पछाडि पारेका छन् ।
पछिल्लो मतगणना परिणाम अनुसार जनमत पार्टीका अध्यक्ष समेत रहेका राउतले १२ हजार २२५ मत ल्याउँदा यादवले ६ हजार २० मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जयप्रकाश ठाकुरले २ हजार ३ सय ४४ मत पाएका छन् ।...
६ मंसिर काठमाडौं ।चितवनबाट काठमाडौं फर्किने क्रममा सवारी दुर्घटना हुँदा चर्चित रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ ।चुनावलाई केन्द्रित गरेर आफ्नै घर चितवनको राप्ती ४ डडुवा आएका उनी मंगलबार विहान काठमाडौं फर्कदै थिए ।
५ः३० बजेको समयमा राप्ती नगरपालिका ६ हर्दीचोक स्थितमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडि उनी सवार बा४ख ४१२ नम्बरको माइक्रोहायस ठोक्किँदा उनको मृत्यु भएको हो ।माइक्रोमा सवार चालकसहित ६ जना घाइते भएकोमा विश्वकर्माकाे गाडीमा च्यापिएको अबस्थामा उद्धार गरिएको थियो ।
३५ वर्षका महाबिरलाई ०७: ३७ बजेको समयमा पुरानो मेडिकल कलेजले मृत घोषणा गरेको हो ।गाडीमा सवार अन्य ५ घाइतेको भने पुरानो मेडिकल कलेजमानै उपचार भइरहेकोछ ।
चर्चित कार्यक्रम (वहकिने मन )का प्रस्तोता उनी वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रिय सदस्...
६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । झिनो मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट उनी चौथोपटक सांसद बनेका छन् ।
सांसद बन्न सिंहले फेरि पनि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरे । सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाए । यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए । त्यतिबेला करिब ८ सय मतान्तरले प्रकाशमान विजयी भएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत पाएका छन् । परिवर्तनको नारा दिएका उम्मेदवारहरू एक ठाउँ नहुँदाको फाइदा सिंहले उठाए ।
२०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंह र नेपाल महिला संघकी संस्थापक अध...
६ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त)ले रोल्पामा अग्रता कायम राखेका छन् ।
एकमात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा अनन्त नेकपा एमालेका उम्मेदवार भन्दा २ हजार ७ भन्दा बढी मत अन्तरले अगाडि छन् । ७ हजार ६३५ मत गणना हुँदा पुनले ४ हजार ५५७ पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरले १ हजार ८४६ मत पाएका छन् ।
राप्रपा उम्मेदवार लिला रावलले ३९४, राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले १४६ र नेपाल मजदुर किसान पार्टीका नाति भाइ ह्योम्बा १० मत पाएका छन् ।
प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार जोखबहादुर महरा अगाडि छन् । उनले ४ हजार ८५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार कमल बहादुर बुढाथोकीले १ हजार ३६४ मत पाएका छन् ।
प्रदेश सभा २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनविरुद्ध स्वतन्त्र उम्मेद...
लतितपुर क्षेत्र नं ३मा माओवादी केन्द्रकी पम्फा भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले उछिनेकी छन्।
पहिलो स्थानमा नेकपा एमालेका अमृत खड्का छन्। दोस्रो स्थामा कार्की र भुसाल बीच अघिपछि चलिरहेको छ।
पछिल्लो मत परिणामा अनुसार एमाले ९ सय ३६ , राष्ट्रिय स्वतन्त्र ८सय ७५ र माओवादी केन्द्र ७ सय ७५ रहेको छ।...
प्रतिनिधि सभामा एक मात्रै निर्वाचन क्षेत्र रहेको मुस्ताङबाट नेपाली कांग्रेसका युवा नेता योगेश गौचन थकाली निर्वाचित भएका छन्। तर, निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ।
२८ वर्षीय गौचनले नेकपा एमालेका प्रेमप्रकाश तुलाचनलाई पराजित गरेका हुन्। गौचनले तीन हजार १५६ मत पाउँदा एमालेका तुलाचनले दुई हजार ५२१ मत मात्रै पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवीणकुमार शेरचनले ६६ मत मात्रै पाएका छन्।
मुस्ताङको थासाङ गाउँपालिका–३ का योगेशले ललितपुरको लिटिल एन्जल्स स्कुलबाट १२ कक्षा पास गरेका छन्।
उनले एलाइन्स युनिभर्सिटी बैंगलोरबाट बिजनेश म्यानेजमेन्टमा स्नातक गरेका छन्। योगेश नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन्। उनी पर्यटन व्यवसायीसमेत हुन्।
थकाली कांग्रेस गण्डकी प्रदेशको कार्यसम्पादन र कार्यसमिति सदस्य छन्। पार्टीको वडा सभापति र...
जाजरकोट ।२०७९/ मंसिर ४ गते भयकाे प्रतिनिधि सभा र प्रदेशसभा चुनावका लागि जाजरकोटमा केही मत केन्द्र मा सामान्य बिवाद भयपनि शान्तिपूर्ण ढंगले चुनाव सम्पन्न भयकाे छ ।
एक प्रतिनिधि सभा र दुई प्रदेश सभाका लागि जिल्लामा ३ नगर पालीका र ४ गाउपालिका रहेका छन । जस अनुसार भेरि नगरपालिकामा १३६४२, नलगाड नगरपालिकामा १०२८१, छेडागाड नगरपालिकामा १३४१८,बारेकाेट गाँउपालिकामा ८३४०, शिवालय गाउँ पालिका ५०१७,कुशे गाउँ पालिकामा ७५०३, जुनिचाँदे गाउँपालिकामा ७६६७र अस्थाई केन्द्र काे ९४ गरि कुल ६५९६२ मत खसेकाे छ । आज बिहान सम्म सबै ठाउका मतपेटिका जिल्लामा पुगिसकेका र अबकाे केही पछि सर्वदलीय बैठक बसि मत नतिजा सुरु हुने बताईएकाे छ ।...
जाजरकोट : जाजरकोटमा संसदीय निर्वाचनविरुद्ध प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रहरीले नेकपा (बहुमत) जाजरकोट जिल्लाका दुई नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ ।
जाजरकोटको नलगाड नगरपालिका ८ को जिपुवा मतदान केन्द्रमा नेकपा (बहुमत) जाजरकोटका पचासौँ कार्यकर्ता संसदीय व्यवस्थाविरुद्ध नारा लगाउँदै मतदान केन्द्र स्थलतर्फ अगाडि बढेपछि केही समय मतदान नै स्थगित भएको थियो ।
प्रदर्शनका क्रममा नेकपा (बहुमत) निकट युवा जनस्वयम्सेवक नेपालका जिल्ला अध्यक्ष पदम हमाल र नेकपा (बहुमत) जिल्ला सम्मेलन आयोजक समिति सदस्य आक्रोशलाई प्रहरीले गिरफ्तार गरेको छ ।...